जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरे ।
२०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए । पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।

















