No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिजाब विरुद्ध विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै खेलाडी अलीको पासपोर्ट जफत

इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै सर्वकालीन खेलाडी अली दाईको पासपोर्ट जफत गरेको छ।

हिरासतमा रहँदा एक कुर्दिस युवतीको ज्यान गएको विषयविरुद्ध भएको प्रदर्शनलाई समर्थन जनाएको भन्दै यसअघि पनि पूर्वफुटबलरलाई त्यहाँको आधिकारिक निकायले गिरफ्तार गरेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

हिजाब नलगाएको आरोपमा तेहरानबाट सेप्टेम्बर १३ तारिखमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिरासतमा रहँदा दुई साताअघि ज्यान गएको थियो। हिरासत कक्षमै अचेत भएपछि उनको मृत्यु भएको थियो। अमिनीको टाउकोमा लाठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएका छन्। यद्यपि सरकारी अधिकारीहरूले भने त्यसको खण्डन गरिरहेका छन्। अमिनीको ज्यान गएसँगै इरानमा पछिल्लो समय प्रदर्शन चर्किंदै गएको छ। प्रदर्शन र झडपमा परी अहिलेसम्म ५० भन्दा बढीले ज्यानसमेत गुमाइसकेका छन् भने सयौं संख्यामा प्रदर्शनकारीलाई त्यहाँको सुरक्षानिकायले गिरफ्तार गरेको छ।

दाईले सेप्टेम्बर २७ मा इरानको सरकारलाई प्रदर्शनकारीमाथि दमन गर्नुभन्दा पनि यस विषयको समस्या तत्काल हल गर्न आग्रह गरेका थिए। ‘मिसाहा अमिनीको मृत्युपछि अली दाईले सामाजिक सन्जाल इन्स्ट्राग्राममा निरन्तर सरकारविरोधी पोस्ट गरेकाले उनको पासपोर्ट जफल गरिएको छ,’ इरानका अधिकारीले भने।

पूर्वस्ट्राइकर अली दाईको नाममा सन् २०२१ सेप्टेम्बरसम्म सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान थियो। सन् २०२१ सेप्टेम्बरमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोले अली दाईको नाममा रहेको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका थिए। अली दाई युरोपियन लिग खेल्ने पहिलो इरानका खेलाडी हुन्। उनले जर्मन बुन्डेसलिगाको क्लब आर्मेनिया बेहिल्फिल्ड, बायर्न म्युनिख र हर्था बर्लिनबाट खेलेका थिए।

इरानका महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन्। टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा गत सेप्टेम्बर १३ मा अमिनीलाई प्रहरीले तेहरानमा गिरफ्तार गरेको थियो।

कुर्दिस युवतीको ज्यान गएपछि इरानका अन्य खेलसम्बद्ध पदाधिकारीहरूले पनि आन्दोलनको समर्थन गरेका छन्। नायकनायिका, फिल्म निर्माताहरूले पनि प्रदर्शनमा साथ दिएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मंगलबार भियनामा इरानको सेनेगलसँग खेल हुँदा इरानको देश झल्किने पोसाकका अलावा समग्र टोलीले कालो रंगको कपडा लगाउँदै विरोधसमेत जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
चीनले साइबर स्पेसमा आफ्नो नियन्त्रणलाई बढावा दिदै

गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र

Kewrat

केवरत भाषाको वर्ण पहिचान सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .