अति भयो र प्रतिक्रिया दिन बाध्यता ! भागबन्डा र कमीशनको कुरो न मिले पछि कसरी बाँके जिल्लाको जनता लाई कति हद सम्म बेवकूफ़ बनाउने प्रयासमा नेता त थिए सूसोचित गराउने मीडिया कर्मी पनि त्यस्तै भए कि ?
भेरी अस्पताल लाई भेंटीलेटर खरीद गर्न दिएको डेढ़ करोण फ्रिज गराएको धेरै मीडिया बाजी र ढिढोरा जनतमा पिटियो । वास्तविकता धेरै फ़रक छ , यो बेवकूफ बनाउने फार्मूला मात्र हो !
बूँदागत रूपमा सर्व प्रथम :
१: स्थानीय साझेदारी विकास कार्यक्रम (संशोधन) नियमावली २०७७ राम्रो ग़री पढ्नु साथै नियमावली २०७६ पनि अध्ययन गर्नुस , बाँके जिल्लाको नियमावलीमा तोकिएको नियम ३ विपरीत नै बाँके निर्वाचन क्षेत्र नम्बर २ को निर्देशक समिति नै मनोमानी तरीकावाट योजना निर्णय गर्दै आएको देखिन्छ ।
२: संधीय मामिला तथा सामान्य प्रशासन मंत्रालय को मिति २०७७/०३/०७ च न ५६८ को बूँदा न• ३ को २०७७/०३/१५ गते भित्र योजना सम्पन्न ग़री खर्च गर्नु पर्ने बाध्यता हेरौ ।
३: स्थानीय साझेदारी विकास कार्यक्रम नियमावली २०७६ अनुसार सर्व प्रथम मिति २०७६/०७/३ गते छुट्याईएको बिभिन्न योजना अध्ययन गरौ ! एउटा समुदाय विशेषमा मात्र अधिकांश रकम विभाजन गर्नु पर्नेमा रहस्य र आवश्यकता के थियो ?
३.१: नियमावली २०७६ अनुसार मिति २०७६/०७/३ गते छुट्याईएको रकम र पुनः मिति २०७६/०९/०४ गते संशोधन ग़री छुट्याईएकोको योजना रकम मिति २०७७/०३/१४ सम्म पनि खर्च नहुनुको पछाडीको कोबिड मात्र कारण होईन र यसको थप रहस्य एवं कारण के थियो ?
३.२: छुट्याईएको रकम रू १५००००००/( एक करोण पचास लाख ) दुई-दुई पटक काम सम्पन्न हुन नसक्नुमा क्रमशः छुट्याईएको रकम कर्बला , कब्रिस्तान ,मदरसा को भौतिक निर्माण नेपालगन्ज उप म. न.पा. वार्ड नं.२१ बिर्ताको ५० लाख, अस्थाना हजरत इब्राहिम खलील अहमद शाह , डुरूवा ३ मदरसा स्तर उन्नतिमा रू ५० लाख , र बाल सुधार गृह डु रूवा ६ को स्तर उन्नति गर्ने र प्रहरी अस्पतालको लागी नेपालगन्ज वार्ड नं.१८ को एक थान एम्बुलेन्स गरी रू ५० लाख , ग़री जम्मा रकम मिति २०७७/०३/१४ पुनः संशोधन गरी भेरी अस्पतालको लागी भेंटीलेटर र उपकरण ख़रीदको लागी रकम रू १५००००००/- संशोधन गरी छुट्याईयो ।
३.३: यसरी मिति २०७७/०३/१४ पुनः संशोधन गरी भेरी अस्पतालको लागी भेंटीलेटर र उपकरण ख़रीदको लागी रकम रू १५००००००/- छुट्याईयोको रकम स्थानीय साझेदारी विकास कार्यक्रम (संशोधन) नियमावली २०७७ साथै नियमावली २०७६ पनि अध्ययन गर्दा साथै संधीय मामिला तथा सामान्य प्रशासन मंत्रालय को मिति २०७७/०३/०७ च न ५६८ को बूँदा न• ३ को २०७७/०३/१५ गते भित्र योजना सम्पन्न ग़री खर्च गर्नु पर्ने बाध्यता हेर्दा मिति २०७७/०३/१४ मा भेरी अस्पतालको लागी भेंटीलेटर र उपकरण ख़रीदको लागी रकम रू १५००००००/- छुट्याईयोको स्वीकृत रकमको योजना नेपालगन्ज उप नगरपालिकावाट ” सार्वजनिक खरीद ऐन र नियमावली को नियम बमोजिम ३५ दिने टेण्डर गर्दा ,, के मिति २०७७/०३/१५ गते भित्र सम्पन्न हुने अवस्था बजेट विनियोजन कर्तावाट अध्ययन थिएन ? कि यो फ्रिज हुने भनि जानी-जानी मिडियाको फोबिया सृजना र बाँके जिल्ला बासी लाई बेवकूफ बनाउने मात्र थिएन ?
४: यो सबै निर्वाचित सांसद मार्फत संचालन हुने स्थानीय साझेदारी विकास कार्यक्रमको आफू ख़ुसी कमीशनको खेल खेल्दै आएको निजको प्रतिनिधि मार्फत नै भएको प्रमाणित गर्द छ । यसै विवादित प्रसङ्गमा जिल्ला समन्वय समितिको कार्यालय बाँके को मिति २०७७/०५/०९ गते को च. न.३५ को पत्र वाट सम्बंधित निर्वाचन सांसद प्रतिनिधिलाई जानकारी उपलब्ध गराई दिने बारे पत्रमा निर्देशक समितिको २ जनाको निर्णय र मिति २०७७/०३/१४ गते को संशोधन बारे पूर्ण व्याख्या सहित जानकारी मांग भएको पनि मीडिया र नेता यस बारे केही बोल्न वाट बंचित देखियो ।
संछिप्तमा मेरो सुझाव : कुनै पनि समाचार प्रकाशन , र जनता माझ भाषण गर्दा यसरी हचुवा लेख्न र बोल्न मिल्दैन होला । यस्तो समाचार प्रकाशनमा स्थानीय बाहेक राष्ट्रीय स्तरको मीडिया पनि झूठो र अन्ध भक्त को पराकाष्ठाको रूपमा होईन ” कुनै पनि पूर्वाधार विकास योजना वा आयोजनाको बजेटको विश्लेषण गर्दा राष्ट्रीय Tax निर्मित , वैदेशिक ऋण, अनुदान , सहयोग सहित राष्ट्रीय योजना आयोगको स्वीकृत बहु-वर्षीय कार्यक्रम , संसदबाट स्वीकृत विनियोजन सहित रातों किताबमा प्रकाशित बजेट , शुद्ध जनताको Tax वाट संचालन हुने संसद विकास कोष कार्यक्रम , स्थानीय साझेदारी विकास कार्यक्रमलाई शिल्यान्यास, उदघाटन, संचालन अन्ध भक्त वा नेताको पिछलग्गू, वा भरौटे बन्नु भन्दा फरक ढंगवाट अझै विस्तृत खोज पत्रकारिता अनुसन्धात्मक जन समक्ष परोस्न बानी भए अति राम्रो । सामाजिक सञ्जाल वा मीडिया वा पत्रिकामा विस्तृत खोज पत्रकारिता अनुसन्धात्मक गर्नु इच्छा छ भने सबै सांसदको विगतको २०७४ देखि वार्षिक ५ करोण रकमको दरले पाँच वर्षको पूरै सांसद स्थानीय साझेदारी विकास कार्यक्रम योजना र कार्यान्वयन उपलब्धी सार्वजनिक गरी सामाजिक लेखापरीक्षण सम्बंधित स्थानीय जनता वाट गरौ ! अनि हेरौ को कतिको ईमानदार सांसद र नेता अगाडी देखा पर्छन ? धन्यबाद ! पुर्ब मन्त्री सर्वदेव ओझा – नेपालगन्ज , बाँके । साभार समाजिक संजाल फेस्बुक बाट /