• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एडिवी कालो सूचिमा परेका चिनीया निर्माण कम्पनी पनि नेपालमा


एडिवी कालो सूचिमा परेका चिनीया निर्माण कम्पनी पनि नेपालमा

श्रीमननारायण
एशियाली विकास बैंकले चीनका प्रमुख तीन निर्माण कम्पनीलाई कालो सूचिमा राखेको छ । नेपालको विभिन्न पूर्वाधार निर्माणमा सक्रिय चिनीया कम्पनीहरु मध्ये चाइना सिएमसी इन्जियरिङ, नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्शन ग्रुप र चाइना हार्बर इनिजनियरिङलाई कालो सूचिमा राखिएको छ । पूर्व निर्धारित शर्तहरुको पालना नगरेको भन्दै उपरोक्त चिनिया निर्माण कम्पनीहरुलाई नेपालका प्रमुख विमानस्थलहरुको पूर्वाधार विकास आयोजनाहरुको निर्माण कार्य गर्नबाट रोक लगाउन सकिने सम्भावना रहेको छ । यस मध्ये दुई वटा निर्माण कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको क्षमता विस्तार र स्तरोन्नती करण कार्यको पूर्वाधार निर्माणको टेण्डरको छनौटमा समेत परेको छ ।
कालो सूचिमा परेका उपरोक्त तीनवटै प्रमुख निर्माण कम्पनीहरुलाई चीन सरकारकै अन्तरगतको मानिन्छ । एशियाली विकास बैँकको भ्रष्टाचार निरोधक निकायले उपरोक्त चिनीया निर्माण कम्पनीहरु माथि पूर्व निर्धारित शर्त एवं आवश्यक मापदण्डहरुको पालन गर्नमा असफल रहेको ठान्दै कालो सूचिमा राखेको छ ।
झण्डै दुई दर्जन निर्माण कम्पनीहरुले दश बिलियन नेपाली रुपैयाको ठेक्का हात पार्न आवेदन दिने तर्खरमा थिए तर त्रिभुवन अन्तररााष्ट्रिय विमानस्थलको उक्त विकास आयोजनाको निम्ती चार चिनिया कम्पनीले मात्रै ठेक्का हाले । उपरोक्त चार आकांक्षी निमार्ण कम्पनीहरु मध्ये दुईवटा त कालो सूचिमा नै परेको पाईएको छ । मनिला स्थित बहुपक्षीयकोष एजेन्सीले चाईनासिएमसि इन्जियरिङ कम्पनी र चीनकै संयुक्ततत्वावाधानको नर्थवेस्ट सिभिलएभिएसन एयरपोर्ट निर्माण कम्पनीएवं चाईनाहार्बर इन्जिनियरिङलाई कालो सूचिमा रहेको घोषित गरेको छ।
हालपोखरा अन्तरराष्ट्रिय विमान स्थलको निर्माण कार्यमा सक्रियचाइनासिएसीइन्जिनियरिङ कम्पनीलाई एशियालीविकास बैंकले सन २०२२ को अप्रील समम यस सुचिमाराखेको छ । यस कम्पनीलाई एशियालीविकास बैंकद्धारा प्रदानगरिएको अनुदानवाट पाकिस्तानमा सन्चालित एउटा परियोजनाको निमार्ण कार्यमाअनियमितता गरेको कारण कालो सूचिमा राखिएको हो । चाइनासिएमसीइनिजनियरिङ कम्पनीले पोखरा अन्तरराष्टिय विमान स्थलको निर्माणको ठेक्कापनिहातपारेको हो । मे २०१४ मा ठेक्कालिई सन २०१७को जुलाईबाट शुरु गर्ने भनिएको २१५.९६ बिलियन डलरको उक्त परियोजनाको निम्तिचीनको एक्जिम बैंकले ऋण दिएको होे । इपिसीमोडेलवाट यसको निर्माण कार्य गरिने समझौता छ । चाइनानर्थवेस्ट सिभिलएभिएसन एयरपोर्ट निर्माण कम्पनीजो हालगौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य गरिरहेको छ , सन २०१५ मा झुठो कागजात पेश गरी जालसाजी गरेको आरोपमाकालो सूचिमापारिएको छ । नेपालनागरिक उडयन प्राधिकरणले उसलाई ६.२२ बिलियनको ठेक्का सन् २०१३ को नोभेम्बरमाप्रदान गरेको थियो ।
चाइनाहार्बर इन्जिनियरिङ कम्पनीलाई सन् २०२३ सम्मको निम्तिकालो सूचिमा राख्नुको मुख्यकारण यस निर्माण कम्पनीले बंग्लादेशमा एउटा सडकको निर्माण कार्य गरिरेको बखतत्यहैका सडक यातायातमन्त्रालयका सचिवलाई सन् २०१८ मा घूस दिने प्रयास गरेको थियो । चाइनाहार्बर इन्जिनियरिङलाई बंग्लादेशको सरकारले कालो सूचिमा राखेको हो ।
उपरोक्त चिनिया निर्माण कम्पनीहरुलाई एशियाली विकास बैंकले कालो सूचिमा पार्नुको प्रमुख कारण यसले पूर्व निर्धारित शर्त एवं मापदण्डहरुको पालन नगर्नु हो । एशियाली विकास बैंकको अनुदानबाट संचालित परियोजनाहरुमा यस निर्माण कम्पनीहरुले काम गर्न पाउने छैन । जारी अवस्थामा रहेका निर्माण कार्यहरु भन्ने यसवाट प्रभावित हुने छैन । त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको ठेक्का हात पार्ने सूचिमा रहेका अन्य चिनीया कम्पनीहरुमा संयुक्त तत्वाधानको केडिएन एयरपोर्ट इन्जिनियरिङ कम्पनी र चाइना सिभिल इन्जिनियरिङ कन्सट्रक्शन कपोरेशन तथा चाइना ओभरसिज इन्जिनियरिङ समूह अथवा कोभेकहो जुनकि चाइना रेलवे गु्रपको सहायकहो तर दुर्भाग्य उपरोक्त निर्माण कम्पनीहरु पनि विवादरहीत छैनन् । संभवतः यिनै कारणहरुले होला त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको पूर्वाधार निर्माण कार्यको टेण्डर प्रकृयालाई तत्कालको निम्ति रोकिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तार तथा स्तरोन्नतिकरण कार्यक्रमको निम्ति एशियालि विकास बैंकले १० बिलियन डलरको निवेश गर्ने भएको छ । त्यसै गरी एशियाली विकास बैँक र नेपाल सरकार बीच भएको एक अन्य सम्झौता अन्तरगत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र गौतम बुद्ध विमानस्थलको क्षमता विस्तारको निम्ति एडिवीले नेपाललाई १५० बिलियन डलरको सहुलियतपूर्ण ऋण प्रदान गरेको छ ।
अव नेपाल नागरिक उडयन प्राधिकरणले एशियाली विकास बैंकलाई विश्वासमा लिई छनोटमा परेका अन्य दुई चिनिया निर्माण कम्पनीहरुलाई ठेक्कादिने विषयमा वार्ता प्रकृया अगाडि बढाउने छ । एशियाली विकास बैंकले आपत्ति नजनाएको खण्डमा कम मुल्यमा ठेक्का सकार गर्ने निर्माण कम्पनीलाई यसको जिम्मेवारी दिईने छ । सन् २०२१ को अक्टोबर २१ बाट नै प्राराम्भ हुने भनिएको यो निर्माण कार्य अब ढिलोबाट शुरु हुने प्रायः निश्चित नै छ ।
कथमकदाचित एशियाली विकास बैंकले आÇनो लगानीको निर्माण कार्यमा सहभागी हुनबाट यदि कालो सूचिमा पारिएका चिनिया निर्माण कम्पनीलाई बंचित गर्न कडा सन्देश जारी गर्दछ भने नेपालले पनि सोही अनुसार उक्त चिनिया निर्मार्ण कम्पनीहरुलाई सहभागी गराउन सक्ने छैन र त्यस्तो परिस्थिमा नेपालले पनि ति चिनिया निर्माण कम्पनीहरुलाई कालो सुचिमा राख्न बाध्य हुनेछ । छनौटमा परेका चार चिनिया निर्माण कम्पनीहरु मध्ये २ वटा कालो सूचिमा परेपछि दुई चिनिया कम्पनी मात्रै टेण्डर प्रकृयामा सहभागी हुन पाउने छ जवकि टेण्डर प्रकृयाको अन्तिम निर्णय गर्न कम्तिमा पनि तीन कम्पनी प्रति स्पर्धामा हुनु आवशयक मानिन्छ । एशियाली विकास बैंकले निर्धारण गर्ने मापडण्ड महत्वपूर्ण सावित हुनेछ । नेपाल नागरिक उडयन प्राधिकरणले यस विषयमा आवश्यक पहल गर्नेछ । नेपालका कतिपय राजनितीक दलहरु सरकारको नेतृत्व गरिरहेका बेला चिनिया कम्पनीहरुलाई टेण्डर प्रदान गर्न व्यग्र देखिन्छन । चिनियाहरु पनि नेपालका कतिपय राजनीतहिरुको यस मनोवृतिबाट अवगत नै रहेका हुन्छन् । चिनिया निर्माण कम्पनीहरु सुरुमा कम पैसामा टेण्डर स्वीकार गर्दछन र पछि गएर समय बढाउदै थप रकमको माग गर्दछन । एडीवीद्धारा कालो सूचिमा पारिएका चिनीया निमार्ण कम्पनीहरुलाई टेण्डर प्रकृयामा सहभागी नै गराउनु हुदैन्थ्यो । यसले नेपालको अन्तराष्ट्रिय छवि र विश्वसनियता माथि समेत असर पार्न सक्नेछ । नेपालका कतिपय राजनीतिक दलहरु, विज्ञहरु र केही कर्मचारीमा देखिएको चिनिया मोहले देशको ठुलो अहित गर्न सक्ने सम्भावनालाई खारेज गर्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • “चिनीया लगानी, निर्माण र हस्तक्षेपकारी भुमिका”
  • २०७८ पुष १३, मंगलवार १२:३६
  • In "देश"
  • चिनियाँसहित ४ कम्पनी सरकारको कालोसूचीमा
  • २०७८ पुष १३, मंगलवार १२:३६
  • In "देश"
  • चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरे
  • २०७८ पुष १३, मंगलवार १२:३६
  • In "BannerNews"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानले एतिहासिक रक्षा बजेटलाई स्वीकृति प्रदान

प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन् : महासचिव वैद्स

रासायनिक मलको लागि झापाको युवकहरुले साँकेतिक प्रदर्शनमा उत्रिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version