No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जागीर छाडेर एक युवा स्वतन्त्र राजनीतिमा आए


जागीर छाडेर एक युवा स्वतन्त्र राजनीतिमा आए

धर्मेन्द्र पासवान/लहान प्राविधिक पेशामा इन्जिनियरिङ्ग भने पछि जो कोहीले पनि चाँडै नै टन्नै पैसा कमाउँछ होला आम मानिसले सोच्ने गर्छन् । देशमा भौतिक पूर्वाधार विकासमा इन्जिनियरहरुको ठुलै योगदान हेर्न सकिन्छ ।
इन्जिनियरिङ पेशामा लागेका सरकारी इन्जिनियरहरुलाई बेला बेलामा भ्रष्टाचार गरेको आरोप पनि लाग्ने गरेको विभिन्न सञ्चार माध्यममा समाचार आउनु पनि नौलो विषय होइन ।
पैसा नै कमाउन कतिपय इन्जिनियरहरुले पदको दुरुपयोग गरिरहको बेला एउटा ठुलै कनस्ट्रक्सन कम्पनीमा कन्सल्टेन्ट इन्जिनियरको रूपमा कार्यरत राम्रो कमाइ हुने जागीर छाडेर एक युवा राजनीतिमा आएका छन् ।
सिरहाको पुर्व-पश्चिम राजमार्ग कसहा देखि करिब १० किलोमीटर दक्षिण पश्चिममा सुखीपुर नगरपालिका-७ लङ्गुर्वा पछ्वारी टोलका ३२ वर्षीय युवा सिभिल इन्जिनियर तेज नारायण यादव प्रतिनिधि सभा सदस्य र प्रदेश प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा मधेश प्रदेश सभा सदस्य पदको समानुपातिक (स्वतन्त्र) बाट उम्मेदवार बनेका छन् ।
उनले -“हामी जस्ता पढेलेखेका इन्जिनियरहरू चिया पसलमा गएर गफ गरेर मात्र हुँदैन । चौक-चौक नेताहरूको कुरा काट्ने समय पनि छैन । त्यसैले अब पढेलेखेका युवाहरूलाई राजनीतिमा आउनुपर्छ र सोहि अनुसार मैले पनि उम्मेदवारी दिएको छु ।”
इन्जिनियर यादवले परिवर्तन सम्भव भएपनि लोभ लालचमा नेताज्यूहरूले राजनीतिलाई गरिखाने भाँडो बनाएकोले अब पनि युवा स्वच्छ राजनीतिमा नआए आउँदो समयमा दु:खद हुने तर्क समेत गरेका छन् । ‘उनको नारा हो स्वतन्त्र अभियनता मेरो एउटै नारा, भ्रष्टाचारमुक्त मधेश बनाउ मिली युवा सारा ।’
सानैदेखि पढाइमा अब्बल रहेका इन्जिनियर यादव आफ्नो ५ कक्षाको पढाई गाउँको विद्यालयबाट गरेर एसएलसी सिरहाकै मिर्चैयाको सगरमाथा माध्यमिक विद्यालयबाट पुरा गरेका छन्, ११ र १२ को पढाइ काठमाडौंको डिएभीबाट पुरा गरेपछि इन्जिनियरिङ काठमाडौंको ह्वाइट हाउस कलेजबाट पुरा गरेका छन् ।
देशका विभिन्न जिल्लामा भारतीय राजदूताबासको कन्सलटेन्ट इन्जिनियरको रूपमा काम गरिसकेका विशेष गरि पहाडी जिल्लालाई कर्म थलो बनाएको यादव कुनै समय इन्जिनियरिङ पढिरहेका बेला (हालका) काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका नजिकका मित्र
हुन् ।
स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह निर्वाचित भएपछि अब हरेक ठाउँको युवाहरू राजनीतिमा लाग्न हौसिएको इन्जिनियर यादवको भनाइ छ । 
इन्जिनियर यादव नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा स्वतन्त्रबाट कोषाध्यक्ष पदमा निर्वाचित र नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश अध्यक्ष समेत रहेका छन् ।
देशै भरिको स्वतन्त्र युवाहरू मिलेर एउटा छलफलबाट उनलाई मधेश प्रदेशको प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार बनाएका हुन् । मधेश प्रदेशको स्वतन्त्रबाट १५ जनाको नाम सिफारिस भएकोमा इन्जिनियर यादव १ नं- मा सिफारिस भएका छन् ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

Next Post
नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

दलित समुदायलाई बहुजन एकता पार्टी तिर झुकाउ

दलित समुदायलाई बहुजन एकता पार्टी तिर झुकाउ

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: