जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण जनकपुरधाम जयनगर रेल एक घण्टा ढिलो गुडेको छ ।
शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि धनुषा आएका ओली रेल चढेर धनुषाको महिनाथ पुर पुगेका हुन् । उनी त्यहाँबाट विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।
रेल चढ्न उनले टिकट नै किनेका थिए । काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियासहितका नेता तथा कार्यकर्ताहरु आज एमालेमा प्रवेश गर्न लागेका हुन् ।














