• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शेखरलाई भारतको साथ, यस्ता छन् कारण


शेखरलाई भारतको साथ, यस्ता छन् कारण

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। पहिलो चरणमा सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७३, विमलेन्द्र निधिले २७४ र कल्याण गुरुङले २० मत ल्याएका हुन्। उनीहरुले ल्याएको मत ५० प्रतिशतभन्दा बढी नपुगेका कारण मंगलबार नै दोस्रो चरणको निर्वाचन हुने भएको हो।

दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याएका पहिलो दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो। दोस्रो चरणमा सभापतिमा देउवासँग कोइरालाले प्रतिस्पर्धा गर्न लागेका हुन्। देउवालाई पराजित गर्न सकेको अवस्थामा पार्टीको विरासत फेरि कोइराला परिवारमा नै फर्काएको जस शेखरलाई जाने भएको हो। पहिलो चरणदेखि नै शेखरलाई भारतको बलियो साथ रहेको छ।

भारतको साथ शेखरलाई हुने कारणहरु

शेखरको विरासत र भारतको भरोसा

शेखरलाई भारतको साथ रहनुको मुख्य कारण कोइराला परिवारको लिगेसी नै रहेको छ। लामो समय नेपालमा प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारले ठूलो योगदान दिएका छन्। नेपालमा राणा र राजाविरुद्ध विद्रोह गरेका बीपी कोइरालादेखि शेखर कोइरालासम्म सबै नेताहरु भारतमा बसेका थिए। उनीहरुलाई त्यस समयमा पनि भारतले ठूलो सहयोग गरेको थियो। त्यसैगरी कोइरालाप्रति र विशेषगरी पछिल्लो समय शेखरप्रति भारतको भरोसा पनि बढ्दो रहेको छ। भारतमा नै अध्ययन गरेका शेखरले पञ्चायतविरुद्धको आन्दोलनमा बीपी र तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्र शेखरबीच पत्र आदानप्रदान गर्ने व्यक्ति नै शेखर कोइराला थिए। त्यसैगरी २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनामा मात्र नभई शान्ति प्रक्रियाका क्रममा समेत प्रचण्डलाई भेट्न गिरिजाप्रसादलाई भारत पुर्याउने पात्र पनि शेखर नै थिए।

हिन्दु राज्य

भारतले नेपाललाई हिन्दु राज्य मुलक घोषणा होस् भन्ने चाहन्छ। यसअघि उत्तर प्रदेशका मुख्यमन्त्ती योगी आदित्यनाथले त नेपाल हिन्दु राज्य घोषणा भएको हेर्न चाहेको भन्दै अभिव्यक्ति दिएका थिए। यसअघि भारतका विभिन्न नेताहरुले पनि नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने सुझाएका थिए। नेपाल हिन्दु राज्य बन्दा विश्वमा नेपालको छुट्टै शान र गौरव हुने आँकलन भारतले गरेको छ। यसका लागि उपयुक्त पात्र भनेको शेखर कोइराला उपयुक्त पात्र हुन्। शेखरले नेपालको संविधान संशोधन गर्दै धर निरपेक्षता भन्ने शब्दावली हटाउनुपर्ने बताइरहेका छन्।
उनलाई हिन्दु राज्यका पक्षधर अर्का बलियो व्यक्ति शशांक कोइरालाको पनि साथ रहेको छ। जसका कारण भारतले नेपाललाई हिन्दु राज्यको अभियानतर्फ अघि बढाउन शेखर उपयुक्त पात्र भएको आँकलनसहित भारतले शेखरलाई सहयोग गर्न लागेको हो।

सीमाको प्रसंग

नेपालले यसअघि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्साप्रति भारत सरकारले विरोध जनाएको थियो। लामो समयदेखि भारतीय सेना बस्दै आएकोले उक्त भूमिलाई नेपालले आफ्नो दाबी गदै ओली नेतृत्वको सरकारको समयमा नक्सा पारित गरेपछि भारत आक्रोशितसमेत बनेको हो। त्यस समयमा नेपाली कांग्रेसले पनि ओलीको नयाँ नक्सा जारी गर्ने निर्णयमा समर्थन गरेको थियो। तर, डा. कोइरालाले भने त्यो कुराको पार्टीभित्रै विरोध गरेका थिए। उनले नेपालले उक्त नक्सा जारी गर्दा भारत सरकारलाई सोध्नुपर्नेसमेत बताएका थिए।
उनको उक्त अडानलाई भारतीय पक्षले नोटिस गरेको थियो। विरासतको राजनीति र नेपाल भारत सम्बन्धका विषयमा बुझेका शेखरलाई सभापति बनाउँदा सहज हुने आँकलनसहित भारत सरकारले सहयोग गरिरहेको छ।

अमेरिकासहित पश्चिमाको लबिङमा देउवा

शेखरलाई भारतीय पक्षले रोज्नुको अर्को मुख्य कारण भनेको शेरबहादुर देउवा अमेरिकासहित पश्चिमा मुलुकहरुको लबिङमा अघि बढ्नु रहेको छ। देउवालाई भारतीय पक्षले सुरुदेखि नै नरुचाउने भएकोले १४ औं महाधिवेशनमा देउवालाई रोक्नका लागि विभिन्न प्रयासहरु गरिएका थिए। देउवाले भारतीय पक्षको कुरा नसुनेको आरोपसमेत लाग्ने गरेको छ। जसका कारण दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका दुईजनामध्ये पहिलो रोजाइमा शेखर परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा
  • २०७८ मंसिर २८, मंगलवार १३:५५
  • In "BannerNews"
  • देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो
  • २०७८ मंसिर २८, मंगलवार १३:५५
  • In "BannerNews"
  • शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित
  • २०७८ मंसिर २८, मंगलवार १३:५५
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

यसरी आउँदै छ प्रदेश २ को मत शेखरको पक्षमा

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version