• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा


इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

काठमाडौं । इरानमा भइरहेको युद्धको बाछिटा अब कन्डोम उद्योगसम्म आइपुगेको छ। कन्डोम उत्पादनमा प्रयोग हुने पेट्रो-केमिकल उत्पादनहरू, जस्तै अमोनिया र सिलिकन आयलको आपूर्तिमा अवरोध आएका कारण अब यसको मूल्य बढ्ने चर्चा सुरु भएको छ।

यसको सीधा असर खुद्रा बिक्रीमा पनि देखिन सक्ने अनुमान गरिएको छ। भारतको ८ हजार करोड रुपैयाँभन्दा ठूलो यो उद्योगका सप्लायरहरूका अनुसार अमोनियाको मूल्य ४० देखि ५० प्रतिशतसम्म बढ्न सक्छ, जसले गर्दा सिलिकन आयलको मूल्य पनि अकासिने देखिन्छ।

उद्योगसँग जोडिएका एक अधिकारीले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, “कसैले पनि यो उद्योगमा यस्तो समस्या आउला भनेर सोचेका थिएनन्, किनभने कन्डोम अहिले एउटा लाइफस्टाइल प्रोडक्ट बनिसकेको छ र यसको व्यापारमा आउने उतारचढावले मानिसहरूलाई असर पार्छ।”

कन्डोम बनाउँदा लेटेक्सलाई स्थिर राख्न र प्रोटिन हटाउन अमोनिया प्रयोग गरिन्छ भने लुब्रिकेन्टका रूपमा सिलिकन आयलको कोटिङ गरिन्छ। तर, समस्या कच्चा पदार्थको मूल्य वृद्धिमा मात्र सीमित छैन। जनसंख्या र स्वास्थ्य अध्ययनमा लागेका विज्ञहरूका लागि पनि यो चिन्ताको विषय बनेको छ।

पपुलेसन फाउन्डेसन अफ इन्डियाकी कार्यकारी निर्देशक पुनम मुत्रेजाका अनुसार गर्भनिरोधक साधनको सहज पहुँच स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण छ। यदि कन्डोमको मूल्य बढ्यो वा अभाव भयो भने नचाहेको गर्भधारणका घटनाहरू बढ्न सक्छन्, जसको मार विशेषगरी युवा र कम आय भएका समूहमा पर्न सक्छ।

सरकारी स्वामित्वको कम्पनी एचएलएल लाइफ केयर लिमिटेड, जसले भारतको कुल कन्डोम उत्पादनको करिब ५० प्रतिशत हिस्सा ओगट्छ, उसले पनि उत्पादन र अर्डर पूरा गर्न गाह्रो भइरहेको बताएको छ।

युद्धका कारण सिपिङ कन्टेनरको अभाव भएको छ र समुद्री मार्गमा ढुवानी गर्न लाग्ने समय पनि बढेको छ। ‘होर्मुज स्ट्रेट’ बाट ठूला जहाजको आवतजावत रोकिएकाले ‘केप अफ गुड होप’ भएर जाँदा १५ देखि २० दिन बढी समय लाग्न थालेको छ। यसले गर्दा सामानहरू विदेश पठाउन ढिलाइ भइरहेको छ।

कन्डोम मात्र होइन, औषधि उद्योगमा पनि यस्तै अनिश्चितता देखिएको छ। धेरैजसो औषधि बनाउन पेट्रोकेमिकल्सको आवश्यकता पर्छ। इन्डियन ड्रग म्यानुफ्याक्चरर्स एसोसिएसनका अनुसार अहिले बजारमा अभाव हुने डरले गर्दा मूल्य बढिरहेको छ।

उद्योगका अधिकारीहरू अहिले यो युद्ध जतिसक्दो चाँडो सकियोस् भन्ने चाहन्छन्। नेशनल फेमिली हेल्थ सर्भेका अनुसार भारतमा अहिले पनि करिब ९ प्रतिशत विवाहित जोडीले मात्र कन्डोम प्रयोग गर्छन्। यस्तो अवस्थामा मूल्य बढ्नुले परिवार नियोजन र एड्स नियन्त्रण जस्ता स्वास्थ्य कार्यक्रमहरूमा ठूलो धक्का लाग्न सक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सुन महँगिँदा चाँदीतर्फ लगानीकर्ताको आकर्षण बढ्यो
  • २०८२ चैत्र २१, शनिबार २१:५४
  • In "BannerNews"
  • गधाले बलियो बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध
  • २०८२ चैत्र २१, शनिबार २१:५४
  • In "अन्तराष्ट्रिय"
  • उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?
  • २०८२ चैत्र २१, शनिबार २१:५४
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

लहान–१८ मा हरियाली अभियान: जन्मदिनलाई समाजसेवामा रूपान्तरण

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version