No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतलाई प्रतियुनिट ४.२० रुपैयाँमा बिजुली, सेवाशुल्क १८ प्रतिशत

भारतलाई प्रतियुनिट ४.२० रुपैयाँमा बिजुली, सेवाशुल्क १८ प्रतिशत

काठमाडौँ — नेपालले भारतीय बजारमा बिजुली बेच्दा कुल कारोबार रकमको १८ प्रतिशतसम्म विभिन्न सेवा शुल्कका रूपमा खर्च हुने गरेको देखिएको छ । पछिल्लो एक महिनामा भारतलाई १३ करोड ९२ लाख ६३ हजार रुपैयाँ बराबरको बिजुली बेचिएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ । यसमध्ये सेवा शुल्कमा मात्र २ करोड १० लाख ७२ हजार रुपैयाँ खर्च भएको हो । करिडोर चार्ज (ह्विलिङ चार्ज), पावर एक्सचेन्ज चार्ज र मध्यस्थकर्ता कम्पनीलाई तिर्नुपर्ने शुल्क गरी उक्त रकम खर्च भएको प्राधिकरणले जनाएको छ ।

भारतीय एक्सजेन्ज मार्केटमा कारोबार अनुमति पाएयता प्राधिकरणले कात्तिक १७ देखि मंसिर १६ सम्म १३ करोड ९२ लाख ६३ हजार रुपैयाँ बराबरको बिजुली बेचेको छ । विभिन्न सेवाशुल्क कटौतीपछिको वास्तविक कारोबार रकम भने ११ करोड ८१ लाख ८३ हजार रुपैयाँ मात्रै हो । प्राधिकरणले भारतलाई बिजुली बेचेर गरेको वास्तविक नाफा हो यो । अहिले २४ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईईएक्स) मार्फत भारतीय बजारमा बिक्री भइरहेको छ ।

करिडोर चार्जका रूपमा विभिन्न कम्पनीलाई शुल्क तिर्नुपर्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । भारतसँग पछिल्लो १ महिनाको विद्युत् व्यापारमा मात्र प्राधिकरणले १ करोड ९३ लाख ९५ हजार रुपैयाँ करिडोर चार्ज तिरेको छ । नेपालले भारतलाई बिजुली पठाउँदा प्रयोग हुने ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमा नेपाल र भारतका दुई कम्पनीको संयुक्त स्वामित्व छ ।

‘ढल्केबर–मुजफ्फरपुर लाइनको ह्विलिङ चार्ज नेपाल स्वामित्वको पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएनएल) र भारतको स्वामित्वको क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) ले आआफ्नो हिस्साअनुसार पाउँछन्,’ भट्टराईले भने, ‘यो प्रसारणलाइनभन्दा बाहिर पनि बिजुली बेच्ने हो भने अर्कैलाई शुल्क तिर्नुपर्छ ।’ कुनै एक बिन्दुबाट बेचिएको बिजुली जुन ठाउँमा पुगेर खपत हुन्छ, त्यहाँसम्म पुर्‍याउन प्रयोग हुने संरचनाको ह्विलिङ चार्ज तिर्नुपर्छ । अहिले नेपालले विद्युत् बेच्दा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन बाहेक पावर ग्रिड कर्पोरेसन अफ इन्डियालाई पनि यस्तो शुल्क तिर्नुपर्छ । ढल्केबर–मुजफ्फरपुरबाट भारत गएको विद्युत् बिहार राज्यका विभिन्न ठाउँमा पुग्न पावर ग्रिड कर्पोरेसनको संरचना प्रयोग गरेका कारण यस्तो शुल्क तिर्नुपरेको हो ।

पावर एक्सचेन्ज चार्जका रूपमा प्राधिकरणले ८ लाख ९८ हजार ५६० रुपैयाँ इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) लाई तिरेको छ । भारतीय बजारमा विद्युत् बेच्न बोलकबोल (अक्सन) प्रक्रियामा सहभागी हुने प्लेटफर्मका रूपमा आईईएक्स छ । प्राधिकरणले भारतमा सोझै बिजुली बेच्ने नभई भारतीय मध्यस्थकर्ता कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) मार्फत जाने गरेको छ । हरेक दिन अक्सन प्रक्रियामा भाग लिने, भारतीय बजारमा बेचिने बिजुलीको मूल्य प्रस्ताव गर्ने र बिक्री भएको विद्युत् भुक्तानी लिनेसम्मको काम एनभीभीएनले गर्छ । नोडल एजेन्सी तथा मध्यस्थकर्ताका रूपमा काम गरेबापत एनभीभीएनले प्राधिकरणबाट ७ लाख ८६ हजार रुपैयाँ लगेको छ । यसरी तीन शीर्षकमा तिरिएको सेवाशुल्क रकम प्राधिकरणले १ महिना अवधिमा गरेको कुल विद्युत् व्यापारको १७ दशमलव ८३ प्रतिशत बराबर हो ।कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

बिल्कुल दया छैन’: लीक फाइलहरूले खुलासा गर्दछ कि चीनले कसरी मुस्लिमहरूको सामूहिक नजरबन्द व्यवस्थित गर्‍यो

बिल्कुल दया छैन': लीक फाइलहरूले खुलासा गर्दछ कि चीनले कसरी मुस्लिमहरूको सामूहिक नजरबन्द व्यवस्थित गर्‍यो

एमआइ ६ का मालिकले चीनलाई ‘ऋण जाल र डाटा जाल’ को चेतावनी दिन्छ

एमआइ ६ का मालिकले चीनलाई 'ऋण जाल र डाटा जाल' को चेतावनी दिन्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .