No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बैंकहरूले ऋण उठाउन घरमा बाउन्सर पठाउन थाले

बैंकहरूले ऋण उठाउन घरमा बाउन्सर पठाउन थाले

असार मसान्त आउन अब धेरै समय बाँकी छैन् । असार सकिन लागेसंगै धेरैको भोक र निद्रा हराएको छ । बैंक, फाइनान्सले कर्जा खाएका ऋणीलाई च्यापेको च्यापै छ । धितो राखेर कर्जा लिनेलाई वित्तिय संस्थाले सञ्चालकले थर्काउने गरेका छन् । असार मसान्तभित्र बाँकी रहेको साहु, व्याज र हर्जाना चुक्ता नगरेको खण्डमा धितो लिलाम गर्दिने, कालोसूचीमा राखिदिने लगायतका धम्की दिएको ऋणीहरु बताउँछन् ।

घरको गेटमा ल्याएर चिठी टाँसिदिने भन्दै थर्काउने उनीहरुको भनाइ छ । कतिपयले घरमा गुण्डा (बाउन्सर) पठाउने चेतावनीसमेत दिएको पाइन्छ । यता, महिनामा किस्ता तिरिरहेका कर्जावाललाई समेत वित्तीय संस्थाले दबाब दिन थालेको छ । धितोको मूल्य ह्वात्तै घटेपछि कर्जामा वित्तीय संस्थाले कडाइ गरेको छ ।

कि कर्जा घटाउनु कि त हामी लिलाम गरिदिन्छौं भनेर बैंक, फाइनान्सले कर्जा लिनेलाई धम्काइरहेका छन् । कि त आफ्नो कर्जा चुक्ता गरेर अर्को बैंकमा नामसारी गर्न उनीहरुले दबाब दिएको पाइन्छ । ९५ प्रतिशत व्यक्तिले आफ्नो जायजेथा बैंक र सहकारीको नाममा राखेर धितो लिएको छ । हिजो धितो राखेर कर्जा दिने बेलामा वित्तिय संस्थाले पाँचदेखि २५ वर्षसम्मको अवधि तोकिदियो । तर, कर्जा लिएको वर्षदिन नबित्दै ऋणीहरुलाई वित्तिय संस्थाले प्याकप्याकी बनाएको छ ।

बारम्बार कर्जा तिर्न वा धितो अन्त सार्न ऋणीलाई बाध्य बनाइएको छ । ऋणीहरु यतिखेर दुविधामा परेका छन् । ऋण तिरौं पैसा छैन । अन्त लैजाऔं कुनै बैंकले कर्जा दिदैन । नयाँ बैंकमा करोडको धितो राखेर ४० लाखमा राखेर कर्जा पास गरेपनि पूरानो बैंकले सार्न दिदैन । पुराना बैंकको दाउ नै धितो पचाउनका निम्ति ऋणीलाई अर्को बैंकमा कर्जा सार्न पनि दिदैनन् । उता कुरा मिलाएर आएपनि यताले भड्काइसकेको हुन्छ । बैंक र सहकारीको योजना करोडको सम्पत्तिलाई ३० लाख दिने । पछि सम्पूर्ण धितो नै लिलाम गरिदिने । कर्जा लिनेलाई सडकमा पुर्याउने । वित्तीय संस्थाका कारण धेरै ऋणीहरु विस्थापित भइसकेका छन् ।

कतिपयलाई त आत्महत्या गर्न बाध्य बनाइएको छ । कर्जा तिर्न नसकेर आफ्नो गाँउघर नै छाडेर भाग्ने पनि उत्तिकै छ । बैंकबाट हरेक जनता पीडित छन् । किन कि उनीहरुले खुलेआम ठगिरहेका छन् । तर, सरकार मुकदर्शक बनेर हेरिरहेको छ । दिँउसै जनता ठग्दा पनि सरकार किन हात बाँधेर बसेको छ ? त्यस्ता ठग संस्थाको दर्ता किन खारेज गर्दैन सरकार ? बैंक र सहकारीले गर्दा कति मानसिक रोगबाट पीडित छन ।

घरमा जहिले पनि झगडा हुन त स्वाभाविकै भइसक्यो । बैंककै कारणले कति दम्पतीको छोडपत्रसमेत भएको घटनाहरु हाम्रो समाजमा छ । हिजो करोडको सम्पत्ति राखेर आधा रकम पनि दिएन । तर, तीन किस्ता नतिर्ने बित्तिकै धितो नै खाइदिदाँ करोडपति पनि रोडपति बनेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले जनता ठग भनेर लाइसेन्स दिएको हो । बैंक र सहकारीको यस्तो चर्तिकलाका कारण जनतामा अहिले चेतनाको विकास भएको छ । एउटाको पैसा अर्कोलाई ऋण दिने अनि घरखेत नै उडाइदिने । बैंकले ऋण दिएको रकम उसको खल्तीको हो । बिचमा बसेर पुलको भूमिका निर्वाह गरे जस्तै देखाएर जथाभावी लुट्न मिल्छ ? बचत गर्ने र ऋण लिने दुवैलाई बैंक र सहकारीले ठगेको छ । बचत गर्नेलाई कम व्याज दिने तर त्यही पैसा मँहगो व्याजमा कर्जा लगानी गर्ने । त्यो पनि सेवाशुल्क र घुस लिएर ।

वित्तिय संस्थाको व्यवहारका कारण पछिल्लो समय रकम जम्मा गर्नेको सख्या ह्वात्तै घटेको छ । हाम्रो पैसा लगानी गरेर अर्कोलाई ठगिरहेको छ भन्ने कुरा जनताले राम्रोसंग बुझेका छन् । तर, कतिपय बैंक र सहकारीले अहिले पनि मँहगो व्याज दिन्छु भनेर जनतालाई प्रलोभन देखाइरहेको पाइन्छ । अब त्यस्ता विज्ञापन बजाएर जनता फसाउने दिन गइसकेका छन् । किन कि जनताहरु आफैपनि वित्तिय संस्थाको विरोधमा उत्रिएका छन् । हिजोको दिनमा विज्ञापन गरेर लुटेपनि आजको अवस्था त्यस्तो छैन । साक्षरता दरमा मुलुक धेरै नै अघि बढिसकेको छ । दिनमा दुई गुणा र रातमा चार गुणा गरेर ठगीधन्दा मौलाउदै गएपछि सञ्चार माध्यमहरु पनि धमाधम कलम चलाउदै छन् ।

विज्ञापन आफ्नो ठाँउमा भएपनि जनताप्रति उनीहरु जिम्मेवार भएका छन् । जसले जनतामा चेतना फैलाइदिएको छ । अझै पनि थप कलम चलाउने हो भने अरु सिधासाधी जनता लुटिनबाट बच्छन् । कतिपय बैंक र सहकारीका कारण करोडौं नेपाली सडकमा ओइरिने दिन आइसकेको छ । उनीहरुको घरबास नै अब सडकमा हुन्छ । यता, वित्तिय संस्थाहरुको पनि भागाभाग हुन धेरै बेर लाग्दैन । यसको जिम्मेवार अब कसले लिन्छ ? न राष्ट्र बैंकले लिन्छन सहकारी विभागले । अर्थ मन्त्रालयले पनि यो विषयमा चासो देखाएको छैन ।

दैनिक दर्जनौं सहकारीहरु बन्द भइरहेका छन् । अहिले बैंकको अवस्था यति नाजुक छ कि खातामा भएको पाँच लाख रुपैंया पनि दिन सक्दैन । यता, सहकारीले त एक लाखको चेक पनि साट्न छोडेको छ । बैंकका सिईओ, अध्यक्ष र उच्च तहका कर्मचारी भेट्न हम्मेहम्मे छ । उनीहरु आफ्नो कार्यकक्षमा हुदैनन् । गार्ड र अन्य कर्मचारी भएपनि जिम्मेवार व्यक्ति भने गायब छन् । आफु कार्यालय नआएपनि बजार प्रतिनिधि खटाएर पैसा उठाउनचाहि छोडेका छैनन् । बुझ्नेले त पैसा राख्दैन । तर, अहिलेको अवस्थाबारे ज्ञान नभएकालाई उनीहरुले मुर्गा बनाइरहेका छन् । तर, अधिकांश बैंक त्यस्ता पनि छैनन्। कतिपयले राम्रो काम पनि गरेका छन् ।

बैंक र सहकारी यसरी धरासायी हुनुको मुख्य कारण विश्वासनियता गुमाउनु हो । बैंकले १५ प्रतिशत र सहकारीले १९ प्रतिशत व्याज दिन्छु भनेपनि जनताले अनदेखा गरे । व्याजको लोभमा परेर साहु नै डुब्ने डर जनतामा अझै पनि छ । जसले गर्दा बैंकसँग कर्जा लगानी गर्ने पैसा छैन । अहिले पनि कर्जा लगानी ठप्प छ । कर्जा लगानी गर्दा सेवाशुल्क, घुस आउँथ्यो र पो मोजमस्ती गरिरहेको थिए । अहिले वित्तिय संस्थाले घरभाडासमेत तिर्न सकेका छैनन् । तीन महिनादेखि भाडा तिर्न नसकेको वित्तिय संस्था पनि छन् । कर्मचारीहरु पनि तलबविहिन बनेका छन् । यस्तो तरलता बढ्दा पनि वित्तिय संस्थाले यो कुरा लुकाउन खोजिरहेको छ । सरकार र जनता दुवैले सुइको पनि नपाउन भनेर उनीहरुले गोपनियता कायम गर्न खोजिरहेका छन् । सरकारी पक्ष वित्तिय संस्थाको अहिलेको अवस्थाबारे अनविज्ञ छ । किन कि उनीहरु अनुगमन गर्न जादैनन् । सरकारलाई नै थाहा नभएको कुरो जनताले के पत्तो पाऊन् ।

न जनताले डकुमेण्ट हेर्ने । जनताले थाहा पाउँछन् भनेर उनीहरू जतिसक्दो आफ्नो कमजोरी ढाक्न खोज्छन् । किराना पसलमा जति पनि व्यापार छैन् वित्तिय संस्थामा । किरानामा फाट्टफुट्ट भएपनि सेवाग्राही त आउँछन् । बिहान आउने अफिस खोल्ने बेलुका बन्द गर्ने हिड्ने । कर्मचारीहरु नै कामविहिन बनिसकेका छन् । डिपोजिट राख्न कोही आउदैनन् । कर्जा दिन पैसा छैन । वित्तिय संस्थाको प्रमुख काम यही त हो । आफ्नो पैसा वित्तिय संस्थामा लगेर राखेको छ भनेर ढुक्क भएर नबसौं । जनता आफै पनि चनाखो हुने बेला भइसकेको छ । भुरादेखि बुढासम्मको खाता खोल्ने भनेर वित्तिय संस्थाले नयाँनयाँ जनता ठग्ने योजना बाहिर ल्याइरहेको छ ।

पछिल्लो समय नेपालमा व्यापार घाटा बढ्दो छ । कोरोनाका कारण व्यापार ठप्प भएको छ । जसको कारण घरजग्गा, सेयर र गाडीको खरिदबिक्री ह्वात्तै घट्यो । दलालहरुको पछि लागेर लगानी गर्दा सबै चुलुम्मै डुबे । यी क्षेत्रमा लगानी गर्ने डुब्ने बित्तिकै वित्तिय संस्था धरासायी हुने अवस्थामा पुगे ।  bikashnews

(उल्लेखित विचार लेखककाे व्यक्तिगत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

Next Post
चिनियाँ कम्युनिष्ट पार्टीका नेता बालुवाटारमा

चिनियाँ कम्युनिष्ट पार्टीका नेता बालुवाटारमा

सडक ढलान काममा स्कूले बालबालिकाको प्रयोग

सडक ढलान काममा स्कूले बालबालिकाको प्रयोग

‘आखिर हुने भनेको एक्लै त हो’

‘आखिर हुने भनेको एक्लै त हो’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

फागुन २० गतेदेखि मतदान नसकिँदासम्म सवारी साधन चलाउन नपाइने

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

रवि लामिछानेको गोलबजार आगमन, समर्थकहरूले भव्य स्वागत

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

संयुक्त राष्ट्रसंघ महासभाद्वारा युक्रेनलाई समर्थन, संयुक्त राज्य अमेरिका तटस्थ

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

थोर्बजोर्न जगल्याण्ड अस्पताल भर्ना, नर्वेमा छानबिन तीव्र

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

कञ्चनपुर–भारत सीमा निर्वाचन अवधिभर बन्द गर्ने निर्णय

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

इरानको इस्फहान प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना, चारको मृत्यु

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

नयाँ अनुहार बनाम पुराना नेता: चुनावी मैदानमा पुस्ताबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा सरकार कडा, जगेडा फोर्स बढाइने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .