• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा चीनद्वारा मानवअधिकार हनन


तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा चीनद्वारा मानवअधिकार हनन

काठमाडौं ।  चीनले मानवअधिकार एक अस्तित्वगत खतराको रुपमा रहेको चित्रण गरेको छ । ह्‍युमन राइट वाचले आधारभूत कानुनमा नै आक्रमण गर्दा बेइजिङ र हङकङबीचको सम्बन्धमा नै आक्रमण भएको रुपमा चित्रण गरेका छन् । चीनको नेतृत्व सम्हालेको चिनियाँ कम्युनिस्ट पार्टी हङकङबासीहरुले उपभोग गरिरहेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र समानताबाट चिन्तित बनेको छ । त्यसको प्रभाव चीनमासमेत पर्नसक्ने त्रास चीनलाई रहेको  छ। चिनियाँ नागरिकहरुलाई त्यस्ता अधिकार दिन चीन तयार छैन ।

बल प्रयोग गरेर अधिनमा राखेका तिब्बत, सिन्जियाङ, युनान र अन्य क्षेत्रमा समेत चीनले उक्त अधिकारहरुको उपभोगमा बन्देज लगाएको छ । ह्युमन राइट वाचका कार्यकारी निर्देशक केनेथ रोथले भनेका छन्, “यदि अहिले नै कुनै चुनौतीको सामना गरिएन भने बेइजिङका पछिल्ला गतिविधिहरुले भविष्यको चित्रण गर्दछ- जसमा कोही पनि चिनियाँ सेन्सरको पहुँचभन्दा बाहिर हुँने छैन ।

र एक अन्तर्राष्ट्रिय मानव अधिकार प्रणाली यति कमजोर हुने छ कि यसले अब सरकारी दमनको जाँचमा काम गर्नेछैन ।” गत वर्ष हङकङमा सुपुर्दगी कानुन विफल भएपछि हङकङबासीलाई आफ्नो नियन्त्रणमा राख्‍नका लागि चीनले अहिले राष्ट्रिय सुरक्षा कानुन ल्याएको उनले बताएका छन् । यस कानुनले हङकङबासीलाई उनीहरुको प्रजातान्त्रिक अधिकार खोस्‍नेमात्र होइन कि बेइजिङका टिप्पणीकारहरुको कलमसमेत भाँचिनेछन् । प्रजातन्त्रका लागि आफ्ना आवाज र मागहरु अब धेरै लामो समय नटिक्ने कुरामा उनीहरु चिन्तित छन् । यी सबै चिनियाँ अधिनमा हुनेछन् । जुन सिनो-ब्रिटिश संयुक्त घोषणापत्रको विपरीतको कार्य हो ।

उक्त घोषणाअनुसार हङकङलाई उच्चस्तरको स्वायत्ता प्रदान गरिने बताइएको थियो । सन् १९९७ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले एक मुलुक दुई प्रणाली स्वीकार गरेका थिए । यद्पि, अधिकांशले यसलाई विश्वास गर्दैनन् ।

अमेरिकाले चीनद्वारा हङकङमाथि गरिने व्यवहार सिनो-अमेरिकन सम्बन्ध विपरीत हुने चेतावनी दिएको थियो । सन् २००३ देखि हङकङमा आधारभूत मानवअधिकार कानुनकोसमेत उल्लंघन गरेको छ । हङकङका लागि जारी गरिन लागेको राष्ट्रिय सुरक्षा आधारभूत कानुनको धारा २३ मा हङकङले आफ्नो भूभागको राष्ट्रिय सुरक्षाका विषयमा कुनै पनि कानुन बनाउन नपाइने प्रावधान राखिएको छ ।

यसलाई मिनि संविधानको संज्ञासमेत दिइएको  छ । यो कानुनको निर्माणका लागि हङकङको संसदलाई अवमूल्यन गर्दै चीनको नेशनल पिपुल्स कंग्रेसबाट अनुमोदन गर्न लागिएको हो । यसले एक मुलुक, दुई प्रणालीको मान्यतालाई पूर्णरुपमा खारेज गरेको छ।  अहिले चीनले हङकङमाथि लाद्‍न खोजेको राष्ट्रिय सुरक्षा कानुनको विरोधमा विश्वभरका मानवअधिकार र अधिकारवादी संघसंगठनहरुले आपत्ति जनाइरहेका छन् ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  •  इस्लामिक संरचना ध्वस्त पार्ने र अल्पसंख्यकको संस्कृतिलाई दमन गर्ने गतिविधि बढाउँदै चीन
  • २०७८ पुष ११, आईतवार २१:५७
  • In "अन्तराष्ट्रिय"
  • सिन्जियाङमा उइगरमाथि भएको नरसंहारको भियनामा फोटो प्रदर्शनी
  • २०७८ पुष ११, आईतवार २१:५७
  • In "BannerNews"
  • पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्सन
  • २०७८ पुष ११, आईतवार २१:५७
  • In "मध्य पूर्व"
Tags: #world#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरे तर ओलि किन आएनन

चिनले नेपालको पुर्वाधार क्षेत्रमा अर्वौ डलर लगानीको लागि ईच्छा बढाउदै

एडिवी कालो सूचिमा परेका चिनीया निर्माण कम्पनी पनि नेपालमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version