काठमाण्डौं । नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार देश चीनसँगको ब्यापारीक नाका लामो समयदेखि वन्द हुँदा नेपाली व्यापारीहरु निकै मर्कामा परेका छन् । २०७२ सालको भूकम्पपछि तातोपानी भन्सार लगभग बन्दको अवस्थामा रहेका हुन् ।
भुकम्पपछि भौतिक संरचना र सडक सञ्जाललाई देखाएर आयात–निर्यातमा कडाई गरेको चीनले कोरोना संक्रमणपछि त्यसमा अझै कडाई गरेको छ । त्यति मात्र नभई चीनले नेपाली सँगको सम्वन्ध नै टुटाउने प्रयास गरिरहेको पाइएको छ । तिब्वतको खासामा वसोवास गर्ने चीनियाँ नागरिक र नेपाली नागरिकका बीचमा रोटीवेटीको सम्वन्ध थियो । केहि समय अघि सम्म खासामा चीनियाँ नागरिकको एउटा वस्ति रहेको थियो । अहिले त्यो वस्ति उठाएर करिव ८ सय किलोमिटर टाढा सिगात्सेमा पुर्याईएको छ । उनीहरु खासा आउन चाहिरहेका छन्, तर दिएको छैन । नेपालीहरुसँग उनीहरुको सम्वन्ध छुटाउनकै लागि अहिले नाकामा अवरोध गरिएको पनि कतिपयको विश्लेषकहरुको भनाई रहेको छ ।
तातोपानी नाकामा रहेको भोटे कोशी गाउँपालिका ४ का वडाध्यक्ष साङ दोर्जे सेर्पाका अनुसार खासामा वस्ती हुँदा सम्म नेपालीहरु सँग दोहोरो सम्बन्ध थियो । उनीहरुलाई त्यहाँबाट उठाएर अहिले धेरै माथि पुर्याएको छ । “म जनप्रतिनिधि भएको नाताले मैले सोधपुछ गर्नुपर्छ । वहाँहरुका आफन्त सँग मैले भेटेको पनि छु । मैले वहाँका आफन्त सँग भेट्दाखेरी उनीहरुको आफन्त सँग फोनमा चै कुराकानी हुने गरेको जानकारी दिए ।” सेर्पाले भने, “उनीहरुलाई त्यहाँ वोल्न पनि नदिएर बन्धक जस्तै वनाएर राखिएको छ । खासा भनेको उनीहरुको जन्मथलो हो । उनीहरुको जिजु वाजे देखि वसेको ठाउँ हो त्यो । त्यो ठाउँमा हामी फर्केर जान्छौ, त्यहाँ पुर्याई दिनोस, हामीलाई अरु केही चाहिन्न” भन्दा चाईनिजले राती आएर हप्काउने, वन्दुक देखाउने “फेरी वोल्यौ भने कारवाही गर्छौ, तिमीहरु वढ्ता नवोल, चुप लागेर वस भनेर थर्काउने गरिरहेका रहेछन् ।”
वडाध्यक्ष सेर्पाका अनुसार उनीहरुलाई त्यहाँबाट लाँदाखेरी नै पछि ल्याई दिन्छौं भनिएको थियो । चिसो ठाउँमा वसेका खासाका मान्छेलाई सिगात्सेमा पुर्याएपछि गर्मीले वस्न असहज छ । अक्सिजन पनि त्यहाँ कम छ । खासामा उनीहरुको वसाई र खान्की जस्तो थियो, त्यो माथि मिलेन । उनीहरु खासा आउन चाहिरहेका छन्, तर दिएको छैन । नेपालीहरुसँग उनीहरुको सम्वन्ध छुटाउनकै लागि अहिले नाकामा अवरोध गरिएको पनि कतिपयको विश्लेषकहरुको भनाई रहेको छ ।
तातोपानी नाकामा रहेको भोटे कोशी गाउँपालिका ४ का वडाध्यक्ष साङ दोर्जे सेर्पाका अनुसार खासामा वस्ती हुँदा सम्म नेपालीहरु सँग दोहोरो सम्बन्ध थियो । उनीहरुलाई त्यहाँबाट उठाएर अहिले धेरै माथि पुर्याएको छ । “म जनप्रतिनिधि भएको नाताले मैले सोधपुछ गर्नुपर्छ । वहाँहरुका आफन्त सँग मैले भेटेको पनि छु । मैले वहाँका आफन्त सँग भेट्दाखेरी उनीहरुको आफन्त सँग फोनमा चै कुराकानी हुने गरेको जानकारी दिए ।” सेर्पाले भने, “उनीहरुलाई त्यहाँ वोल्न पनि नदिएर बन्धक जस्तै वनाएर राखिएको छ । खासा भनेको उनीहरुको जन्मथलो हो । उनीहरुको जिजु वाजे देखि वसेको ठाउँ हो त्यो । त्यो ठाउँमा हामी फर्केर जान्छौ, त्यहाँ पुर्याई दिनोस, हामीलाई अरु केही चाहिन्न” भन्दा चाईनिजले राती आएर हप्काउने, वन्दुक देखाउने “फेरी वोल्यौ भने कारवाही गर्छौ, तिमीहरु वढ्ता नवोल, चुप लागेर वस भनेर थर्काउने गरिरहेका रहेछन् ।”
