No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा सङ्क्रमण बढ्दो, संकट आउन सक्छ

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा सङ्क्रमण बढ्दो, संकट आउन सक्छ

काठमाडौं : कोभिड–१९ को महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने प्रमुख दुई क्षेत्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित हुने क्रम बढेको छ । पछिल्लो आठ दिनमा काठमाडौं उपत्यकाका २५२ जना स्वास्थ्यकर्मी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सधैं जनसम्पर्कमा रहने उपत्यकाका ६२० जना सुरक्षाकर्मीमा पछिल्लो एक सातामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार सङ्क्रति हुने क्रम पछिल्लो दुई साता यता बढेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्नुहुन्छ, “स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सङ्क्रमित हुने अवस्था यस्तै रहे सेवामा संकट उत्पन्न हुन सक्छ ।”
एक साताभित्र देशैभरि करिब सात हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा भदौ १५ गतेदेखि २३ गतेसम्म तीन हजार ५५० जनामा सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये ८७२ जना स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । जुन उपत्यकाका कुल सङ्क्रमितको २५ प्रतिशत हुन आउँछ ।
सशस्त्र प्रहरी अस्पताल, बलम्बुका चिकित्सक डा. प्रवीण नेपालले पछिल्लो दुई साता यता स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेको स्वीकार्नु हुँदै आगामी दिनमा अझै बढ्न सक्ने बताउनुहुन्छ । उक्त अस्पतालमा छ जना स्वास्थ्यकर्मीमा सङ्क्रमणको पुष्टि भएको छ । डा. नेपालले छ जनै पछिल्लो दश दिनमा सङ्क्रमित भएको जानकारी दिनुभयो ।
स्वास्थ्कर्मी सङ्क्रमणबाट जोगिन अस्पतालले पर्याप्त ब्यक्तिगत् सुरक्षा उपकरण(पीपीई) राख्नुका साथै नियमित प्रशिक्षण दिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. गौतम बताउनुहुन्छ । तर प्रशिक्षण र पर्याप्त उपकरणले मात्रै स्वास्थ्यकर्मीलाई सङ्क्रमणबाट जोगाउन नसकिने डा. नेपाल तर्क गर्नुहुन्छ । उक्त अस्पतालमा ड्युटीमा ‘डिप्लोइ’ गर्नुअघि प्रत्येक स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । यद्दपी सङक्रमित भएको डा. नेपालले सुनाउनुभयो ।
छ जनामा सङ्क्रमणको पुष्टि भएकोमा आवासीय र घरबाट ड्युटी आउने दुबै छन् । “सबै स्वास्थ्यकर्मी आवासीय हुन्न, अस्पतालमा बिरामी परीक्षण गर्दागर्दै रेसिडेन्सियल स्वास्थ्यकर्मी समेत सङ्क्रमित भएका छन्, ड्युटी गरेर घर फर्किने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।”– उहाँले प्रष्ट्याउनुभयो । सशस्त्र अस्पतालमा ७० जना आवासीय र ६० जना घरबाट ड्युटी आउने स्वास्थ्यकर्मी छन् ।
बढ्दो सङ्क्रमणले स्वास्थ्यकर्मीलाई मात्रै जोखिम निम्तिने नभई अन्य रोगका बिरामी समेत जोखिममा पर्ने हुन्छ । काठमाडौंसहित देशैभरि आइसोलेशन सेन्टर बाहेक ‘डेडीकेटेड’ कोभिड अस्पताल छैन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सङ्क्रमित हुने अधिकांश स्वास्थ्यकर्मी ‘नन कोभिड’ अस्पतालका छन् । जसले गर्दा अन्य रोगका बिरामीमा समेत कोरोना सर्ने जोखिम बढ्छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ, “सामाजिक दूरीको पालना गर्ने, मास्क लगाउने र नियमित साबुन पानीले हात धुने सतर्कताका उपाय सर्वसाधारण मात्रैका लागि नभई स्वास्थ्यकर्मीमा पनि लागू हुन्छ ।” स्वास्थ्यकर्मीले बिरामी परीक्षण गर्ने क्रममा सामाजिक दूरी बनाउन सम्भव हुन्न । तर पीपीई अनिवार्य लगाउनुपर्ने र परीक्षणपछि नियमित हात धुनुका साथै घर परिवारमा समेत सचेत भएर बस्नुपर्ने उहाँ सुझाउनुहुन्छ । gorkhaptra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
देशकै चर्को मिटरब्याजी : ऋणीलाई शौचालयमा थुनेर यातना, ४ परिवार विस्थापित

देशकै चर्को मिटरब्याजी : ऋणीलाई शौचालयमा थुनेर यातना, ४ परिवार विस्थापित

कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन सुझावदिन संसदीय समिति गठन

कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन सुझावदिन संसदीय समिति गठन

इजरायल र बहराइनबीच शान्ति सम्झौता

इजरायल र बहराइनबीच शान्ति सम्झौता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .