• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?


उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ?

काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य कुन कम्पनीको होला ? अंकित मूल्य एक सय रुपैयाँ रहेको सेयर मूल्य कति प्रतिशतले बढेर कति पुग्यो होला ? २७ फागुनको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारको सबैभन्दा धेरै मूल्य हुने कम्पनी युनिलिभर नेपाल लिमिटेड हो । यो कम्पनीको सेयर मूल्य १९ हजार १ सय ८४ रुपैयाँ रहेको छ । यो नै सबैभन्दा धेरै महँगो सेयर मूल्य हो ।

बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने नेपाली सेयर बजारमा १० हजार रुपैयाँ भन्दा बढी सेयर मूल्य भएका तीन कम्पनीहरु छन् भने पाँच हजार रुपैयाँ भन्दा बढी प्रतिकित्ता सेयर मूल्य हुने एक र ४ हजार भन्दा माथि हुने २ वटा कम्पनी रहेका छन् । यी कम्पनीहरुको सेयर मूल्य यति धेरै बढ्नुको कारण लाभांश नै हो ।

उच्च लाभांश दिइरहेका कारण पनि यी कम्पनीहरुको सेयर मूल्य अत्यधिक छ । तर यहाँ बद्नाम कम्पनी राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य पनि उच्च नै छ । संस्थागत सुशासन राम्रो नभएको र नियामकीय नीति समेत पालना नगर्ने राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य बढ्नुको कारण भने लामो समयदेखि रोकिएको लाभांश हो । त्योभन्दा पहिले नेपालको सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी र तीनले दिएका पछिल्ला वर्षहरुको लाभांशबारे चर्चा गरौंः

युनिलिभर नेपाल

अहिले नेपाली सेयर बजारको सबैभन्दा धेरै सेयर मूल्य भएको युनिलिभरको गत मंगलबार अगाडिसम्म २० हजारभन्दा माथि मूल्य थियो । बुधबार घटेर १९ हजार १ सय ८४ मा झरेको छ । अझै पनि यो बजारकै सबैभन्दा महँगो सेयर हो ।

यसको सेयर मूल्य आकासिनुको कारण कम्पनीले कमाउने मुनाफा र लगानीकर्तालाई दिने लाभांश नै हो । गत आर्थिक वर्षको मुनाफाबाट मात्रै युनिलिभरले एक कित्ता बराबर एक सय रुपैयाँ नै नगद लाभांश दिएको छ । गत १६ मंसिरमा बसेको साधारण सभाले शतप्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको थियो ।

तर लगानीकर्ताहरुले यस वर्ष पाएको लाभांश विगतका वर्षहरुको तुलनामा धेरै कम हो । कोरोनाका कारण भएको लकडाउनले यस कम्पनीको आम्दानीमा ह्रास आएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले लगानीकर्ताहरुलाई ७७० प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसभन्दा अगाडि २०७४/७५ मा ७ सय प्रतिशत र २०७३/७४ मा भने १ हजार २ सय ७० प्रतिशत लाभांश खुवाएको थियो । २०७२/७३ मा पनि युनिलिभरले १०२० प्रतिशत नगद लाभांश खुवाएको थियो । लगानीकर्ताहरुलाई आकर्षक लाभांश दिने भएकाले यस कम्पनीको माग उच्च र आपूर्ति कम भएका कारण सेयर मूल्य आकासिएको जानकारहरु बताउँछन् ।

राष्ट्रिय बिमा कम्पनी

सेयर मूल्य धेरै हुनेको दोस्रो नम्बरमा राष्ट्रिय बिमा कम्पनी देखिएको छ । २७ फागुनसम्मको मूल्य अनुसार हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । यो कम्पनी भने पारदर्शी छैन । लामो समयसम्म साधारणसभा तथा लेखापरीक्षण समेत नगराएको यस कम्पनीले आर्थिक वर्ष २०६२/६३ मा ६ प्रतिशत नगद लाभांश र ११४.२७ प्रतिशत बोनस सेयर दिएको थियो । त्यसबाहेकका वर्षहरुमा लाभांश दिएको रेकर्ड भेटिदैन ।

एक पटक आफूखुसी लाभांश दिने बताए पनि साधारण सभा तथा लेखापरीक्षण केही पनि नभएको भन्दै बिमा समितिले रोकिदिएको थियो । लामो समयदेखि साधारणसभा तथा लेखा परीक्षण नगराएका कारण बद्नाम बनेको यस कम्पनीको सेयर मूल्य भने बढिरहेको छ । यसले गर्न बाँकी सबै वर्षहरुको लेखापरीक्षण र साधारणसभा गराउने हो भने एकै पटक धेरै लाभांश दिन सक्छ । कतै साधारणसभा गराइहाल्छ कि भनेर लगानीकर्ताहरु सेयर किन्न झुम्मिएका कारण बद्नाम भए पनि कम्पनीको सेयर मूल्य भने उच्च छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन

सेयर मूल्यका आधारमा तेस्रो नम्बरमा साल्ट ट्रेडिङ कर्पोरेशन रहेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ११ हजार १ सय ९९ रुपैयाँ रहेको छ । यसले पनि लगानीकर्ताहरुलाई ठिकै प्रतिफल दिइरहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट यस कम्पनीले लगानीकर्ताहरुलाई नगद १० प्रतिशत र २५ प्रतिशत बोनस लाभांश गरी ३५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसघि पनि यस कम्पनीले २०७३/७४ मा नगद १० प्रतिशत र २५ प्रतिशत बोनस लाभांश गरी ३५ प्रतिशत, २०७२/७३ मा नगद ५ प्रतिशत र २० प्रतिशत बोनस लाभांश गरी २५ प्रतिशत लाभांश दिएको थियो ।

बोटलर्स नेपाल (तराई) लिमिटेड

सेयर मूल्य धेरै हुनेको चौथो नम्बरमा बोटलर्स नेपाल (तराई) लिमिटेड देखिएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ हजार १९ रुपैयाँ रहेको छ । यस कम्पनीले पनि लाभांश राम्रै दिदै आएको छ । आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत नगद लाभांश दिएको यस कम्पनीले २०७४/७५ मा पनि ४० प्रतिशत नै दिएको थियो । त्यसअघिका वर्षहरु २०७३/७४, २०७२/७३ र २०७१/७२ मा पनि यस कम्पनीले २५ प्रतिशतका दरले नगद लाभांश दिएको थियो ।

नागरिक लगानी कोष

सेयर मूल्यका आधारमा पाँचौ नम्बरमा नागरिक लगानी कोष देखिएको छ । कोषको सेयर मूल्य प्रतिकित्ता ४ हजार २ सय ९५ रुपैयाँ रहेको छ । कोषले यसपालि ८२ दशमलव ८२ प्रतिशत हकप्रद सेयर दिएको छ । अघिल्लो कोषले १.१६ प्रतिशत नगद, २२ प्रतिशत बोनस सेयर र १ बराबर ०.८२८४ अनुपातमा हकप्रद सेयर दिएको थियो ।

त्यसअघिको वर्ष २०७४/७५ मा १ं१६ प्रतिशत नगद र २२ प्रतिशत नै बोनस सेयर दिएको कोषले २०७३/७४ मा १.१५ प्रतिशत नगद र २२ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस अघिका वर्षहरुमा पनि कोषले लगानीकर्ताहरुलाई यही अनुपातमा लाभांश दिँदै आएको छ ।

हिमालय डिस्टिलरी लिमिटेड

सेयर मूल्यका आधारमा छैठौं नम्बरमा हिमालय डिस्टिलरी देखिएको छ । यसको सेयर मूल्य ४ हजार ८० रुपैयाँ रहेको छ । यस कम्पनीको सेयर मूल्य धेरै हुनुमा यसले दिने प्रतिफल नै भएको जानकारहरु बताउँछन् । यस कम्पनीले यस वर्ष नगद ५० प्रतिशत र बोनस सेयर ५० प्रतिशत गरी शतप्रतिशत लाभांश दिएको थियो ।

२०७५/७६ मा यसले ६८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिएको थियो भने त्यसअघि ५२.६३ प्रतिशत नगद र ५० प्रतिशत बोनस सेयर गरी १०२ दशमलव ६३ प्रतिशत लाभांश खुवाएको थियो ।

‘प्रतिफल दिनसक्ने सम्भावना नै प्रमुख कारण’

सेयरको मूल्य कुनै एक व्यक्ति, संस्था वा सम्बन्धित कम्पनीले तोक्ने होइन । अर्थशास्त्रको माग र आपूर्तिको नियम सेयर बजारमा लागू हुन्छ । अर्थात माग धेरै भयो तर आपूर्ति कम भयो भने सेयर मूल्य बढ्छ । यसको ठिक विपरीत, माग भएन तर आपूर्ति धेरै छ भने सेयर मूल्य घट्छ ।

तर माग बढ्न वा घट्नका लागि पनि केही कारणहरु भने हुनुपर्छ । सेयरको माग र आपूर्तिलाई विभिन्न तत्वले प्रभाव पार्छन् । जसका कारण कुनै कम्पनीको सेयरका लागि बढी माग वा कुनै कम्पनीको कम माग हुन्छ । बढी माग हुनका लागि त्यो कम्पनीले कति प्रतिफल दिन्छ भन्ने कुरामा निर्भर हुन्छ ।

अहिले उच्च सेयर मूल्य देखिएका कम्पनीहरुको पनि प्रतिफल दिनसक्ने क्षमताका कारण नै मूल्य धेरै भएको सेयर बजारका जानकारहरु बताउँछन् । पुराना सेयर लगानीकर्ता डमरुबल्लव घिमिरे भन्छन्, ‘प्रतिफलका लागि लगानी गर्ने हो, प्रतिफल यो कम्पनीले दिन्छ भन्ने भएपछि माग बढ्छ, सेयर किन्ने धेरै भए पछि मूल्य बढ्ने नै भइहाल्यो ।’

अहिले धेरै सेयर मूल्य भएको युनिलिभरको १२ करोड रुपैयाँमात्रै सेयर पुँजी छ । रिजर्भ कोष र जगेडामा भने निकै ठूलो रकम भएका कारण यसको माग धेरै हुने र आपूर्ति कम हुने भएका कारण पनि यसको सेयर मूल्य धेरै भएको उनी बताउँछन् ।

राष्ट्रिय बिमा कम्पनीको पनि सम्पत्ति धेरै र कम्पनी लिक्विडेसनमा गयो भने पनि लगानीकर्तालाई खासै समस्या नहुने भएका कारण लगानीकर्ताहरुले यस कम्पनीको सेयर किन्ने गरेको उनी बताउँछन् । ‘साल्ट ट्रेडिङको केही वर्ष अघिसम्म ३–४ सय रुपैयाँ थियो, अहिले यति धेरै पुग्नुको कारण भनेको प्रतिफल हो, फेरि सम्पत्ति पनि उस्तै छ,’ उनले भने, ‘धेरै ठाउँमा सम्पत्तिहरु छ, लाभांश राम्रो दिन सक्ने हैसियत राख्छन् अनि त मूल्य बढ्ने भइहाल्यो नि ।’

तर केही कम्पनीहरुकोे सेयर मूल्य भने अस्वाभाविक रुपले बढिरहेको उनी बताउँछन् । यसले आफूलाई नै अचम्म लागेको बताउँछन् । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य बढ्नु पर्ने अहिले खास कारण नभए पनि बढिरहेको उनको भनाइ छ । अन्य केही कम्पनीहरुको पनि बढ्नु पर्ने आधारभूत कारण नभई बढेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:१८
  • In "देश"
  • नेप्से परिसूचक १५ अंकले बढ्याे, १५ कम्पनीको सेयर ‘सर्किट’ नजिक कारोबार
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:१८
  • In "देश"
  • साप्ताहिक समीक्षा : बैंकिङमा क्षेत्रले चम्कायो सेयर बजार !
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:१८
  • In "देश"
Tags: #आर्थिक#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

महन्थ ठाकुरलाई प्रश्न : प्रधानमन्त्रीमा तपाईंको नाम चर्चामा छ नि ?

प्रदेश २ : भोज खान गएका शहीद १८ दिनपछि मृत फेला

मिथिला मध्यमिकी परिक्रमाका सम्पूर्ण विश्रामस्थलमा मासुमदिरा बिक्रीवितरणमा रोक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version