• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ


ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गरेका छन्।

प्रचण्डसँगको साँठगाँठकै कारण ज्ञानेन्द्रले माघ १९ को दिन शासनसत्ता हातमा लिएको ओलीको दाबी छ ।

मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई बुधबार ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उपद्रव भएको थियो ।’

‘बाहिर राष्ट्रियताको कुरा, भित्र प्रतिक्रियावादीसँग साँठगाँठ’

त्यसपछि ज्ञानेन्द्र र प्रचण्डका बीचमा पाँच बुँदे सहमति भएको बताउँदै ओलीले भने, ‘के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ?’

त्यही सहमतिपछि ज्ञानेन्द्रले रोल्पा, रुकुम जिल्लामा समेत अभिनन्दन कार्यक्रम गरेको ओलीको दाबी छ । ‘लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइलो टेक्न नसक्ने, नेताहरु जान नपाउने, त्यहाँ भएका नेता मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत गर्ने,’ ओलीले भने ।

उनले अगाडि भने, ‘यहीं काठमाडौंमा हामीले देख्यौं, थापाथलीदेखि हिंडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्नेहरु ? कसरी युवाशक्तिलाई दुरुपयोग गरियाथ्यो ? कसरी गुमराहमा पारिएको थियो ?’

प्रचण्डले बाहिर क्रान्ति र राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गरेको ओलीले आरोप लगाए । त्यसको शिकार नेपाल भएको र त्यसको मार अहिले आफूहरुले खाइरहेको ओलीले बताए ।

‘बाहिर क्रान्तिको कुरा, बाहिर राष्ट्रियताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठ,’ ओलीले भने, ‘यसको शिकार नेपाल हुने गर्यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओली र प्रचण्डबीच बालकोटमै यसरी भयो खटपट, दायाँबायाँ गरे देखाइदिने चेतावनी
  • २०७८ मंसिर २९, बुधबार १५:२८
  • In "BannerNews"
  • देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने प्रचण्डको सहमति
  • २०७८ मंसिर २९, बुधबार १५:२८
  • In "BannerNews"
  • आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी
  • २०७८ मंसिर २९, बुधबार १५:२८
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

कक्षा १२ नतिजा विवाद : १५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका भारतीय क्याप्टेनको निधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version