• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै


सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने विद्यार्थी धेरै

काठमाडौं । पछिल्लो ५ वर्षमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये सबैभन्दा धेरै पाकिस्तान गएको पाइएको छ ।

विभिन्न देशले नेपाल सरकारमार्फत नेपाली विद्यार्थीलाई स्नातकदेखि अनुसन्धान तहसम्म छात्रवृत्ति दिँदै आएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन माग गरेर योग्यता पुगेका विद्यार्थी छनोट गरी सिफारिस दिने गरेको छ ।

मन्त्रालयको छात्रवृत्ति शाखाका अनुसार नेपालबाट पाकिस्तानका साथै चीन, इजिप्ट, थाइल्याण्ड, श्रीलंका र रुसमा विद्यार्थीहरु गएका छन् ।

पाकिस्तानमा ६३ जना नेपाली विद्यार्थी छात्रवृत्तिमा एमबीबीएस पढ्न गएका छन् । २०७४ मा १० जना, २०७५ मा १० जना, २०७६ मा ९ जना, २०७७ मा १० जना र २०७८ मा १० जना पाकिस्तान गएका हुन् ।

बी फार्ममा २०७४ मा ३ जना, २०७८ मा १ जना, इन्जिनियरिङतर्फ २०७४ मा १ जना, २०७५ मा ५ जना र २०७६ मा ३ जना पाकिस्तान गएका छन् । त्यस्तै बीडीएसतर्फ २०७४ मा १ जना, २०७५ मा १ जना छात्रवृत्तिमा पाकिस्तान गएका छन् ।

पाकिस्तानपछि छात्रवृत्तिमा चीन जाने विद्यार्थीको संख्या धेरै छ । इन्जिनियरिङ पढ्न २०७४ सालमा २१ जना, २०७५ सालमा २१ जना चीन गएका छन् ।

२०७६ सालमा १९ जनाले छात्रवृत्तिमा चीन जान सिफारिस लिएका छन् तर कोभिड–१९ महामारीका कारण उनीहरु नेपालमै बसेर अनलाइन कक्षामा सहभागी भएको जानकारी आएको शाखाका उपसचिव हरि खनालले बताए । २०७८ सालमा ३२ जनाले चीनमा छात्रवृत्तिमा पढ्न जाने सिफारिस लिएको तर अहिलेसम्म जाने नजाने निश्चित नभएको शाखाले बताएको छ ।

चीनमा २०७४ मा २ जना, २०७५ सालमा ४ जना अनुसन्धान तहमा अध्ययन गर्न गएका छन् । २०७६ सालमा ५ जनाले र २०७८ मा ३ जनाले सिफारिस लिएपनि गएको वा नभएको जानकारी शाखालाई छैन । २०७७ सालमा ४ जनाले कोभिड–१९ महामारीका कारण नेपालमै बसेर अनलाइन कक्षा लिइरहेका छन् ।

२०७७ सालमा फरेस्ट्री पढ्न १ जनाले सिफारिस पाएपनि चीन गएको वा नभएको शाखालाई जानकारी छैन । मानविकीमा २०७५ सालमा १ जनाले चीनमा छात्रवृत्ति पाए पनि चीन जान नपाएको र २०७६ मा छात्रवृत्ति पाएका १ जनाले अनलाइन कक्षा पढिरहेका छन् । साइन्स एन्ड टेक्नोजोली अध्ययन गर्न २०७५ सालमा ५ जना गएको शाखाले जनाएको छ ।

एग्रिकल्चरतर्फ २०७५ मा ५ जना छात्रवृत्तिमा चीन पढ्न गएका छन् । २०७६ मा २ जना, २०७७ मा २ जनाले कोभिड–१९ को कारण देखाएर चीन जान पाएनन् । उनीहरु नेपालबाटै अनलाइन कक्षा पढिरहेका छन् । २०७८ मा ४ जनाले सिफारिस पाएको तर उनीहरु सेप्टेम्बरभित्र भनिएको छ । एमडी÷एमएसतर्फ ३ जना एमडीएसतर्फ १ जना एमपीएचतर्फ २ जना विद्यार्थीले कोभिडका कारण अनलाइनमार्फत कक्षा लिइरहेको शाखाको भनाइ छ ।

इजिप्टमा इस्लामिक भाषा पढ्नको लागि २०७४ सालमा १६ जना, २०७५ मा २० जनाले छात्रवृत्ति पाएका छन् । इजिप्टमा २०७५ सालमा एमडी÷एमएस पढ्नको लागि १० जनाले, एमबीबीएसका लागि ३ जना, १ जनाले बीडीएसका र २०७६ मा लागि ३ जनाले एग्रिकल्चर (बीएससी एजी) पढ्न गएका छन् ।

थाइल्यान्डमा वातावरण विषयमा स्नातकोत्तर अध्ययन गर्न २०७४ मा २ जनाले, श्रीलंकामा स्नातक तहमा सूचना प्रविधि विषय पढ्न २०७६ मा १ जनाले सिफारिस लिएका छन् । रुसमा एमबीबीएस अध्ययनका लागि २०७४ मा १ जना इन्जिनियरिङका लागि २०७६ मा १ जनाले सिफारिस लिएका छन् ।

सरकारी छात्रवृत्तिमा पढ्न गएका विद्यार्थीहरु नफर्कने अथवा उतै बस्ने सम्भावना भने कम रहेको शाखा उपसचिव हरि खनाल बताउँछन् । उनी भन्छन् ‘सरकारी छात्रवृत्तिमा विदेश पढ्न गएकाहरुको नफर्कने समस्या एकदम न्यून हुन्छ । हाम्रो ऐनले नै उनीहरु फर्केर प्रतिवेदन बुझाएपछि मात्र प्रमाणपत्र दिइने भएकोले फुत्किने सम्भावना हुँदैन ।’

यो पछिल्लो पाँच वर्षमा अध्ययन गर्न गएकाहरुको भर्खर फर्कने बेला भइरहेको खनालले बताए । इजिप्ट पढ्न गएकाहरु फर्कन थालेको र अन्य देशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थी पनि फर्कन थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम
  • २०७९ श्रावण १६, सोमबार २३:१२
  • In "मधेश प्रदेश"
  • प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो
  • २०७९ श्रावण १६, सोमबार २३:१२
  • In "BannerNews"
  • सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै धौ : एउटै कक्षामा २०० विद्यार्थी
  • २०७९ श्रावण १६, सोमबार २३:१२
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

काभ्रेस्थली घटना : पाण्डे दम्पत्तिको खटपटले परिवार नै सखाप

वकिल’साप, आई वान्ट जस्टिस !

पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version