No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘अनुहारको बनोटअनुसार हेयर स्टाइल बनाउनु राम्रो’

‘अनुहारको बनोटअनुसार हेयर स्टाइल बनाउनु राम्रो’

काठमाडौं । खुशी पाठक त्रिपुरेश्वरस्थित ऐना युनिसेक्स सैलुनकी सञ्चालक हुन् । करियरको शुरुवातमा यति एयरलायन्सको एयर होस्टेसको रूपमा चार वर्ष काम गरेकी खुशी त्यसपछि व्यवस्थापनको काममा सरिक भइन् ।

सोलार पावर ‘इको पावर डेभलपमेन्ट’को डाइरेक्टर एवं अपर ल्याप्चेखोला हाइड्रोपावरको एचआर तथा एडमिन म्यानेरको रुपमा समेत काम गरिसकेकी खुशीले ब्लुवर्ड मलमा गत साउनदेखि युनिसेक्स सैलुन सञ्चालनमा ल्याएकी हुन् । पाठकसँग अनलाइनखबरले गरेको सौन्दर्यवार्ता :

अहिले टिनएजर्समा कस्तो हेयर स्टाइल बढी चल्तीमा छ ?

टिनएजरहरूमा आफ्नो लुक्स र ड्रेस अनुसार हेयर स्टाइल बनाउने प्रचलन बढी छ । कुनै व्यक्ति कस्तो कार्यक्रममा सहभागी हुँदैछ, त्यसले पनि हेयर स्टाइल निर्धारणमा प्रभाव पार्छ । सामान्यतया केराटिन ट्रिटमेन्ट, हेयर स्ट्रेट गर्ने चलन बढी छ ।

प्रायः ग्राहकहरूले अनुहारको बनोट अनुसार हेयर डिजाइन गराउँछन् कि बजारमा चले अनुरुपको ?

धेरै ग्राहकहरु त बजारमा चलेको स्टाइलमा कपालको डिजाइन गराउन भन्दै आउँछन् । तर हामीसँग हेयर मास्टरहरु पनि हुनुहुन्छ । उहाँहरुले ग्राहकको अनुहारको आधारमा कस्तो हेयर स्टाइल सुहाउँछ ? भन्ने हेरेर त्यही अनुसार सुझाव दिनुहुन्छ । धेरैले सुझाव अनुसारको डिजाइन मन पराउँछन् । कसैले आफूले बजारमा देखेको स्टाइल नै राम्रो लाग्यो भन्नुभयो भने त्यही अनुसार गर्छौं ।

बाटुलो अनुहार भएकालाई कस्तो हेयर डिजाइन सुहाउँछ ?

सामान्यतया बाटुलो अनुहार (राउण्ड फेस) भएको मान्छेलाई कपाल स्ट्रेट गर्दा नै राम्रो हुन्छ ।

अलिक लाम्चो अनुहार भएका मान्छेलाई कस्तो हेयर स्टाइल सुहाउँछ ?

लाम्चो अनुहार भएकालाई वेभी हेयर स्टाइल हुन्छ । यसलाई ब्लो जाइ स्टाइलिङ पनि भनिन्छ । लाम्चो अनुहार भएकाहरुले बढी यस्तै डिजाइन बढी उपयुक्त मान्छन् ।

महिलाहरु कति अवधिमा हेयर डिजाइन गराउँछन् ?

नियमित फेसन रुचाउने महिलाले सामान्यतया कुनै कार्यक्रममा जानु छ भने सोही दिन हेयर डिजाइन गरेर जान्छन् । इभेन्टमा जाँदा सामान्यतया जुरो र कर्ली हेयर बनाउने चलन छ । यसबाहेक नियमित भनेको त स्ट्रेट गर्ने, केराटिन, हेयर कलर आदि नै हो । वालियाज हेयर कलर टेकनिक धेरैले मन पराउँछन् ।

कामकाजी महिलाका लागि कस्तो हेयर डिजाइन उचित हुन्छ ?

हरेक दिन काममा जानुपर्ने महिलाहरुले कपाल कलर गराउनु हुन्छ भने हल्का लाइट र कपालको डिजाइन स्ट्रेट खालको बनाउनु राम्रो हुन्छ । यसबाहेक सोल्जर लेन्थ कट र लेयर कट नियमित अफिस जानुपर्ने महिलाहरुको लागि उचित हेयर स्टाइल हो ।

अहिले केराटिनको ट्रेन्ड पनि चलिरहेको छ, के केराटिन गराउनैपर्छ ?

केराटिन भनेको प्रोटिन हो । यसले काठमाडौंको जस्तो धुलोधुवाँ बढी हुने ठाउँमा कपाललाई ड्यामेज हुनबाट बचाउँछ । साथै, यसले कपाललाई स्मुथ बनाउन पनि सहयोग गर्छ । यसले कपाल झर्न पनि रोक्छ । कलर लगाउँदा कतिपय केमिकलको प्रयोगका कारण कपाल ड्यामेज हुने र झर्ने जस्ता समस्या देखिन सक्छन् । यसलाई रोक्न पनि केराटिन आवश्यक हुन्छ ।

जाडोयाममा कपालमा चायाँ पर्छ, यसबाट कसरी छुटकारा पाउन सकिएला ?

जाडोयाममा कपाल झर्ने समस्या धेरै हुन्छ । यसलाई रोक्न वेल मसाज गर्नुपर्छ । यसले कपाल झर्नबाट रोक्छ । साथमा हेयर स्पाले पनि यो समस्याबाट मुक्ति दिन्छ ।

कपाललाई बलियो कसरी बनाउने ?

वेल मसाज, हेयर मजास र हेयर स्पा नै कपाललाई बलियो र तन्दुरुस्त राख्ने उपाय हो । कपाललाई बलियो बनाउन चिसो कपाल बाँध्नु हुँदैन । बाँध्नै परे ड्राइ गरेर मात्रै बाँध्नुपर्छ । यसबाहेक कुन स्याम्पु सुट गर्छ ? त्यो पनि हेर्नुपर्छ । कपालअनुसार फरकफरक स्याम्पु सुट हुन्छ ।

अहिले विवाहको सिजन छ, दुलहीको लागि कस्तो मेकअपको ट्रेन्ड छ ?

बिहेमा दुलहीको पोशाक सामान्यतया रातो हुन्छ । दुलहीको मेकअपलाई सुहाउँदो नेचुरल मेकअप गर्ने गरिन्छ । जसलाई हामी न्युड मेक अप भन्छौं । त्यो नै दुलहीको लागि उचित मेकअप ट्रेन्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #beauty tips
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमा जडीबुटी सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न

धनगढीमा जडीबुटी सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?

जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

घरेलु बिधीबाट कसरी गर्ने स्क्रब ?

घरेलु बिधीबाट कसरी गर्ने स्क्रब ?

मोबाइलमा तल्लिन बालबच्चालाई कसरी पाठ्यपुस्तकमा अभ्यस्त गराउने ?

मोबाइलमा तल्लिन बालबच्चालाई कसरी पाठ्यपुस्तकमा अभ्यस्त गराउने ?

Next Post
विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव मनाइँदै

विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव मनाइँदै

कागजमा सीमित कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

कागजमा सीमित कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

रोहिङ्ग्या शरणार्थीले अर्बौं डलर माग्दै फेसबुकविरुद्ध उजुरी दर्ता गरे

रोहिङ्ग्या शरणार्थीले अर्बौं डलर माग्दै फेसबुकविरुद्ध उजुरी दर्ता गरे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .