No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतमा आतंकवादी गतिविधिका लागि नेपाल ट्रान्जिट पोइन्ट बन्दै, तीन आतंकवादी पक्राउ

भारतमा आतंकवादी गतिविधिका लागि नेपाल ट्रान्जिट पोइन्ट बन्दै, तीन आतंकवादी पक्राउ

काठमाडौं ।  पछिल्लो केही दशकयता नेपाल विदेशीले खेल्ने अखाड़ा बन्दै गएको पर्याप्त खबरहरु बाहिरिने गरेको छ । दक्षिण एशिया को गर्भगृह मानिने नेपाल दुई ठुला शक्ति राष्ट्रका बिचमा भएकाले पनि प्राथमिकतामा पर्ने गरेको छ । राज्य संस्थाको अवसान र धर्मनिरपेक्ष घोषणा पनि विदेशी शक्तिकै प्रभावमा भएको कुरा धेरैले स्विकारेका छन । विभिन्न पार्टीहरुमा विदेशी राष्ट्रको लगानी रहेको कुरो वेलाको वोली नै भएको हो । राजनैतिक संक्रमणको मौका छोपी कैयों देशहरुले आफ्नो उपस्थिति मजबुत गर्दै गएको कुरो सर्वव्यापक नै छ । यहिबिच विश्वमा शक्तिशाली रुपमा उदाईसकेको उत्तरी छिमेकी चीन र शक्तिराष्ट्र बन्न प्रयत्नशील भारतका बिचमा नेपाल सदियौं देखी पुलको काम गर्दै आएको छ । तर अहिले आएर यी दुई विशाल छिमेकीहरुबिच द्वन्द्व श्रृजनाका लागि पनि यस पवित्र भूमिलाई दुरुपयोग गर्ने प्रयासहरु भएका छन् ।

त्यो भन्दा पनि बेसी नेपाल लाई भारत संगको मित्रता भंग गरी भारतकमक्ष नया चुनौती पेश गर्ने मनसाय बोकेका तत्वहरु पनि देशभित्र सक्रिय भैसकेका छन । भारतमा हुने गरेको ठुला आतंकवादी कृयाकलापमा नेपाली भूमिको दुरुपयोग का प्रयासहरु पहिले पनि भएकै हो, अहिले तिनलाई झन सजिलो भएको छ । नेपाल भारत खुल्ला सिमानाका कारण सुरक्षाका अनेकन चुनौतीहरु देखा परेका छन । नेपालमा कैयौं पल्ट अफगानिस्तानी, पाकिस्तानी, बांगलादेशी, र भारतीय नागरिक पनि अवैद्ध प्रवेश गरि आतंकवादी क्रियाकलापमा संलग्नताको पुष्टि हुँदै आएको छ । त्रिभुवन विमानस्थलबाट भएको एकमात्र विमान अपहरण पनि भारतलाई लक्षित गरि नेपाली भूमीको दुरुपयोग हुने गरेको षड्यन्त्र को गवाह छन । भारतमा घुसपैठका अन्य प्रयासहरु बिफल भएपछि सजिलै भारत प्रवेशका लागि नेपाल भारत खुल्ला सिमानाको प्रयाग हुंदै आएको सम्बन्धी रिपोर्टहरु पनि सार्वजनिक भएकै हो । यहिबिच नेपाल प्रहरी द्धारा अर्को नया खुलासा भएको छ । त्रिभुवन विमानस्थलमा पक्राउ परेका हत्या आरोपी तीन भारतीयलाई नेपाल प्रहरीका केही अधिकारीले गुपचुप भारतलाई बुझाएको खुलेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नमराज भट्टराई नेतृत्वको टोलीले मोहम्मद नुर (पासपोर्ट नम्बर एन ३६१९७०१), मोद रसाद (पासपोर्ट नम्बर आर ४७८७६५५०) र यासिर अरफत (पासपोर्ट नम्बर टी ५१९३११५)लाई ५ कात्तिकमा विमानस्थलबाट निस्किएलगत्तै पक्राउ गरेको थियो । उनीहरू संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा विमानस्थल हुँदै नेपाल आएका थिए । तिनिहरुले जम्मु कश्मिरको विभिन्न आतंकवादी घटनामा संलग्न तथा त्यहाँका प्रहरीहरुको हत्यामा संलग्नता रहेको बताइएको छ ।

यस घटनाले पनि भारत बिरुद्ध नेपाली भूमिको सजिलै दुरुपयोग को घटनालाई उजागर गरेको हो । नीतिगत रुपमा माथिल्लो निकायलाई जानकारी नगराई ति आतंकवादीहरुको सुपुदर्गी को बिषयमा गृह मंत्रालयले छानविन थालेको छ । त्यसपछि घटनाको रहस्य खुलेको खबर छ ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई नै जानकारी नगराई उनीहरूलाई भारत पुर्याएर प्रहरीको जिम्मा लगाइएको थियो । नुरको घर चन्डिगढ तथा रसिद र अरफतको जम्मु–कस्मिर हो ।

अध्यागमन विभागबाट प्राप्त विवरणअनुसार उनीहरू ५ कात्तिकको साँझ काठमाडौं आएका थिए । अग्रिम रूपमा होटेल बुकिङ र सम्पर्क व्यक्तिको नामसमेत खुलाएर नेपाल आएका थिए । घटना थाहा पाएपछि मन्त्रालयले छानबिन गरी प्रतिवेदन बुझाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयले एक डिआइजीको नेतृत्वमा छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । ‘मन्त्रीज्यूले यसमा संलग्न प्रहरीलाई कस्तो कारबाही गर्ने भन्नेमा आन्तरिक छलफल गरिरहनुभएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
चीनको कर्तुत: ८ लाख तिब्बती बालबालिकालाई अभिभावकबाट गर्यो अलग

चीनको कर्तुत: ८ लाख तिब्बती बालबालिकालाई अभिभावकबाट गर्यो अलग

जनमतको आमहडतालमा प्रहरीद्धारा ब्यापक दमन,दर्जनौ गाडी तोडफोड तथा आगजनी, १२ जना कार्यकर्ता पक्राउ

जनमतको आमहडतालमा प्रहरीद्धारा ब्यापक दमन,दर्जनौ गाडी तोडफोड तथा आगजनी, १२ जना कार्यकर्ता पक्राउ

कृषकका मुद्दालाइ उठान गर्दै झापाको सुरुङ्गामा दवावमुलक कार्यक्रम

कृषकका मुद्दालाइ उठान गर्दै झापाको सुरुङ्गामा दवावमुलक कार्यक्रम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .