• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काभ्रेस्थली घटना : पाण्डे दम्पत्तिको खटपटले परिवार नै सखाप

प्रेम विवाह, दम्पत्तिका रुपमा निकट हुन नपाउँदैको वैदेशिक रोजगारी र दुवैलाई एकअर्काप्रतिको आशंका–महिला पुरुष जोडिएका हिजोआज हुने अधिकांश हत्या पछाडि यिनै कारण देखिन्छन् । काभ्रेस्थली घटना पनि यसकै वरपर घुमेको छ र बाबुको सनकमा दुई नाबालिगले अकारण ज्यान गुमाएका छन् ।


काभ्रेस्थली घटना : पाण्डे दम्पत्तिको खटपटले परिवार नै सखाप

काठमाडौं । तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीकी सुनिता पाण्डेले करिब छ महिनाअघि छिमेकी सुनिता कार्कीसँग आफ्ना श्रीमान्लाई संकेत गर्दै भनेकी थिइन्, ‘कुनै दिन मलाई यसैले मार्छ होला, खुकुरी र कर्ध पनि राखिबस्छ ।’

पति दिनेश पाण्डेसँग हुने रातदिनको झगडाबाट वाक्क भएर उनले यसो भनेकी थिइन् होला । तर भयो त्यस्तै । दिनेशले सुनिता मात्र होइन, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिकको हत्या गरे, अनि आत्महत्याको बाटो रोजे ।

सोमबार दिउँसो ३ बजेतिर पदमसाल पुग्दा सुनिताकी छिमेकी कार्की सुनितासँग भएको पुराना सम्वादहरु सम्झिइरहेकी थिइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘सुनिताले बाक्क भएर भनेकी थिइन्, काँ यसरी मार्ला नै भनेर सोच्नु र !’

सरल र मिजासिली स्वभाविककी सुनिता छरछिमेकमाँझ सधैँ मिठो सुनिन्थिन् । ‘देख्दा बोलाएन भने रिसाउनुभयो कि क्या हो भन्दै आइहाल्थी’ कार्की भन्छिन् ।

हरेक दिन बिहान ९ः१५ तिर सुनिता घरबाट छोरी आशिकालाई स्कुल बस चढाउन चोकतिर निस्किथन् । त्यसपछि दिनभर चोकैमा रहेको फेन्सी पसलमा व्यस्त हुन्थिन । तर सोमबार न त उनी चोकमा पुगिन्, न आशिका स्कुल जान आइन् ।

सैनिक स्कुलको गाडीले निकैबेर हर्न बजाइरह्यो, तर कोही नबोलेपछि गाडी गयो । ‘कहिल्यै त्यसरी नभनी बच्चा नपठाउने, फेरि पसल खोल्न भए नि आउँथिन्’ छिमेकी परिवर्तन कार्की भन्छन्, ‘तर आज नआएपछि म आफैं गेट ढक्ढक्याउन पुगेको थिएँ ।’

उनका अनुसार गेट भित्रबाटै बन्द थियो । पर्खालको एकछेऊमा चढेरभित्र हेर्न खोजे, तर देखेनन् । अरु छिमेकी पनि आए । एकअर्का गर्दागर्दै ठूलो भिड जम्मा भयो । त्यही भीडबाट कसैले प्रहरी कन्ट्रोल १०० मा खबर गरे । प्रहरी वृत्त बालाजुको टोली १० बजेतिर पुगेर ताला ‘लक’ फोड्दै गेटभित्र प्रवेश गर्‍यो ।

प्रहरी घरभित्र छिर्दा भुइँतालाको उत्तर पट्टीको कोठामा झ्याल छेउ श्रीमान् दिनेश पाण्डे लडिरहेका थिए । घाँटीमा चक्कु हानेको जस्तो देखिन्थ्यो, सँगै डोरीमा झुण्डिन खोजेको जस्तो पनि देखिएको एक प्रहरी अधिकृत बताउँछन् ।

दक्षिणतिर खाटमा छोरी आशिका र छोरा आशिक लडिरहेका थिए, भुइँमा मृत अवस्थामा थिइन् सुनिता ।

सुसाइड नोट बरामद, श्रीमतीप्रति गुनासो

राजधानीमै एकैपरिवारको चार जनाको हत्या भएको खबर आएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोली घटनास्थलमा पुग्यो ।

‘सुरुमा घटनास्थल सुरक्षित गरेर जाँच थालेका थियौं’ काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोरा भन्छन्, ‘घटनास्थलमा सुसाइड नोट बरामद भयो, त्यसबाटै धेरै कुरा स्पष्ट भइहाल्यो ।’

नोटले ४१ वर्षीय दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने देखाएको प्रहरी बताउँछ । घरभित्र चारजना बाहेक तेस्रा व्यक्तिको प्रवेश नहुनु, हत्यामा प्रयोग भएका चक्कु र ब्लेड पनि त्यहीँ फेला पर्नुले पनि हत्यापछि आत्महत्या भएको आशंकालाई नै बल पुर्‍याएको प्रहरी बताउँछ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विभागका डा. गोपाल चौधरी नेतृत्वको टोली पनि घटनास्थल पुगेको थियो । टोलीका एक सदस्यका अनुसार शव जाँचबुझ भएभन्दा १२ घन्टा पहिलेको जस्तो देखिन्छ । अर्थात्, आइतबार राति ११ बजेदेखि १२ बजेको बीचमा घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

छरछिमेकले भने रातको समयमा दिनेशको घरबाट कुनै किसिमको आवाज नसुनेको बताएका छन् । राति पानी परेकाले पनि केही थाहा नभएको हुनसक्ने छिमेकी परिवर्तन कार्की बताउँछन् । भन्छन्, ‘अझ झ्याल ढोका सबै लगाएपछि के थाहा हुनु !’

फरेन्सिक विज्ञको रायका आधारमा प्रहरीले दिनेशले पूर्वतयारी गरेर श्रीमतीको हत्या गरेको हुनसक्ने आशंका गरेको छ । घरमा दिनेश र सुनिता बेग्लाबेग्लै कोठामा सुत्ने गर्थे । आइतबार राति श्रीमती र छोराछोरी निदाइसक्दा पनि दिनेश घटना घटाएको हुनसक्ने अनुसन्धान अधिकृतहरुको विश्लेषण छ ।

मध्यरातमा दिनेश श्रीमतीको कोठामा आएपछि सुनितासँग विवाद भएको र त्यही क्रममा चक्कु प्रहार गरेपछि प्रतिकार गरेको हुनसक्ने भन्दै एक अधिकृत बताउँछन् । भन्छन्, ‘उनले शरीरमा लगाएको कपडा च्यातिनु र खाटबाट वरैदेखि रगतका छिट्टाहरु देखिनुले त्यही संकेत गर्छ ।’ सुनिताको शव भेटिए वरपर रगताम्ये अवस्थामा पैंतालाका डोब पनि छन् ।

श्रीमतीको हत्या गर्दागर्दै छोराछोरीले थाहा पाएको अथवा ब्यूँझिएको हुनसक्छ, त्यही क्रममा दुवैको हत्या भएको हुनसक्ने प्रहरी अधिकृतहरुको विश्लेषण छ । दिनेशले लेखेको सुसाइड नोटमा भने ‘छोराछोरीलाई छाड्न मन नलागेर सँगै लगेको’ दाबी छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार राति दिनेशले सुरुमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको संकेत देखिन्छ । तर त्यो सम्भव नभएपछि आफैंलाई चक्कु प्रहार गरेको हुनसक्ने देखिएको छ ।

प्रहरीका अनुसार दिनेशले लेखेको सुसाइड नोटमा श्रीमती सुनिताप्रति धेरै गुनासो गरेका छन् । प्रहरीले हालसम्म नोटमा उल्लेखित विषयहरुलाई ‘क्रसचेक’ गरिसकेको त छैन, तर उनको एकतर्फी लेखौटलाई मान्ने हो भने परिवारै सिद्धाउनु पछाडिको कारण श्रीमान् र श्रीमतीबीचको बेमेल नै भएको देखिन्छ ।

नोटमा उनले श्रीमतीकै खुसीका लागि १३ वर्ष विदेश गएर दुःख गरेपनि आफू एक्लो भएको भनेका छन् । ‘परिवार र श्रीमतीको सुखीका लागि दुःख गर्न विदेश गएँ, तर सबैले सम्पत्ति हडपेर मलाई एक्लै पार्न खोजे,’ उनले भनेका छन्, ‘जति माया गरेपनि मैले बदनामी मात्रै पाएँ, मलाई थुनाउन पनि पछि परेनन् ।’

छिमेकीका अनुसार अहिले उनीहरु बस्ने घरजमिन सुनिताको नाममा थियो । दिनेशले त्यसलाई बिक्री गर्न खोजेका थिए, एकजनासँग १० लाख रुपैयाँ बैना पनि लिएका थिए । ‘तर सुनिताले माइती पक्षसँग समेत सरसापट लिएर जरिवानासहित ११ लाख रुपैयाँ फिर्ता दिएकी थिइन्’ छिमेकी परिवर्तन भन्छन् ।

डिभोर्सको प्रस्ताव अस्वीकार

छिमेकी परिवर्तनका अनुसार दिनेश र सुनिताबीच झगडा भइराख्थ्यो । २०७७ को वैशाखमा पनि झगडा भएपछि आफन्त र छरछिमेक बसेर छलफल गराइएको थियो ।

परिवर्तनका अनुसार त्यसबेला दिनेशले श्रीमतीलाई सम्बन्ध विच्छेद गर्ने प्रस्ताव राखेका थिए । सुनिताका केही आफन्तले पनि दिनेशसँग नबस्न सुझाएका थिए । तर सुनिता भन्थिन्, ‘छोराछोरीका लागि भएपनि मैले अहिले छुट्टिन मिल्दैन ।’

छिमेकी परिवर्तनको स्मरणमा आफ्नै परिवारका सदस्यले पनि छोडपत्र गर्न सुझाउँदा पनि नमान्नुको कारण तिनै छोराछोरी भएको उनले बताएकी थिइन् । त्यसबेला दुवै मिलेर बस्ने सहमति भएपनि झगडाको चुरो सुल्झिएको थिएन । त्यसपछि पनि सुनिताले दुईपटक आफूलाई श्रीमान्ले कुटपिट गरेको भन्दै प्रहरी वृत्त बालाजुमा निवेदन दिएकी थिइन् ।

प्रहरीका अनुसार दिनेशलाई दुई पटक हिरासतमा उभ्याइएको पनि थियो । दिनेशले त्यसलाई इखका रुपमा पालेर बसेको सुसाइड नोटमा पनि संकेत गरेका छन् ।

दिनेशले श्रीमतीसँगै बसेर खाना नखाएको पनि महिनौं भएको उल्लेख गरेका छन् । छिमेकीहरुका अनुसार सुनिता चाहिँ श्रीमान् विग्रिएको भन्दै सधैँ गुनासो गरिराख्थिन् । परिवर्तन भन्छन्, ‘मेरी श्रीमतीलाई उहाँले श्रीमान्ले रासनहरु पनि केही ल्याउँदैन, केटाकेटीलाई पनि राम्रीले हेर्दैन भन्नुभएको रहेछ ।’

घरपरिवारलाई नहेरेको बरु बाहिर सम्बन्ध बनाएको हुनसक्ने आशंका गर्ने गरेको छरछिमेकहरु बताउँछन् । दिनेशको पनि सुनिताप्रति यस्तै आशंका देखिन्छ । छरछिमेककै उपस्थितिमा श्रीमान्–श्रीमतीबारे छलफल भएपछि लामो समयसम्म उनीहरुबीच बोलचाल भएन, केही महिना अघिबाट चाहिँ उनीहरु बोलिरहेका देखिन्थे ।

सुसाइड नोटमा चाहिँ दिनेशले पुरानो घाउ कहिल्यै नपुरिएको भनेका छन् । ‘जे भयो, भयो भन्ने सोचेको थिएँ, तर मलाई घरमा आउँदा भात पनि दिएनौं, ढोका थुनेर आफैं बस्यौं’ नोटमा भनिएको छ, ‘सम्पत्ति पनि मलाई दुःख दिएर कब्जा गर्न खोज्यौ, बेघर बनाउन खोज्यौं ।’

४१ वर्षमा प्लस टु भर्ना भएका थिए दिनेश

छिमेकीहरुका अनुसार दिनेश र सुनिताबीच प्रेम विवाह भएको थियो । विवाह भएको केही वर्षपछि उनी विदेश गएका थिए, साउदी पुगेका दिनेश त्यताबाटै इराक पुगेर फर्किएका थिए । विदेशमा कमाएका पैसाबाट जोडेको सम्पत्ति श्रीमतीका नाममा थियो ।

दिनेश पढाइमा एसएलसी मात्रै उत्तीर्ण थिए, सुनिताले चाहिँ स्नातकोत्तर पूरा गरेकी थिइन् । ‘श्रीमती धेरै पढेकी भइन्, आफू नपढेको भएँ भन्ने पनि उहाँलाई गुनासो थियो’ अर्का एक छिमेकीले अनलाइनखबरसँग भने, ‘त्यही कारण उहाँ भर्खरै कक्षा १२ मा भर्ना हुनु भएको थियो ।’

छिमेकीहरुका अनुसार उनी पढ्न कलेज हिँडेको भन्दै बिहान–बिहान घरबाट निस्किने पनि गरेका थिए । तर न सुनिताले श्रीमानमाथि शंका गर्न छाडे, न दिनेशले श्रीमतीमाथि । सुसाइड नोटसँगै श्रीमतीले अन्य व्यक्तिसँग कुराकानी गरेको ‘स्क्रिनसट’ राख्नुले पनि त्यसलाई संकेत गर्छ ।

उनले नोटमा भनेका छन्, ‘सुधार्न खोजे, सम्झाउन खोजेँ तर सम्भव भएन । त्यसैले यो बाटो रोज्नुपर्‍यो ।’

श्रीमतीको भिसा आयो, श्रीमान्को आएन

छिमेकी परिवर्तनका अनुसार सुनिता र दिनेश दुवैले बेलायत जान ‘सिजनल भिसा’ को आवेदन दिएका थिए । सुनिताको भिसा लाग्यो, दिनेशको लागेन । त्यसप्रति दिनेश चिन्तित देखिन्थे । उनले छरछिमेकलाई यही महिनाभित्र उड्नुपर्छ भन्न थालिसकेका थिए, तर आफ्नो भिसा नलागेपछि निराश थिए । सुनिताले चाहिँ भिसा लागेपछि दाइको ट्राभल एजेन्सीमार्फत टिकट पनि काटिसकेकी थिइन् ।

उनी सोमबार मात्रै कमलपोखरीस्थित मेघा ड्रिम सहकारीमा आफ्नो खाता बन्द गर्न पुगेकी थिइन् । ‘छोराछोरीका लागि विदेश जानुपर्‍यो भन्दै खाता बन्द गर्न आउनुभएको थियो,’ सहकारीका कर्मचारी हिक्मत कार्की भन्छन्, ‘धेरै पैसा त पहिल्यै निकालिसक्नु भएको थियो, पछिल्लो पटक ५ हजारजति बाँकी थियो ।’

विदेश जाने भएपछि चोकमा रहेको सानो फेन्सी पसल पनि विक्री गर्ने तयारी उनको थियो । श्रीमानले पनि विदेश जाने तयारी थालेपछि चार महिनाअघि पदमसाल चोकमा रहेको मोबाइल पसल विक्री गरेका थिए ।

आइतबार अपरान्ह मात्रै पनि उनले अर्को महिनासम्ममा जसरी पनि विदेश जान्छु भन्दै छिमेकीसँग भनेका थिए । तर त्यसको २४ घन्टा नपुग्दै उनी सपरिवार घरभित्रै मृत भेटिएका छन् । प्रहरीले घटनाका थप पाटो केलाइरहेको छ । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न जोडदार माग
  • २०७९ श्रावण १६, सोमबार २३:२०
  • In "BannerNews"
  • एमालेले किन दिएन टिकट , मधेशी सांसदलाई भारतीय चेली भनेकी गंगा चाैधरीकाे स्वतन्त्र उम्मेदवारी
  • २०७९ श्रावण १६, सोमबार २३:२०
  • In "BannerNews"
  • इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्
  • २०७९ श्रावण १६, सोमबार २३:२०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

वकिल’साप, आई वान्ट जस्टिस !

पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

ताइवानमा चीन-अमेरिका जुध्न लागेका हुन् ? ७ जिज्ञासा र जवाफ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version