No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

राजविराज । सप्तरी–२ प्रतिनिधी सभा सदस्य पदका लागि जारी मतगणना रोकिएको छ । ३९ हजार ८१९ मतको गणना भइसकेपछि जनता समाजवादी पार्टीका नेताहरुले मतपेटिकाको सिल नमिलेको भन्दै विवाद उत्पन्न गरेपछि मतगणना रोकिएको छ ।

जसपाका नेता÷कार्यकर्ताले आफूहरुले टिपेको सिल नम्बर र यहाँ भएको सिल नम्बर नमिलेको आरोप लगाउँदै नाराबाजी गरेपछि गणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाका नेता÷कार्यकर्ताले आफ्ना प्रतिनिधी र यहाँ भएको शिलमा फरक परेको दावी गरेका छन् । यो दावी गर्दै नाराबाजी र मतगणनास्थल गेट अगाडि धर्ना बसेपछि गणना रोकिएको छ । जसपाका नेता÷कार्यकर्ताका साथै लोसपाका नेता शम्भु यादव पनि धर्नामा बसेका छन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गणना रोकिएको जानकारी गराए । ‘हाम्रो उम्मेदबारका प्रतिनिधी र यहाँ भएको शिलमा शंका छ भन्ने उहाँहरुको कुरा आएको छ’ प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘उहाँहरुले कहाँ यस्तो भयो भन्ने पनि देखाउन सकिरहनुभएको छैन् ।’

‘निर्वाचन आयोगबाट मुख्य निर्वाचन अधिकृतलाई पठाएको ओसी मिलाएर त्यो ओसी र मतपेटिकामा गरेका सिलहरुको भेरिफाई हुने गरेको तर उनीहरुले हामीले टिपेकोमा भेरिफाई हुनुपर्छ भनिरहेका छन्’ थापाले भने ।

प्रमुख जिल्ला अधिकारी थापाले मतगणना रोकेर यस बिषयमा छलफल भइरहेको जानकारी गराए ।

जसपा क्षेत्र नम्बर २ का अध्यक्ष नारायण यादवले शिलबन्दी भेरिफिकेशन नभएसम्मका लागि मतगणना प्रकृया स्थगित गरी पाउँ भन्दै मुख्य निर्वाचन अधिकृतलाई निवेदन समेत दिएका छन् । यादव मतगणना प्रतिनिधी समेत हुन् ।

मंगलबार राति ८ बजेसम्म ३९ हजार ८१९ मतको गणना भएको छ । जसमा १ हजार ९९० मत बदर भएको छ ।

आईतबार भएको निर्वाचनमा क्षेत्र नम्बर २ को कुल ९५ हजार ३९४ मतदातामध्ये ६४ हजार ५६० मत खसेको थियो ।

मंगलबार राति ८ बजेसम्मको परिणाम अनुसार राउतले २१ हजार ६१७ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष यादवले १० हजार ८८७ मत प्राप्त गरेका छन् भने लोसपा नेता जयप्रकाश ठाकुरले ४ हजार ४५८ मत प्राप्त गरेका छन् ।

यसअघि प्रदेश सभा सप्तरी क्षेत्र नम्बर २ को क र ख मा जनमत पार्टीकै उम्मेदबार निर्वाचित भइसकेका छन् । पराजित भएकाहरुले जनताले दिएको मतका लागि धन्यवाद दिदैं आभार समेत प्रकट गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
चिनियाँ कम्पनीले चलखेल गरेर यसरी हत्यायो फास्ट ट्रयाकको छैठौँ प्याकेज

गोरखा-२ मा प्रचण्डको फराकिलो अग्रता कायमै

नेपालको उत्तरी सिमानामा चिनियाँ अतिक्रमण तीव्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .