No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहाका व्यसायी ब्याजदर घटाउनुपर्ने माँगगर्दै आन्दोलित

सिरहाका व्यसायी ब्याजदर घटाउनुपर्ने माँगगर्दै आन्दोलित

सिरहा। व्याजदर एक अङ्कमा झानुपर्नेमाग सहित सिरहाका व्यवसायीहरु आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। बैंक तथा वितिय संस्थाहरुले व्यसायीमाथि मनपरि व्याज र विभिन्न शुल्क लिएको भन्दै जिल्ला उद्योग वाणिज्य संघ, सिरहा लहानको अगुवाईमा आज गोलबजारमा ७ बुदे माँग सहित पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन्।

व्यसायीहरुले वैंक तथा वितियसंस्थाहरुले मनपरी ढङ्गले व्याज, सेवा शुल्क, कमिन्टमेन्ट चार्जजस्ता विभिन्न शुल्क लिएर व्यसायीको ढाड सेक्ने गरेको बताए। विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य भएको संघका जिल्ला अध्यक्ष विकास सारडाले बताए। उनले उद्योगी, व्यवसायीलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गरेर व्यसायीहरु व्यपार गर्नै नसक्ने अवस्थामा पुगेको बताए।
उनले ९ प्रतिशत वार्षिक व्याजदरमा लिएको ऋण १६ देखि १८ सम्म पुगेको छ’ यस्तो अवस्थामा कसरी व्यवसाय गर्न सकिन्छ ? भन्दै प्रतिप्रश्न गरे।

व्यसायीहरुले बैंकले आर्थिक मन्दी, तरलता जस्ता विषय देखाएर व्यसायीलाई समयमा ऋण नदिने, व्याज मनपरीढङ्गले बढाउने गरेको आरोप लगाएको छ। जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक अमात्यले भने, ‘बैंकहरु यस्तो अवस्थामा पनि गुणात्मक रुपमा नाफा कमाई रहेको छ’ विभिन्न बाहानामा व्यवसयीमाथी व्याजको भार बढाएर नियमाक निमायहरु बैंकलाई नै बलियो बनाउने र व्यवसायी मार्ने खेलमा लागेका छन्।’
अर्का व्यसायी तथा गोलबजार उद्योग व्यापार संघका अध्यक्ष भरत अग्रबालले राज्य नीति नै बनाएर बैंकलाई पोस्ने र व्यसायी मार्ने योजनामा लागेको बताए। उनले भने, ‘पहिला नै व्यसायीसँग तीन वर्षको योजना लिने, व्याजदर निर्धारण गर्ने र ऋण लिएपछि मनपरि तरिकाले व्याज बढाएर व्यामारिमारा कार्य गर्ने गरेको छ’ सरकारले तत्काल यो प्रकृया रोक्नु पर्छ।’

बैंकहरुले राष्ट्र बैंकले बनाएका नीति निर्देशन अनुकुल भए तत्काल लागु गर्ने र आफ्नो अनुकुल नभए वेवास्ता गर्ने गरेको उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी सदस्य दिपक नायकले बताए। उनले भने, ‘राष्ट्रबैंकले व्याज बढाउनुपर्ने नीति लिए तत्काल बढाउँछ, तर त्यहि अनधिकृतरुपले लिएको सेवाशुल्क फिर्तागर्न दिएको निर्देशनको टेरपुछर लाउँदैन।’

आफैले जारी गरेको नीति निर्देशन सम्वन्धित निकायले पालना नगर्दा राष्ट्र बैंक टुलुटुलु हेरेर बसेको छ। यसले राज्य नै नीतिगत भ्रष्टाचारमा संलग्न भएको प्रष्ट देखिन्छ।

व्यसायीहरुले एक अंकको व्याजदर कायम गर्नुपर्ने, व्याज बाहेकका कुनैपनि प्रकारको शुल्क लिन नपाउने, सम्झौताभन्दा बढी लिएका सेवाशुल्क तत्काल फिर्ता गर्नु पर्ने, लिलामि प्रकृया तत्काल स्थगित गर्नुपर्ने, कर्जा नविकरण म्याद कम्तीमा ३ वर्षको हुनुपर्ने, नेपाल राष्ट्र बैंकले २०७९ मंसिर १ बाट लागुगर्न लागेको ‘चालुपूजी कर्जा’ सम्वन्धि मार्ग दर्शन २०७९ तत्काल खारेज गर्नुपर्ने र बैकहरुले व्याज दर परिवर्तन गर्दा मोवाईल एसएमएसबाट ग्राहले जानकारी पाउनुपर्ने माँग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

व्यसायीहरुले १९ गते बैंकर्स एशोशिएसनसँग विहान १० बजे लहानमा छलफल गर्ने, २० गते जिल्लाभरीका व्यायीक प्रतिष्ठा विहान १० देखि १२ बजेसम्म बन्द गरी विरोधर्याली र कोणसभा गर्ने, २१ गते सवै बैंकहरुमा विहान १० बजेदेखि १ घण्टा प्लेकार्ड सहित धर्ना बस्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

२३ गतेभित्र आफ्ना माँगहरु सम्वोधन नभए थप सशक्त आन्दोलनको घोषणा गर्ने व्यसायीहरुले बताएको छ। पत्रकार सम्मेलनमा सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरथा साह, रामनगर मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ, सुखिपुर उद्योग वाणिज्य संघका अध्यक्ष शत्रुधन प्रसाद चौधरी र धनगढीमाई उद्योग व्यापार समितिका अध्यक्ष सरोज कुमार महतोको उपस्थिति रहेको थियो। gamakpost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द

चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द

इरानद्वारा युक्रेन युद्ध भन्दाअघि रुसलाई ड्रोन दिएको पुष्टि

इरानद्वारा युक्रेन युद्ध भन्दाअघि रुसलाई ड्रोन दिएको पुष्टि

कर्मचारीपछि सरकारी डाक्टरलाई चुनावी प्रचारमा खटाए उपेन्द्रले, आचारसंहिताको धज्जी उडाउँदै

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रचार गर्दैछन् उपेन्द्र यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .