No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित

सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित

काठमाडौं । कुनै बेला मधेसका मसिहा मानिने उपेन्द्र यादव पछिल्लो समय सत्ता र शक्तिका लागि जुनसुकै हदसम्म गिर्न तयार भएको विभिन्न घटनाक्रमले देखाएको छ ।

मधेसी मुक्तिको अभियानका नाममा सयौ युवालाई बलिदानी दिन लगाएका उपेन्द्रले त्यसलाई सत्ता र शक्तिको सिँढीका रुपमामात्रै सीमित गरेपछि मधेसमा आक्रोश बढेको छ । अझ मधेसी समुदायलाई माखे साङ्लो, विहारी भनेर होच्याउने राजनीतिक शक्तिसँग उपेन्द्रले सहकार्य नै गरेपछि मधेसी जनतामाझ आक्रोश बढेको हो ।

उपेन्द्रकै नेतृत्वमा आन्दोलनमा ४५ जना भन्दा बढी मधेसी युवाले आफ्नो प्राण मधेस मुक्तिका लागि दिए । तर त्यतिबेला जोविरुद्ध युवाहरु मधेस मुक्तिका लागि लगे तिनैसँग उपेन्द्रले हात मिलाएपछि शहिद परिवार पनि रुष्ट बनेको छ । एमाले र केपी ओलीको हठका कारण मधेसमा ‘मलेठ घटना’ हुनपुग्यो । जहाँ थुप्रै युवाहरु शहिद हुन पुगे ।

मधेसी समुदायलाई विहारी र भारतीयको नजरबाट हेर्ने ओली र एमालेको नीतिले त्यतिबेला सिंगो मधेसको विरुद्धमा थियो । त्यसविरुद्ध मधेसी युवालाई उचालेका उपेन्द्र आज आफै तिनै ओली र एमालेसँग मिल्न पुगेर आफू मधेसको लागि होइन सत्ता र शक्तिका लागि युवाहरुको रगतसँग, सहादतसँग खेलेको पुष्टि गराएका छन् ।

मधेस र मधेसीको मुक्तिका लागि ज्यान दिएका शहीदको सपनामाथि लात हानेका छन् । चुनावमा आफू बलियो हुन र सत्तामा पुग्न उनले मधेसविरोधी छवि भएको र मधेसी युवाको रगतको होलीको खेलेको एमालेलाई रोजेका छन् । एक हिसाबले भन्ने हो भने मधेसी समुदायसँग द्वन्द्व निम्त्याउने एमालेसँग उपेन्द्रको साँठगाँठले मधेसका जनतालाई मर्माहत बनाएको छ ।

जसपाकै एक नेताले एमालेसँग सहकार्य गर्नु आत्मघाती भएको बताए । मधेसमै जसपाभित्र यो सहकार्यलाई लिएर चरम असन्तुष्टि छाएको छ । मधेसप्रति असहिष्णु एमाले नेतृत्वसँग हात मिलाएको भन्दै धेरै ठाउँमा जसपाभित्र विद्रोहसमेत भएको छ । मधेसका युवाहरुले आफ्ना आफन्तको रगतको होली खेलेर हत्यारासँग साँठगाँठ गर्नु धोका भएको बताएका छन् ।

सप्तरीका प्रकाशचन्द्र यादवले यसको हिसाब आगामी चुनावमा हुने बताए । ‘यो सरासर मधेसी जनतालाई धोका हो । हामीले मधेस मुक्तिका लागि परिवारका सदस्य, साथीभाइ गुमायौं । तर उपेन्द्रले केबल आफ्नो स्वार्थमा सत्तामा जान केन्द्रित गरे । फेरि अहिले तिनै मधेसमाथि दमन गर्नेहरुसँग हात मिलाएर उपेन्द्रजीले मधेसमाथि धोका र बेइमानी गर्नुभयो,’ उनले भने ।

धनुषामा युवा अमरेश झाले उपेन्द्र सत्ताको उन्मादमा के ठिक के बेठिक भन्ने नै चुकेको बताए । आफ्नो स्वार्थका लागि जे पनि गर्ने उपेन्द्रलाई अब मधेसले दण्ड दिने बेला आएको उनले बताए । मधेसी समुदायको आत्मसम्मानमा ठेस पुर्याउनेसँग सहकार्य गरेर उपेन्द्रले सिंगो मधेसको भावनालाई कुल्चिएको उनको गुनासो थियो । उपेन्द्रले एमालेसँग सहकार्य गरेदेखि नै मधेसमा असन्तुष्टिका स्वरहरु बढ्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
कमिशनको खेलमा डेढ करोड बन्दै चुनावी मुद्दा

कमिशनको खेलमा डेढ करोड बन्दै चुनावी मुद्दा

प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता

प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता

चीन–अमेरिका प्रविधि महायुद्ध

चीन–अमेरिका प्रविधि महायुद्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .