• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै धौ : एउटै कक्षामा २०० विद्यार्थी


सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै धौ : एउटै कक्षामा २०० विद्यार्थी

डोटी । नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनु पर्ने हो तर डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् ।

जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालय पद्म पव्लिक माध्यमिक विद्यालयको कक्षा ९ मा २०८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गीता जोशीले जानकारी दिइन् ।

‘विद्यार्थी संख्या धेरै छ, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कम छ’ आइतबार विद्यालयले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रअ जोशीले भनिन्, ‘भएको जनशक्ति र भौतिक पूर्वाधारले विद्यार्थीको चाप धान्नै मुस्किल भएको छ ।’

कक्षा १० मा १९९ जना विद्यार्थी रहेको उनले बताइन् । यस्तै कक्षा ६ मा ९१, कक्षा ७ मा ११९ र कक्षा ८ मा १०७ विद्यार्थी रहेको सामाजिक परीक्षणमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

विद्यालयमा आधारभूत तहमा ३८८ र माध्यमिक तहमा ७२४ गरी एक हजार २१२ जना विद्यार्थी रहेका छन् । ‘तल्लो कक्षाहरुमा त कमै छन् तर माथिल्लो कक्षामा विद्यार्थी संख्या धेरै भयो,’ प्रधानाध्यापक जोशीले भनिन्, ‘सामुदायिक विद्यालयमा सिट संख्या तोक्न पनि नहुने, समस्या भएको छ ।’

उनले अभिभावकहरुले विद्यालयमा खासै चाँसो नदिने गरेको पनि गुनासो गरिन् । अभिभावक भेला आयोजना गर्दा पनि उपस्थित नभइदिने समस्या रहेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘विद्यालयसँग सरोकारै नभएका व्यक्तिहरुले विद्यालयको विषयमा सडकमा अनावश्यक टिप्पणी गर्छन्, तर विद्यालयको समस्या के छ बुझ्न खोज्दैनन् ।’

कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले विद्यालयमा शिक्षक र अन्य भौतिक पूर्वाधारका लागि आवश्यक पहल गर्ने बताइन् ।

नगरभित्रका केही विद्यालयहरु मर्ज गर्ने तयारी रहेको बताउँदै उने ‘ती विद्यालयमा कार्यरत शिक्षकहरुलाई यस विद्यालयमा पदस्थान हुन्छन् ।’ गत वर्ष नगरभित्रका पाँच विद्यालय एकअर्कामा गाभेर धेरै विद्यार्थी संख्या बढी भएका बिद्यालयमा शिक्षकहरु पठाइएको मलासीले बताइन् ।

उनले थपिन्, ‘तपाईंहरु शैक्षिक उपलब्धि कसरी राम्रो बनाउने भन्ने विषयमा चिन्ता गर्नुहोस्, शिक्षक र भौतिक पूर्वाधारको बिषयमा मैले सक्दो प्रयास गर्छु ,’ उनले बिद्यालयले शैक्षिक नतिजामा सुधार ल्याएको भन्दै प्रशंसासमेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाँच वर्षपछि दरबार हाइस्कूलमा कक्षा सञ्चालन, पुननिर्माणपछि विद्यार्थीको आकर्षण बढ्यो
  • २०७७ माघ १२, सोमबार १३:१४
  • In "थप"
  • वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम
  • २०७७ माघ १२, सोमबार १३:१४
  • In "मधेश प्रदेश"
  • रौतहटको सामुदायिक विद्यालय अंग्रेजी माध्यमको नाममा शुल्क असुल्दै
  • २०७७ माघ १२, सोमबार १३:१४
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

के गुगलले अष्ट्रेलिया छाड्न सक्छ ?

न्यायाधीश मल्लको प्रश्न : संविधानको मनसाय के मा हेर्ने ?

सिक्किममा भारत–चीन सेनाबीच झडप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version