• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपाको आन्तरिक विवाद उत्कर्षमाः अध्यक्ष यादव अल्पमतमा, भट्टराई समूह बहुमतमा


जसपाको आन्तरिक विवाद उत्कर्षमाः अध्यक्ष यादव अल्पमतमा, भट्टराई समूह बहुमतमा

काठमाडौ । ‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले बहुमत जुटाएका छन् ।

केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् । ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले आनाकानी गरिरहनु भएको छ ।

तर, सो मुद्दाको पक्षमा पार्टीभित्र स्पष्ट बहुमत जुटेको छ,’ असन्तुष्ट केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले न्युज कारखानासँग भने, ‘बहुमतको निर्णय मान्नु हुन्छ कि एकल रूपमा चल्नु हुन्छ ? त्यसको निर्णय गर्ने जिम्मा अब अध्यक्षज्यूको काँधमा छ ।’ उनका अनुसार बहुमतको निर्णयलाई स्वीकार गरेर अध्यक्ष यादव समावेशी र सामूहिक नेतृत्वका लागि तयार हुनुपर्नेछ ।

तर, अध्यक्ष यादवसँग असन्तुष्ट राईले अध्यक्ष यादवको विपक्षमा के कति मत छ ? भन्ने बारेमा स्पष्ट रूपमा खुलाउन भने चाहेनन् । यद्यपि, शीर्ष नेतृत्वदेखि केन्द्रीय समितिसम्म यादवको विपक्षमा मत प्रकट भने भइरहेको छ । भट्टराई निकट एक नेताका अनुसार कार्यकारिणी समितिमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका भट्टराई समूहसँग २१ र यादवको पक्षमा आठ जना छन् भने ११ जना सांसद भट्टराईको पक्षमा खुल्दा यादवलाई आठ जना सांसदले मात्र साथ दिइरहेका छन् ।

यसैगरी, केन्द्रीय समितिमा ३०४ असन्तुष्ट समूहमा खुल्दा यादव भने २०३ सदस्यले मात्र साथ दिएको भट्टराई निकट नेताले जानकारी दिए । यसैगरी, यादव एकल नेतृत्वमा रहिरहने चाहनाको विपक्षमा भट्टराईसहित अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, प्रदिप यादवलगायतका नेताहरू उभिइरहेका छन् ।

‘बहुमतको निर्णय अस्वीकार गरेको खण्डमा अध्यक्ष यादवविरुद्ध कठोर निर्णय लिन हाम्रो समूह तयार छ,’ भट्टराई निकट ती नेताले भने, ‘सामूहिक नेतृत्वमा जसपा नगई सुखै छैन । यसको संरचना नै समावेशी र समानुपातिक प्रतिनिधित्व झल्काउने हो, यो अब झल्किनुपर्छ ।’

उनका अनुसार गत आइतबार लाजिम्पाटमा बसेको शीर्ष नेताहरू यादव, भट्टराई, राई, मन्त्री यादव र राजेन्द्र श्रेष्ठसहितको सामूहिक बैठकमा ‘समावेशी र सामूहिक नेतृत्व’ स्वीकार गर्न अध्यक्ष यादवमाथि दबाब बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यादव र भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने : ठाकुर
  • २०७८ फाल्गुन ४, बुधबार २०:५४
  • In "देश"
  • जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो
  • २०७८ फाल्गुन ४, बुधबार २०:५४
  • In "देश"
  • जसपामा भाडभैलो : यादव विरुद्ध ठूलै कदम चाल्ने चेतावनी
  • २०७८ फाल्गुन ४, बुधबार २०:५४
  • In "समाचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

निर्वाचनमा कम्युनिस्टहरुलाई हराउन नयाँ कार्यक्रम

चिनियाँ ऋणको भार

विकास परियोजना बिरुद्ध नेपाल बन्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version