No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणामा अमेरिका मौन

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणामा अमेरिका मौन

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्‍यो ।

विज्ञप्तिमा प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै एमसीसी कार्यान्वयनको दिशामा अगाडि बढ्न सक्ने अवस्था बनेको उल्लेख छ । ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्ट अनुमोदन भएसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानीको खर्च घट्ने विश्वास विज्ञप्तीमा मार्फत व्यक्त गरिएको छ ।

आर्थिक स्वतन्त्रता र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसी कम्प्याक्टले विश्वभर गरिबी निवारणमा मद्धत गर्ने उदेश्य रहेको विज्ञप्तीमा भनिएको छ ।

तर, नेपालमा एमसीसीलाई लिएर अनेकन आशंकाहरू जन्मिएका थिए । ती आशंकाहरूलाई चिर्नका लागि प्रतिनिधिसभाले १२बुँदे व्याख्यात्मक घोषणा समेत एमसीसी सम्झौतासँगै पारित गरेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणामा नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने, नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरू भन्दा माथि रहेको, एमसीए-नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र बौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने लगायतका विषय छन् ।

साथै, एमसीसीका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लंघन भएका ठहर गर्दा ३० दिनको पूर्वलिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने पनि घोषणा गरिएको छ ।

यो व्याख्यात्मक घोषणा पारित गर्दै गर्दा सांसदहरूले कार्यान्वयनको सुनिश्चितता खोजेका थिए । तर, अमेरिकी राजदूतावास विज्ञप्ति जारी गर्दा १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

Next Post
अमेरिकाले दियो अस्वासन दिर्घकालीन आर्थिक समृद्धिको अभियानमा सहयोग गर्छौं

अमेरिकाले दियो अस्वासन दिर्घकालीन आर्थिक समृद्धिको अभियानमा सहयोग गर्छौं

चैत १५ देखि कर्मचारी सरुवा गर्न नपाइने

चैत १५ देखि कर्मचारी सरुवा गर्न नपाइने

आज महाशिवरात्रि : पशुपतिमा भीडभाड

आज महाशिवरात्रि : पशुपतिमा भीडभाड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .