No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संक्रमणकालीन समयमा नकारात्मक कुरा फैलन्छन्, आत्मसंंयम राख्नुपर्छ

संक्रमणकालीन समयमा नकारात्मक कुरा फैलन्छन्, आत्मसंंयम राख्नुपर्छ

काठमाडौ : नेपाली समाज बारे धेरैको बुझाइ सामान्य कुरामा पनि फुरुङ हुने र कसैले जतिसुकै अन्याय गरेको भए पनि त्यसलाई तत्काल क्षमादिने सक्ने हो ।
नेपालीको यही चरित्रका कारण विगतको सशस्त्र द्वन्द्व पछिको नेपालकाे शान्ति प्रक्रिया सोचेभन्दा बढी सफल देखियो । निकै सकारात्मक सोच राख्ने नेपाली समाजमा कतै बढी नकारात्मक बन्दै गएको त होइन भन्ने देखिन थालेको छ ।
सामान्य मुद्दामा पनि चाहिने भन्दा बढी आलोचना गर्ने र कुनै कुराको बास्तविकतामा पुग्नु भन्दा पनि बढी प्रतिक्रियात्म हुन थालेको र अहिलेको कोरोना संक्रमणको महामारीमा पनि केही भएन खतम भयो भन्ने जस्ता कुरा बढी आउनु एक प्रकारको मनोसामाजिक समस्या रहेको चिकित्सककाे भनाइ छ ।
मानसिक रोग अस्पताल पाटनमा कार्यरत चिकित्सक डा.अनन्त अधिकारी समाज अस्तव्यस्तहुँदा रमाइलो मान्ने केही समुहको कारणले समाजमा नकारात्मक कुराको प्रचारले प्रोत्साहन पाइरहेको बताउनुहुन्छ ।
संक्रमणकालीन समय, रोगव्याधीले आक्रान्त पारेको समयमा गलत कुराहरु छिटोभन्दा छिटो फैलने भएकाले गलत हल्ला फैलाउने केही समुह सक्रिय बनेसँगै त्यसले त्रासको वातारण सिजना गरेको उहाँ बताउनुहुन्छ । ‘सामाजिक संञ्जालकै कुरा गरौ न नकारात्मक कुरा कत्ति छिटो फैलल्छ’ उहाँले भन्नुभयो ।
‘कोरोनौ कुरा गरौ’ डा.अधिकारी भन्नुहुन्छ, ‘नेपालमा फैलदो क्रम डरलाग्दो छैन, मृत्युको दर पनि कम छ यसको प्रचार गर्नुको सट्टा सरकारले केही गरेन भन्दै गलत हल्ला फैलाउँदा त्यही कुरामा चासो दिनेहरुको संख्या अधिक छ यो मनोसामाजिक समस्या हो ।’
हामीले अप्ठारो परेको समयमा सकारात्मक कुरा गरेर मनलाई नियन्त्रण गर्नु पर्नेमा उल्टै हामी मनलाई विचलित बनाउने कार्यमा अघि बढेका छौ उहाँले भन्नुभयो,‘ यो नकारात्मक कुरा हाबी भैरहेको प्रमाण हो ।’
ठूला रोधव्याधी र सक्रमणकालीन समयमा यस्ता कुराहरु छिटो फैलने गरेको डा.अधिकारीको अनुमान छ । यो समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उहाँले बताउनुभयो । अझ नेपाल जस्तो अविकसित देशहरुमा यस्ता हल्ला छिट्टै फैलने भएकाले नकारात्मक कुराको पछाडि र चर्काे कुरा गर्नेको पछाडि समाज दौडिरहेको उहाँले बताउनुभयो ।
सामाजिक संञ्जाल मात्रै हैनन् जिम्मेबार मिडियाले समेत नकारात्मक कुरामा धेरै चासो दिन थालेका छन् । सबैले गलत सूचनलाई हट केक बनाउने काम भैरहेको छ त्यसैको सेयर अत्याधिकहुँदै आउनुनै यस्तो समयको विशेषता रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अफवाह फैलाउने कार्यलाई रोक्न कानुन तथा समुदायले नसक्ने भएकाले यो रोक्ने हतियार भनेको आत्म अनुशासन रहेको अधिकारीले बताउनुभयो । ‘ गलत र सही छुट्टाउने भनेको मन भएकाले स्वयं नागरिकहरुले आफ्नो अनुशासन कायम गरेमा नकारात्मक कुरा कम भएर जाने उहाँको अनुभव छ ।
‘ हामी आफै हेरौ न समाजलाई अर्काको चर्काे स्वरले विरोध गर्ने मान्छे आफ्नो आलोचना सहनै सक्दैन’ उहाँले थप्नुभयो, ‘अर्काले आलोचना गर्याे भने त्यो भन्दा दोब्बर आक्रमक बन्छ, यो नै मनरोग हो र यसले आत्महत्यासम्मको स्थिति सृजना गराउन सक्छ ।’
समाजमा अफवाह फैलाउने र सामाजिक संञ्जालमा कोरोनाको अफवाह फैलायो भने कानुनले के गर्छ भनेर ख्याल नगर्दा धेरै समस्यामा परेकाले त्यसलाई रोक्न आत्म अनुशासननै सबैभन्दा महत्वपुर्ण कुरा रहेको उहाँ बताउनुहुन्छ । समाजमा जसले चर्काे कुरा गर्याे जसले ठूलो स्वरमा करायो उनै सामाजिक संञ्जालमा बिक्छ । सत्य असत्य कसैले पनि छुट्टाउन सक्दैन, समाज निरन्तर नकारात्मक दिशामा गइरहेको छ, यो रोक्न धेरै चुनौती भएकाले यसलाई समयमै रोक्न सरकारले तयारी गर्ने समय आएको उहाँ बताउनुहुन्छ ।
अहिले मान्छेहरुले आफ्ना बिचारहरु सजिलै सामाजिक संञ्जाल तथा अनलाइन पोर्टलमा राख्न सक्ने भएकाले पनि नकारात्मक कुराहरुले प्रसय पाइरहेको देखिएको उहाँको अनुभव छ । ‘केही बाहेक नेपालीहरु अनुशासित छन् श्रमममा विश्वास गर्छन् तर केही व्यक्तिहरुले नकारात्मक कुराहरु फैmलाउँदा आनन्दको महसुस गर्ने भएकाले तिनीहरु समाजमा हावी हुनु पूर्वनै समाजलेनै नियन्त्रणमा लिन आवश्यक छ ।’
मान्छे निरन्तर आफ्नो आचरणको सुधार नगर्ने तर अर्कालाई गालि गर्ने संस्कारको विकास भएकाले त्यसलाई रोक्न कानुनले नसक्ने तर समाजले भने सक्ने भएकाले समाजमा सकारात्मक कुरा प्रचार गर्नु पर्ने उहाँले बताउनुभयो ।
आफू समाज विकासमा केही पनि नगर्ने तर सरकारले केही गरेन भनेर संक्रमणकालिन समयमा हल्ला फैलाउने झुण्ड सकृय बनेको उहाँले बताउनुभयो । नेपाल सरकारले राम्रो गर्दा पनि नराम्रो भनेर हल्ला गर्ने अनि सबै नराम्रो भएको रहेछ भनेर आम नागरिकमा भ्रम सृजना काम गर्ने समेत भैरहेको उहाँ बताउनुहुन्छ ।
नेपालमा मात्रै हैन विदेशमा गएका नेपालीहरु समेत नकारात्मक कुराहरु गर्ने र चर्का कुराहरु गर्ने परिपाटी सामाजिक संञ्जालमा विकास हुनु भनेको विदेशमा सोचेको जस्तो जीवन नभएपछि विरक्तिएर गर्ने कुरा भएको उहाँले बताउनुभयो ।
उहाँ भन्नुहु्न्छ, नेपालमा गफ गएर बानी बिग्रिएको मान्छे त्यहाँ पुगेर काम गर्ने, भनेको जति पैसा कमाउन नसक्दा त्यो आक्रोस सामाजिक संञ्जाल मार्फत पोख्ने क्रमबढेको उहाँले बताउनुभयो ।
मानवशास्त्रमा एमफिलका सोधार्थी तथा स्वतन्त्र विकास परामर्शदाता विदुर तिमल्सिना नेपालमा मात्रै नभएर विश्वमानै नकारात्मक कुराहरुको प्रवाह छिटो हुने बताउनुहुन्छ । ‘यो विश्वकै समस्या हो’ तिमल्सिना बताउनुहुन्छ ।
उहाँले समाचार तथा सामाजिक संञ्जालमा समेत सकारात्मकभन्दा नकारात्मक कुराहरुमा विशेष ध्यान जाने गरेको उहाँ बताउनुहुन्छ । अझ सानो समाजमा नकारात्मक कुरा चाडो फैलने उहाँले बताउनुभयो । समाज सामाजिक संञ्जालसँगै मिडियाको पँहुचको कारणले निरन्तर सानो बन्दै गएको छ । यसले नकारात्मक कुरा छिटो फैलाउन मद्धत गरिरहेको तिमल्सिनाले बताउनुभयो ।
अहिले सामाजिक संञ्जाल तथा समाजमा नकारात्मक समाचार फैलनुको पछाडि बेरोजगारी समस्या उच्च दरमा रहनु नै मुख्य कारण भएको उहाँले बताउनुभयो ।
‘अहिले स्थायी रोजगारी हुनुभएको र मासिक रुपमा आम्दानी हुने बाहेक धेरैको रोजगारी गुमेको छ’ तिमल्सिना सुनाउनुहुन्छ, रोजगारी गुमेकाहरुको सकृयता सामाजिक संञ्जालमा देखिएकाले सोही समुहको नैराश्यताको कुराहरुले सामाजिक संञ्जालमा छाएकाले नकारात्मक समाचारहरुको बाहुल्यता देखिएको हो ।
किताब पढ्ने रोजगारी गरेर परिवारसँग कुरा गर्नेहरु समेत अहिले सामाजिक संञ्जालहरु फेसबुक, यु ट्युवमा व्यस्त देखिएको र यिनीहरुले मान्छेले एक पटक नकारात्मक कुरा हेरेभने त्यस्ता सामाग्रीहरु नजिकै घुमाइदिने गरेकाले यस्ता कुराहरु छिट्टो फैलने गरेको उहाँको अनुभव छ ।
भर्खरै सार्वजनिक भएको एक तथ्याङ्गले ९० प्रतिशत मान्छेहरुले झुटा समाचारको पछि लाग्ने देखाउनुनै यस्तै कारणरहेको तिमल्सिना बताउनुहुन्छ । एकातिर कोरोनाको कहर अर्कोतिर बिरोजगार समस्याको कारणले नकारात्मक कुरा गर्नेहरुको समुहहरुको संख्या बृद्धि भैरहेको तिमल्सिनाले बताउनुभयो । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७

कोरोनाका एक हजार २०४ सङ्क्रमित थपिए, कुल ६२ हजार ७९७

वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप

वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप

कुलमान घिसिङको पुनर्नियुक्तिको माग

कुलमान घिसिङको पुनर्नियुक्तिको माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .