संजय यादव, सिरहा
१२ कार्तिक २०७८
नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री चित्रलेखा यादवले स्वर र संगीतको धनी प्रतिभाशाली व्यक्तित्व राजकपुर यादवलाई कहिले पनि बिर्सिन नसक्ने बताएकी छिन् । नेतामा हुनुपर्ने गुणहरुले भरिएको प्रतिभाशाली व्यक्तित्व स्व.यादवमा विशिष्ट किसिमको शैली र कला रहेकोले म पनि उहाँबाट प्रभावित भएकी हँु । नेपाली कांग्रेसको नेता स्व. राजकपुर यादवको ५ औंैं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेत्रृ यादवले प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताइन् । संघीय सांसद समेत रहेकी नेतृ यादवले स्मृती सभालाई सम्बोधन गर्दैे भनिन्, राजकपुरजीको बारेमा जति बोले र व्याख्या गरे पनि कमै हुने । ताजगी र बुलंदीको अर्को नाम नै राजकपुर हो । उनले भनिन, म ्प्रजातन्त्रलाई राम्ररी बुझेकी हुँ । विद्यार्थीकालदेखि नै यो देशमा प्रजातन्त्र अपरिहार्य रहेको बुझेकी छु । तसर्थ पार्टीमा स्व. यादवको ठूलो योगदान रहेको महसुस गर्दै वहाँको परिवारलाई राजनीतिकरूपमा सम्मानित गराउनेमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाईन् ।
विशिष्ट अतिथि लेखक, अभियन्ता तथा जसपा नेपालका नेता रामरिझन यादवले प्रतिभाशाली व्यक्तित्व स्वर्गीय राजकपुर यादव भौतिक रुपमा यस संसारमा नरहे पनि उहाँको अलौकिक गुणले सदा अमर रहने बताए । उहाँलाई जीवित राख्न र राजकपुर यादव को थिए ? भन्ने कुरालाई लिपिबद्ध गरी स्मृतिग्रन्थ प्रकाशित गर्नुपर्नेमा जोड दिए । आजको दिन स्व. यादवको परिवारजनले पर्वको रुपमा मनाउन भने । त्यस्तै नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं पूर्व सांसद रामचन्द्र यादव भावुक हुँदै संबोधनमा भने राजकपुरको देहान्तले म स्वयं अनाथ जस्तो भएको बताए । वहाँको बारेमा जति बोल्दा पनि कमी नै हुने भएकोले वहाँको परिवारलाई राजनीतिक रूपमा अगाडि बढाउन तत्पर रहने बताए । स्मृति सभालाई सम्बोधन गर्दै सामाजिक राजनीतिक अभियन्ता एवं जसपा नेपालका केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका डा.जयनारायण यादवले स्व. राजकपुर यादवको नाउँमा चाँडैनै ट्रष्ट स्थापना गरी वहाँलाई सदाको लागि अमर राख्न ट्रष्ट मार्फत विभिन्न सामाजिक कार्यक्रमहरु गर्ने जनाए । अब आउने अर्को स्मृति दिवसको अवसरमा स्मृतिग्रन्थ समेत प्रकाशन गर्ने जनाए । नेपाली कांग्रेस गोलबजार नगरसमितीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगर सचिव रमेश प्याकुरेलले गरेको थियो । स्वर्गीय यादव २०७३ साल कार्तिक ११ गतेका दिन धादिङको गजुरीमा भएको बस दुर्घटनामा परि देहवसान हुनुभएको थियो ।