जर्मनी आज स्पेनको सामना गर्दैछ। स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारीकालाई ७-० को गोलको बर्षा गर्दै विजयी बनेको थियो । स्पेनले अफ्नो यात्रा सुनिश्चित गर्ने प्रयासमा आज जर्मनीलाई पराजित गर्न पहिलो खेल भन्दा अझै राम्रो खेल्ने अनुमान गरिएको छ । जबकि जर्मनीले जापानसँग पहिलो दिनको हारपछि आज स्पेनलाई जित्नै पर्ने हुन्छ अन्यथा जर्मन खेलाडीहरुले जर्मनीको फिर्ती टिकट काटेर घर फर्कनेछन् ।
जर्मनीको जापानी टोलीसँगको हारले उनीहरूलाई लगातार दोस्रो विश्वकपको लागि पहिलो उडान समात्ने सम्भावनाको ढोका खोलेको छ । इल्के गुन्डोगान र म्यानुअल नुएर जस्ता खेलाडीहरू खेलपछि ड्रेसिंग रूममा हारको बारेमा आफ्नो राय दिन हिचकिचाएनन् । स्ट्राइकर काई हाभर्ट्जले एक पत्रकार सम्मेलनमा हारपछि आफुलाई आक्रोशित बनाएको बताएका छन् ।
स्पेनले कोस्टारिकालाई ७-० गोलअन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो सुरुवात गरेको हो । रोड्रिगो हर्नान्डेजले सेन्ट्रल डिफेन्समा निरन्तरता दिने क्रममा स्पेनका प्रशिक्षक लुइस एनरिकेले त्यही टोलीलाई कायम राख्ने छन्, तर, कहिलेकाहीं उनको टोली चयनको भविष्यवाणी गर्न गाह्रो हुन्छ । अल्भारो मोराटाले मार्को एसेन्सियोको लागि आक्रमण सुरु गर्नु वा पाउ टोरेस पनि केन्द्रीय डिफेन्समा आउनु कुनै आश्चर्यको कुरा होइन ।
स्पेनका लागि कोस्टारिकाविरुद्ध गोलको खाता खोलेका डानी ओल्मोआफ्नो टोलीले जर्मनीलाई हराउन सक्नेमा आशावादी छन् ।
“हामी कोस्टारिकाविरुद्ध जस्तै खेलको सशक्त सामना गर्नेछौं,” ओल्मोले भने, “जमाल मुसियाला सबैभन्दा ठूलो खतरा हो । उनी उत्कृष्ट फर्ममा छन् र उनको आत्मविश्वास उच्च छ र उनले खेल स्पेन-जर्मनीबीचको खेलमा नाटकीय जीत निकाल्नेमा थप जिम्मेवारी लिइरहेका छन् । तशर्थ आज राती १२:२५ बजेको खेलमा जर्मनीले जित्नै पर्ने दबाब हुन्छ नत्र उनीहरु केवल घर मात्र फर्किने छैनन्, संसारभर रहेका आफ्ना समर्थकरुलाई समेत निराशामा पार्नेछन् ।