भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउने इरानी आणविक प्रमुखले बुधबार बताएका छन् ।
इरानको परमाणु ऊर्जा संगठन (एईओआई) का अध्यक्ष मोहम्मद एस्लामीले इरानको अरबी भाषा टिभी नेटवर्क अल आलमसँगको अन्तरवार्तामा भने, “सम्झौता लाई अन्तिम रुप दिइयो भने कुनै पनि नयाँ निर्णय गरिने छैन, हामी विगतमा जस्तै सहमतिलाई निरन्तरता दिनेछौं ।”
इरानले जुलाई २०१५ मा विश्वशक्तिहरुसँग जेसीपीओएमा हस्ताक्षर गरेको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे महिनामा वासिङ्टनलाई सम्झौताबाट बाहिरिएको घोषणा गर्दै इरानमाथि प्रतिबन्ध लगाउने बताएपछि इरानले पनि बिस्तारै सम्झौताका सीमालाई उल्लङ्घन गरेको थियो ।
पछिल्लो समय इरानले यूरेनियमप्रशोधन केन्द्रलाई बढाएको छ ।
सन् २०२१ को अप्रिलदेखि इरान र जेसीपीओए बाँकी पक्षहरू अर्थात् चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीबीच भियनामा आठ चरणमा वार्ता भएको छ । विगत हप्ताहरूमा, भियनाको रिपोर्टले वार्ताकर्ता नयाँ सम्झौताको ‘नजिक’ पुगेको बताएका छन् ।
तर केही प्रमुख मुद्दाहरू ती पक्षहरूबीचको ‘राजनीतिक निर्णय’ भएको भन्दै समाधान गर्न विचाराधीन रहने बताइएको छ ।