काठमाडौँ । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् ।
बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अब्दुस सलाम मियाँले ३ हजार ९२३ मत ल्याएका छन् ।