सर्लाही । सर्लाहीमा गोली दागेर एक भारतीय नागरिकको हत्या भएको छ ।
सर्लाहीको मलंगवामा बुधबार साँझ मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी एक भारतीय नागरिकको हत्या गरेको प्रहरीेले जाएको छ ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि भारतीय नै हुन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि मधेश प्रदेशकै धनुषा जिल्लामा गोली प्रहार गरी गए राति एक युवकको हत्या भएको थियो ।
बुधबार दिउँसो धनुषाको हंसपुर नगरपालिका ७ स्थित गहुँ खेतमा सोही स्थानका १८ वर्षीय विजय महराको गोली दागेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।