प्रीति सिंह ठकुरी , काठमाडौं = चिनियाँ एजेन्टको रुपले परिचित, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र उनको पार्टीलाई मधेशी जनताले पचाएका छैनन् । करोडौं लिएर मधेशमा बिस्तारै चीनिया नीति बिस्तार गर्न खोजेका उपेन्द्र यादव सहित उनको पार्टीका वरिष्ठतम् नेता धमाधम धरासायी भएका हुन । मधेशका जनताले अहिले उपेन्द्र यादवको नाम समेत लिन चाहनन । मधेश आन्दोलनको मर्म र भावनालाई कदर गर्न नसक्ने यादव अहिले चिनियाँ एजेनटका रूपमा देश भरी प्रख्यात भएका छ्न । मधेसी जनतालाई धोकामा राखेर मधेस आन्दोलन , मधेसी जनताको बालबालिका , युवाहरू प्रयोग गरी बिगत १५ बर्ष देखि एकोहोरो रुपमा लुट्नु भरी लुटेका हुन । कहावत छ लोभले लाप , लापले विलाप हुने स्थितिमा पुगेका उपेन्द्र अहिले न मधेसका रहे न पहाडका देश भरी उनको पार्टीको संख्या सखाप हुने जस्तो छ अलि अलि स्थानमा उम्मेदवार निर्वाचित बन्दै पनि छ्न तर जसपा स्वतन्त्र हुने कि भन्ने भाको छ । राष्ट्रिय पार्टी बन्ने सोच त परा जावोस उनि मधेसको सरकारमा शामिल हुने हैसियत मै रहेनन जस्तो परिस्थितिमा जनताले पुगाएको छ । नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव अहिले आफैंले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भएका हुन र जसकोकारण देश भरी पराजय मात्र मिलेको छ ।
चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका भए पनि निर्वाचनमा भने आफू र पूरै पार्टी पराजय व्यहोर्ने स्थितिमा पुर्याउने काम जसपाका अध्यक्ष उपेन्द्रले गरेका हुन । उनका लागि नेकपा एमाले परित्याग गरेका प्रभु शाह, मधेसको राजनीति गरिरहेका सिके राउत र केही समयअघि पार्टी विभाजन भइ बनेको लोसपा उनको लागि घातक साबित भएका छ्न । जसका कारण अहिले नेपाली काङ्ग्रेस निकै अग्र स्थानमा आएको छ । नेपाली काङ्ग्रेसका नेताहरुको भनाइमा उपेन्द्र यादव जस्तो नेताले मधेस देशलाई सखाप पार्ने मात्र हुन ।
एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेका भए पनि आफैं हारको अनुभुती गरेका छ्न ।
द्वैध चरित्र भएका यादवले आफूलाई कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको बताएका थिए तर अहिले उनको अनुहार या पार्टीको गति र औकात जनताले देखाई दिएका छ्न । मधेसमा ठगि गर्ने र मधेसका जनतालाई भ्रममा राखी आफू सत्तामा लप्किने उपेन्द्र यादव र जसपाका ठुलो ठुलो नेता हैसियत जनताले देखाएको छ ।
चुनाव प्रचारप्रसारका क्रममा यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेको समेत भनेका तर जनता जागरुक भएर उनको हैसियत देखाई दिएको हो । जसपाले प्रतिनिधि सभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा उम्मेदवारी दिएको । साथै १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल गरेको थियोे ।