• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित


सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित

काठमाडौं । कुनै बेला मधेसका मसिहा मानिने उपेन्द्र यादव पछिल्लो समय सत्ता र शक्तिका लागि जुनसुकै हदसम्म गिर्न तयार भएको विभिन्न घटनाक्रमले देखाएको छ ।

मधेसी मुक्तिको अभियानका नाममा सयौ युवालाई बलिदानी दिन लगाएका उपेन्द्रले त्यसलाई सत्ता र शक्तिको सिँढीका रुपमामात्रै सीमित गरेपछि मधेसमा आक्रोश बढेको छ । अझ मधेसी समुदायलाई माखे साङ्लो, विहारी भनेर होच्याउने राजनीतिक शक्तिसँग उपेन्द्रले सहकार्य नै गरेपछि मधेसी जनतामाझ आक्रोश बढेको हो ।

उपेन्द्रकै नेतृत्वमा आन्दोलनमा ४५ जना भन्दा बढी मधेसी युवाले आफ्नो प्राण मधेस मुक्तिका लागि दिए । तर त्यतिबेला जोविरुद्ध युवाहरु मधेस मुक्तिका लागि लगे तिनैसँग उपेन्द्रले हात मिलाएपछि शहिद परिवार पनि रुष्ट बनेको छ । एमाले र केपी ओलीको हठका कारण मधेसमा ‘मलेठ घटना’ हुनपुग्यो । जहाँ थुप्रै युवाहरु शहिद हुन पुगे ।

मधेसी समुदायलाई विहारी र भारतीयको नजरबाट हेर्ने ओली र एमालेको नीतिले त्यतिबेला सिंगो मधेसको विरुद्धमा थियो । त्यसविरुद्ध मधेसी युवालाई उचालेका उपेन्द्र आज आफै तिनै ओली र एमालेसँग मिल्न पुगेर आफू मधेसको लागि होइन सत्ता र शक्तिका लागि युवाहरुको रगतसँग, सहादतसँग खेलेको पुष्टि गराएका छन् ।

मधेस र मधेसीको मुक्तिका लागि ज्यान दिएका शहीदको सपनामाथि लात हानेका छन् । चुनावमा आफू बलियो हुन र सत्तामा पुग्न उनले मधेसविरोधी छवि भएको र मधेसी युवाको रगतको होलीको खेलेको एमालेलाई रोजेका छन् । एक हिसाबले भन्ने हो भने मधेसी समुदायसँग द्वन्द्व निम्त्याउने एमालेसँग उपेन्द्रको साँठगाँठले मधेसका जनतालाई मर्माहत बनाएको छ ।

जसपाकै एक नेताले एमालेसँग सहकार्य गर्नु आत्मघाती भएको बताए । मधेसमै जसपाभित्र यो सहकार्यलाई लिएर चरम असन्तुष्टि छाएको छ । मधेसप्रति असहिष्णु एमाले नेतृत्वसँग हात मिलाएको भन्दै धेरै ठाउँमा जसपाभित्र विद्रोहसमेत भएको छ । मधेसका युवाहरुले आफ्ना आफन्तको रगतको होली खेलेर हत्यारासँग साँठगाँठ गर्नु धोका भएको बताएका छन् ।

सप्तरीका प्रकाशचन्द्र यादवले यसको हिसाब आगामी चुनावमा हुने बताए । ‘यो सरासर मधेसी जनतालाई धोका हो । हामीले मधेस मुक्तिका लागि परिवारका सदस्य, साथीभाइ गुमायौं । तर उपेन्द्रले केबल आफ्नो स्वार्थमा सत्तामा जान केन्द्रित गरे । फेरि अहिले तिनै मधेसमाथि दमन गर्नेहरुसँग हात मिलाएर उपेन्द्रजीले मधेसमाथि धोका र बेइमानी गर्नुभयो,’ उनले भने ।

धनुषामा युवा अमरेश झाले उपेन्द्र सत्ताको उन्मादमा के ठिक के बेठिक भन्ने नै चुकेको बताए । आफ्नो स्वार्थका लागि जे पनि गर्ने उपेन्द्रलाई अब मधेसले दण्ड दिने बेला आएको उनले बताए । मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्याउनेसँग सहकार्य गरेर उपेन्द्रले सिंगो मधेसको भावनालाई कुल्चिएको उनको गुनासो थियो । उपेन्द्रले एमालेसँग सहकार्य गरेदेखि नै मधेसमा असन्तुष्टिका स्वरहरु बढ्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र
  • २०७९ कार्तिक ६, आईतवार २१:०५
  • In "BannerNews"
  • जसपा भित्र कार्यकर्ताको असंतुष्टिले अध्यक्ष यादवलाई चुनौती
  • २०७९ कार्तिक ६, आईतवार २१:०५
  • In "BannerNews"
  • यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा
  • २०७९ कार्तिक ६, आईतवार २१:०५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

कमिशनको खेलमा डेढ करोड बन्दै चुनावी मुद्दा

प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता

चीन–अमेरिका प्रविधि महायुद्ध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version