No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु


गम्भीर अवस्थामा अस्पताल पुग्छन् संक्रमित, बाँकेमा मात्रै ९ जनाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमितहरुको संख्या बढेसँगै संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दै गएको छ। कोरोना संक्रमणबाट  नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा मात्र ७ जना बिरामीको मृत्यु भइसकेको छ। शिक्षण अस्पताल नेपालगन्जमा एक जना र क्वारेन्टाइनमा एकजना गरेर बाकेमा मात्रै ९ जनाको मृत्यु भएको। मृत्यु भएका ९ जनामध्ये बाँके जिल्लाका मात्रै ६ जना छन्। बाँकेका अस्पताल र क्वारेन्टाइनमा मृत्यु भएका ९ जना मध्ये ७ जना निमोनियाका कारण फोक्सोमा समस्या भएर मृत्यु भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताए। अस्पतालमा भर्ना भएको २ देखि ७ दिनको अवधिमा मृत्यु संक्रमितहरुको मृत्यु भएको थियो।  अपहेलनामा परिने डर अधिकांश बिरामीहरु ज्वरो रुघाखोकी जस्ता समस्या भए पछि घर मै सामान्य औषधी खाएर बस्ने  र स्वास्थ्य समस्या जटिल बन्दै गएपछि मात्रै अस्पतालमा जाने क्रम पछिल्ला दिनहरुमा बढ्दै गएको छ। अस्पताल गएपछि कोरोना परीक्षण गराउनुपर्छ। र पोजिटिभ आयो भने १४ दिनसम्म आइसोलेशनमा बस्नुपर्छ। छिमेकीहरुबाट हुने अपहलेनाहरु खेप्नुपर्छ  भन्ने गलत सोचाईका कारण अधिकांश मानिसहरुले कोरोना परीक्षण गराउनै नमान्ने समस्या अहिले पनि कायमै  रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका मेडिसिन विभागका प्रमुख डा आशिम किदवाईले बताए। कोरोनाको संक्रमण बढ्दै गएपछि बिरामी तथा उनका आफन्तहरुले   घरमै ज्वरो नाप्ने क्रम बढ्दै गएको छ। तर कोरोनाका शंकास्पद बिरामीहरुको ज्वरो भन्दा पनि  शरीरमा अक्सिजनको मात्राको अवस्था के कस्तो छ भनेर नाप्नु जरुरी हुन्छ। तर, अझै पनि घरमै अक्सिजनको मात्रा नाप्ने चलन हाम्रो समाजमा सुरु भइसकेको छैन। जसकारण स्वास्थ्यमा समस्या भएर  अस्पतालमा पुग्दा बिरामीको शरीरमा अक्सिनको मात्रा घटेर स्वास्थ्य अवस्था गम्भीर बनिसक्दा पनि  बिरामी तथा उनका आफन्तहरुले थाहा पाउँदैनन्। शरीरमा अक्सिजनको मात्रा कम भएका र निमोनिया रोगले ग्रस्त भएका संक्रमितहरुको मृत्यु हुने जोखिम धेरै हुने डा किदवाइले बताए। गम्भीर अवस्थामा अस्पतालमा पुगेका बिरामीहरुलाई शिक्षण अस्पताल कोहलपुरले उपलब्ध साधनस्रोत र औषधि दिएर उपचार गर्दै आएको छ। नेपालगन्ज र कोहलपुरका अस्पतालहरुमा रेमिडिसिभिर इन्जेक्शन उपलब्ध हुनुभन्दा पहिले नै कोरोनाको संक्रमण र निमोनियाका कारण बाँकेमा  ७ जना बिरामीहरुको मृत्यु भइसकेको छ। सिरियस अवस्थाका संक्रमितहरुको उपचारमा  रेमिडिसिभिर इन्जेक्शन प्रभावकारी देखिएको छ। त्यसैगरी, संक्रमितहरुको उपचारमा प्रभावकारी मानिएको प्लाज्माथेरापी पनि हालसम्म नेपालगन्ज र कोहलपुरमा अस्पतालहरूमा भर्ना भएका संक्रमितहरुले पाउन नसकेको शिक्षण अस्पताल कोहलपुरका फिजिसियन डा अनिल श्रेष्ठले बताए। बाँकेमा हालसम्म मृत्यु भएका संक्रमितको विवरण १ ) जेठ ४ गते  नरैनापुर– ५ का २५ वर्षीय युवाको  क्वारेन्टाइनमै मृत्यु। २) असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी ४६ वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ४ दिनमा मृत्यु। ३) असार ३ गते कैलाली  लम्की चुहाकी ४३ वर्षीया महिलाको महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ५ दिनमा मृत्यु। ४) साउन २५ बाकेको कोहलपुरकी ७० वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको ३ दिनमा मृत्यु। ५) साउन २५ गते अछामका ५० वर्षीय पुरुषको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ६ दिनमा मृत्यु। ६) भदौ १  गते बाँके नेपालगन्जका ६२ वर्षीय पुरुषको शिक्षण अस्पातल  नेपालगन्जमा  भर्ना भएको  ४ दिनमा मृत्यु। ७) भदौ २ गते बर्दियाका ७० वर्षीय पुरुषको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  २ दिनमा मृत्यु। ८) भदौ ७ गते गते बाँके नेपालगन्जका ३७ वर्षीय पुरुषको शिक्षण अस्पाताल  नेपालगन्जमा  भर्ना भएको  ४ दिनमा मृत्यु। ९) भदौ ११ गते बाँकेकी ७० वर्षीया महिलाको शिक्षण अस्पातल कोहलपुरमा भर्ना भएको  ३ दिनमा मृत्यु। thahakhabar

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

चीनबाट शुरु भएको भाईरस रोक्न चिनियाँ ल्होप किन बेअसर

चीनबाट शुरु भएको भाईरस रोक्न चिनियाँ ल्होप किन बेअसर

सुमन फर्निचरले ल्याईयो फर्निचर खरिदमा विशेष छुट

सुमन फर्निचरले ल्याईयो फर्निचर खरिदमा विशेष छुट

अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह

अपाङ्गता भएका ब्यक्तीको रोजगारीको ब्यवस्था मिलाउन सरोकारवाला संग आग्रह

वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो

वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो

३५ औं बिश्व एडस दिवसको उपलक्षमा बिरामीलाई फलफूल वितरण

३५ औं बिश्व एडस दिवसको उपलक्षमा बिरामीलाई फलफूल वितरण

चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

चीनमा कोभिड प्रतिबन्धविरुद्ध प्रदर्शन

Next Post
कोरोना संक्रमितले दैनिक २ हजार तिरेर होटल आइसोलेसनमा बस्‍न पाउने

कोरोना संक्रमितले दैनिक २ हजार तिरेर होटल आइसोलेसनमा बस्‍न पाउने

सुन्दर ओठ पछाडि लुकेकाका राजहरु

सुन्दर ओठ पछाडि लुकेकाका राजहरु

पार्टीको झगड़ा पछि सरकार

पार्टीको झगड़ा पछि सरकार, हाललाई मजदूर र किसानलाई राहत सरकार

Leave a Reply Cancel reply

ताजा समाचार

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: