No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

मिथ्या समाचारबारे सरोकारवालाको चिन्ता

नेपालगन्ज ः मिथ्या सूचनाले पत्रकारिताको विश्वसनीयता खस्किँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
पाल्पा विकास केन्द्र तानसेनको आयोजना तथा बाँकेको मेरो खुसी डटकमको संयोजनमा शनिबार नेपालगन्जमा आयोजना गरिएको मिथ्या सूचना रोक्न तथ्य जाँच सम्बन्धी संवाद कार्यक्रममा बाँके, बर्दिया र भारतका पत्रकार तथा सरोकारवालाले मिथ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनीयता कम गर्ने र पत्रकारितालाई कलंकित गर्ने भन्दै चिन्ता गरेका हुन् ।  
समाजमा अपिनियर लिडर मानिएका पत्रकार, शिक्षक, चिकित्सक, नेता वा प्रतिष्ठित व्यक्तिहरुले जानाजान वा अन्जानमा मिथ्या सूचना फैलाउँदा नागरिकले धेरैले विश्वास गर्ने भएकाले त्यस्ता सूचनाले समाजलाई हानी हुने उनीहरुको जोड थियो ।  
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राजनीतिप्रति वितृष्णा रहे जस्तै पत्रकारिता पेशाप्रति विश्वसनीयता घट्दै गएकाले थोरै व्यवसायिक पत्रकारले पेशालाई मर्यादित बनाउन सुझाव दिए ।
कार्यक्रममा नागरिक दैनिकका एशोसियट सम्पादक तिलक पाठकले मिथ्या सूचना, निर्वाचन र लोकतन्त्रका विषयमा प्रशिक्षण दिँदै मिथ्या सूूचनाले सार्वजनिक सुरक्षामा चुनौती हुने, साम्प्रदायिक सहिष्णुता वा सद्भाव बिग्रिने, समाजमा द्वन्द्व बढाउने, लोकतान्त्रिक प्रक्रियालाई नै नकारात्मक असर पर्ने बताए ।  
उनले विश्व र नेपालमा भएका मिथ्या सूचना सम्बन्धी अभ्यासको उदाहरण दिँदै पत्रकारले सत्यको परीक्षण नगरे मिडियाको विश्वसनीयता घट्ने बताए । मिथ्या समाचार प्रकाशन प्रसारणबाट जोगिने, गल्ती भएमा सच्चाउने तत्परता र पारदर्शिता अपनाउने र सूचना साक्षरता र तथ्यजाँचमा जोड दिन पत्रकार र मिडियालाई उनले सुझाव दिए । उनले नागरिकलाई सुझाव दिए, ‘कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस् । प्रकाशित सामग्री मिथ्या हुनसक्छ भनेर सचेत हुनुहोस् ।’
कार्यक्रममा पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, युवराज पाण्डे, अर्जुन ओली, कमल खत्री, रुपनी जीएम, आशिष गुप्ता, निशु जोशी, विजय मल्ल ठकुरी, भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा.संकेत रिसाल, नेपाल वार एशोसियसनका जिल्ला अध्यक्ष जनकबहादुर शाही, सूचना अभियन्ता विश्वजीत तिवारी, सीता बोहोरालगायतले मिडियामा आएका मिथ्या सूचना र तिनले पारेको प्रभावबारे धारणा राखेका थिए ।
कार्यक्रममा पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल र कार्यक्रम संयोजक किरण कौशलले सूचनाको तथ्यजाँचका विषयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
सिरहाका व्यसायी ब्याजदर घटाउनुपर्ने माँगगर्दै आन्दोलित

सिरहाका व्यसायी ब्याजदर घटाउनुपर्ने माँगगर्दै आन्दोलित

चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द

चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द

इरानद्वारा युक्रेन युद्ध भन्दाअघि रुसलाई ड्रोन दिएको पुष्टि

इरानद्वारा युक्रेन युद्ध भन्दाअघि रुसलाई ड्रोन दिएको पुष्टि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...