वडाध्यक्ष सेर्पाका अनुसार उनीहरुलाई त्यहाँबाट लाँदाखेरी नै पछि ल्याई दिन्छौं भनिएको थियो । चिसो ठाउँमा वसेका खासाका मान्छेलाई सिगात्सेमा पुर्याएपछि गर्मीले वस्न असहज छ । अक्सिजन पनि त्यहाँ कम छ । खासामा उनीहरुको वसाई र खान्की जस्तो थियो, त्यो माथि मिलेन । त्यसपछि कतिपयले हामीलाई हाम्रो ठाउँमा फर्काई देउ भनेर आन्दोलन गरे । करिव दुई वर्षअघिको घट्ना हो यो । त्यो आन्दोलन दवाउन कतिपयलाई गायव वनाएको मैले पनि सुनेको छु । करिव १०÷१५ जना मान्छे गायव वनाएको छ भनिन्छ । त्यसको डरले अरु मान्छे वोल्न सकेका छैनन् । जे भनेपनि सुन्नु परेको छ । उनीहरुलाई वन्दी वनाएर राखेको छ भनेर भन्छन् यहाँका मानिसहरु ।
कम्युनिष्टले तानासाही प्रवृत्ति देखाए
मान्छेलाई यसरी बन्धक वनाउनु, आफनो कुरा लागु गराउन डर धम्की दिनु र अटेर गर्नेलाई वेपत्ता वनाउने भनेको कम्युनिष्टहरुको तानासाही प्रवृत्ति हो । नेपालमा पनि कम्युनिष्टहरु छन् । यो विषयमा उनीहरुले पनि कुरा वुझ्नु पर्ने जरुरी छ । नेपालका चेलिवेटीहरुलाई जुन तरिकाले माथि वन्दी वनाएको छ, उनीहरु स्वतन्त्र छैनन । के सम्म गरिएको छ भने, कतिपय नेपाली दाजुभाईहरु समेत खासा तिरकै चेलिवेटी विवाह गरेर उतै पसल गरेर वसेका थिए । ति मान्छेलाई समेत माथि लगेर राखेको छ । उनीहरुलाई काठमाडौं पनि आउन दिएको छैनन । पछि घर पुगेर आउछु भनेर एक जना चै के–के मिलाएर फुत्किए । उनी काठमाण्डौं आए, अहिले उसलाई चाईना जान पनि दिदैन, उसका श्रीमती र वालवच्चालाई यता आउन पनि दिदैन । पछि घर पुगेर आउछु भनेर एक जना चै के–के मिलाएर फुत्किए । उनी काठमाण्डौं आए, अहिले उसलाई चाईना जान पनि दिदैन, उसका श्रीमती र वालवच्चालाई यता आउन पनि दिदैन । उ अहिले एक्लै यता भौतारिएर वसेको छ ।
विवाहका नाममा यौन शोषण
चीनियाँहरुले नेपाली चेलिबेटीलाई चाईना पुर्याएर यौन शोषण गर्ने गरेको पनि वडाध्यक्ष सेर्पाले दावी गरेका छन् । प्रेम र विवाहको भ्रममा पारेर चेलिबेटीलाई लगेर यौन ब्यवासयमा संलग्न गराउने गरेका घटना पनि जानकारीमा आएको उनले वताए । “भोटेकोशी गाउँपालिका ४ कै एउटा वहिनी हो । एउटा चाईनिजले विवाह र पैसाको लोभ देखाएर चाईना लगेछ । एउटा वच्चा जन्मे पछि दुःखको काम लगाउने, यौन शोषण गराउने अनि आफु चै गर्लफ्रेण्ड वनाएर हिडने । उनले भने–‘दुई ÷तीन वर्षपछि ती वहिनी भागेर नेपाल आईन र आफु माथि भएको घट्ना सुनाईन । आफनै ज्यान वचाउन सकस परेपछि उनले वच्चा समेत उतै छोडेर आएकी छिन् ।” चाईनिजले हाम्रा चेलिवेटीलाई वेच्न लगेको जस्तो ब्यवहार गरिरहेको र त्यो गलत भएको उनले दावी गरे । नेपालआज