No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलिले उभिएर नै एमसीसी पास गराई दिए

ओलिले उभिएर नै एमसीसी पास गराई दिए

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भयो । सैद्धान्तिक छलफल र अनुमोदनमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि साक्षी रह्यो ।

तत्कालीन सरकारको प्रधानमन्त्री हुँदा २०७६ असार ३० मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नै एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गराएका थिए । आफैंले दर्ता गराएको प्रस्ताव अनुमोदन हुने अवस्थामा ओली पनि संसदमा उपस्थित भए । एमसीसी टेबल हुँदा र त्यसअगाडि संसदमा खासै उपस्थित नहुने ओली आइतबार भने संसदमा उपस्थितमात्र भएनन् एमसीसीमाथिको छलफल उभिएरै सुने ।

आफ्नो माग सम्बोधन नहुँदा भलै उनी पार्टीसँगै सदन अवरोधमा उभिरहे । तर उभिएरै भए पनि एमसीसीमाथिको पुरै छलफल सुने । एमसीसी सम्झौताको निर्णायक मोडमा साक्षी रहे ।

सत्तामा हुँदा विकास र समृद्धि, समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा अघि बढेका ओलीले माओवादीका कारण आफ्नो कार्यकालमा एमसीसी पारित गर्न सकेनन् । तर अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा ढिलै भए पनि अनुमोदन हुँदा ओली खुसी थिए ।

पार्टीको लाइन र एजेण्डाका कारण संसदमा अवरोध गर्न बाध्य भए पनि एमसीसी अनुमोदन हुनुपर्छ भन्नेमा ओली दृढ थिए । अन्तत: विभिन्न अवरोधका बाबजुद एमसीसीको निर्णायक समयको साँची बनेर ओलीले देश विकासको एजेण्डा सधै आफू प्रतिबद्ध रहेको उदाहरण दिए ।

माओवादी र एकीकृत समाजवादीजस्तो दोहोरो चरित्र विकास र वैदेशिक सहायता परियोजनामा देखाउँदैनौं भन्ने सन्देश दिए । ओलीको संसदमा उपस्थितिलाई लिएर होला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनमा प्रतिपक्षी दलका नेताको पनि समर्थन रहेको बताएका थिए ।

‘प्रमुख प्रतिपक्षी दलका नेता माननीय केपी शर्मा ओलीज्यु संसदको प्रक्रियाभन्दा बाहिर भए पनि एमसीसी अनुमोदनको लागि उहाँको पनि सहमति रहेको छ। त्यही भएर उहाँ आजको संसद बैठकमा सहभागीसमेत हुनुभएको छ,’ मन्त्री शर्माले भने । ओलीको उपस्थितिमा कांग्रेस सांसदहरु पनि उत्साहित थिए । कांग्रेस सांसद अभिषेकप्रताप साहले भने, ‘अन्ततः एमालेले पनि एमसीसी पास गर्नमा सहयोग गर्‍यो । जय नेपाल ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणामा अमेरिका मौन

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणामा अमेरिका मौन

अमेरिकाले दियो अस्वासन दिर्घकालीन आर्थिक समृद्धिको अभियानमा सहयोग गर्छौं

अमेरिकाले दियो अस्वासन दिर्घकालीन आर्थिक समृद्धिको अभियानमा सहयोग गर्छौं

चैत १५ देखि कर्मचारी सरुवा गर्न नपाइने

चैत १५ देखि कर्मचारी सरुवा गर्न नपाइने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .