गरुडा । रौतहटको गरुडा नगरपालिकाको नेकपा एमालेका कार्यकर्ता रामजी साह पार्टी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई नेकपा(एस)का केन्द्रिय अध्यक्ष माधव नेपालले गरुडामा सभा गरी पार्टी प्रवेश गराएका थिए।
तर उहाँसङग जम्मा ५ भोट रहेको थाहा पाएपछी माधब नेपाल रिसाएका छ्न। चुनाव प्रचारको चटारोमा जम्मा ५ भोटको लागि आफ्नो दिनभरको समेत खर्चेकोमा नेपालके नेकपा(एस)का स्थानीय नेता कलिमुल्लाह खालाई झपारेको समेत स्रोतले बताएको छ। साहसङ्ग आफ्नो एक भोट , दुईटी श्रीमतीको भोट , छोरा र आमाको भोट मात्रै रहेकोले एमालेलाइ खासै फरक नपर्ने स्थानीयको भनाइ छ।
सुनचाँदी व्यवसायी समेत रहेको साह गर-गहनामा मिसावट गरी बिक्री गर्ने गरेको आरोपमा कयौपट्क कारवाहीमा समेत परेका छ्न।














