No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इन्स्टाग्राम कसैको हत्याको कारण पनि बन्न सक्छ ?

इन्स्टाग्राम कसैको हत्याको कारण पनि बन्न सक्छ ?

इन्स्टाग्राममा फलोअर्स संख्याको प्रतिस्पर्धाले कसैको हत्याका लागि कुनै व्यक्तिलाई उक्साउन सक्छ ?

तर भारतको राजधानी नयाँदिल्लीमा इन्टाग्रामकै कारण एउटा घटना भएको छ । त्यहाँ दुई जना नाबालिगको चक्कु प्रहारबाट हत्या भएको छ । उक्त घटनामा चार जना पक्राउ परेका छन् र तीमध्ये दुई जना युवती छन् ।

प्रहरीका अनुसार हत्याको मुख्य कारण इन्स्टाग्राममा कसका कति फलोअर्स छन् र कसको कति महत्व छ भन्ने प्रतिस्पर्धा देखिएको छ । मुकन्दपुर इलाका उत्तरी दिल्लीको बाहिरको क्षेत्रमा पर्छ र त्यहाँ धेरैजसो मानिस निम्न तथा निम्न मध्यमवर्गका रहेका छन् । मुकन्दपुरको उक्त घटना गत ५ अक्टोबरमा भएको हो ।

प्रहरी अधिकारीका अनुसार ती नाबालिगको हत्यामा आफ्नै दाजु र दिदी नाता पर्ने तीन जना र अर्का एक युवतको संलग्नता भेटिएको छ । ती किशोरकिशोरीमा आफ्नो प्रतिष्ठा तथा डिजिटल प्लेटफर्ममा को कति प्रभावशाली छ भन्ने कुराको प्रतिस्पर्धा रहेको प्रहरीको भनाइ छ ।

इन्स्टाग्राममा कसका कति फलोअर्स छन् ? कसको तस्वीरमा कति लाइक आउँछ भनेर उनीहरुबीच प्रायः झगडा हुने गर्थ्यो ।

हत्यामा संलग्न भनिएकी किशोरीका अनुसार नाबालिगहरुलाई उनले नै फोन गराएर गल्लीमा बोलाएकी थिइन् । घटना रातको करिब साढे ११ बजे भएको थियो ।

सामाजिक सञ्जालको असर

सामाजिक सञ्जाल वास्तवमा एउटा यस्तो माध्यम बनिरहेको छ, जहाँ कुनै पनि व्यक्ति छोटो समयमा व्यापक चर्चा हासिल गर्न सक्छ । सोसल मिडिया प्लेटफर्मममा प्रयोगकर्ताहरु लाइक तथा फलोअर्सका लागि होडबाजी गरेको देखिन्छ । मानिसहरु त्यहाँ आफ्नो भावना व्यक्त गर्न हिच्किचाउँदैनन् र सोसल मिडियालाई आफ्नो निजी स्पेसजस्तै ठान्छन् ।

नयाँदिल्लीस्थित सेन्ट स्टिफन अस्पतालका मनोचिकित्सक डा. रुपाली शिवलकरका अनुसार आमरुपमा हिजोआज बच्चाहरुमा रिस बढी देखिन्छ । दिल्लीमा घटेको उक्त घटनामा संलग्न किशोरकिशोरी समाजको तल्लो तप्काका रहेका छन्, जहाँ प्रायः आमाबुवाहरु पढेलेखेका हुँदैनन् ।

ती बच्चाका बुवाआमा दैनिक ज्याला मजदुरी गर्छन् र बच्चाहरु स्कुलको पढाइ पनि पूरा गर्न पाउँदैनन् । यस्तोमा आसपासमा घटिरहेका घटनाबाट बालबालिकाहरु धेरै प्रभावित हुुन्छन् । समाजको असामाजिक गतिविधिबाट गुज्रनु त्यस्ता बच्चाको लागि दैनिकी नै बनिरहेको हुन्छ र उनीहरुले त्यसलाई सामान्य ठान्छन् । उनीहरुले जे देखिरहेका हुन्छन्, त्यही सिक्छन् । के गलत हो र के सही भनेर सम्झाउने कोही हुँदैन ।

विज्ञका अनुसार हिजोआज बालबच्चामा बढी रिस देखिनुका विभिन्न कारण हुनसक्छन् । त्यसमध्येको एउटा कारण आफैंमा निराशा वा फ्रस्टेसन हुनु मुख्य हो । उनीहरु सोसल मिडियाबाट प्रभावित भएर कोही सेलिब्रिटीजस्तै रोल मोडल बन्न चाहन्छन्, जसलाई कन्डक्ट डिसअर्डर भनिन्छ ।

मनोचिकित्सकका अनुसार ‘कन्डक्ट डिसअर्डर’ भनेको यस्तो समस्या हो, जहाँ बच्चाहरु सामाजिक नियमअनुसार व्यवहार देखाउँदैनन् । उनीहरुलाई आफ्नो गलत कामका लागि अपराधबोध वा आत्मग्लानि पनि हुँदैन ।

आफ्नो बच्चा सोसल मिडियाको लतमा परेको कसरी थाहा पाउने ?

धेरै सोसल मिडिया प्लेटफर्मले निश्चित उमेर पुगेका व्यक्तिलाई मात्र अकाउन्ट खोल्ने सुविधा दिन्छन् । चर्चित सोसल साइट इन्स्टाग्राममा १३ वर्षभन्दा माथिका जो कोहीले अकाउन्ट खोल्न सक्छन् । त्यसैले भर्खरै किशोरावस्थामा प्रवेश गरेका किशोरकिशोरीका लागि इन्स्टाग्रामजस्ता सोसल मिडिया प्लेटफर्म नकारात्मक पनि सावित हुन सक्छन् ।

आफ्नो बच्चा सोसल मिडियाको लतमा फसेको त छैन ? यसका लागि केही यस्ता आनीबानीमा ध्यान दिन जरुरी छ :

– तपाईंको बच्चा लगातार वा पूरै दिन फोनमा झुण्डिरहेमा

-फोन खोस्दा रिसाए, चिडचिडाहट महसुस गरे वा फोन किन खोसेको भनेर झगडा गरेमा

-दैनिक क्रियाकलापमा ध्यान नदिएमा

-आफ्ना साथीहरुसँगको सम्बन्ध पनि झैझगडा गरेमा

यस्ता गतिविधि तपाईंको बच्चाले गरेको देखिए ऊ सोसल मिडियाको लतमा पो प¥यो कि भनेर ध्यान दिनुपर्छ ।

बच्चा सोसल मिडियाको लतमा परेको लक्षण देखिए उसबाट मोबाइल फोन वा अन्य ग्याजेटलाई हटाइदिनुहोस् । त्यसको ठाउँमा दैनिक जीवनमा प्रयोग हुने अन्य चिज दिनुहोस् । बच्चालाई घरका स-साना काम दिएर व्यस्त राख्नुहोस् र काम गर्नका लागि प्रोत्साहित गर्नुहोस् । बाहिर खेल्न तथा साथीहरुसँग भेट्न पनि प्रोत्साहित गर्नुहोस् ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post
नेपाल घुम्ने मिस वर्ल्ड क्यारोलिनाको इच्छा, ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी

नेपाल घुम्ने मिस वर्ल्ड क्यारोलिनाको इच्छा, ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी

ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .