No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इन्टरनेटको भविष्य भनिएको मेटाभर्स के हो ?

इन्टरनेटको भविष्य भनिएको मेटाभर्स के हो ?

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले मेटाभर्सको विकासका लागि युरोपमा १० हजार कर्मचारी भर्ना गर्ने घोषणा हालै गरेको छ ।

मेटाभर्स एक अवधारणा हो, जसलाई धेरै मानिसहरुले इन्टरनेटको भविष्य पनि भनिरहेका छन् । आखिर वास्तवमा मेटाभर्स के हो त ?

के हो मेटाभर्स ?

आम मानिसहरुलाई लाग्न सक्दछ कि मेटाभर्स भनेको भर्चुअल रियालिटीकै परिस्कृत रुप हो । तथापि कतिपय मानिसहरु भने यसलाई इन्टरनेटको भविष्य मान्दछन् ।

वास्तवमा कतिपयले असीको दशकका भद्दा फोन र हालका अत्याधुनिक स्मार्टफोनको जस्तै भर्चुअल रियालिटी र मेटाभर्सलाई तुलना गर्ने गर्दछन् ।

मेटाभर्समा सबै खालका डिजिटल वातावरणलाई जोड्ने भर्चुअल संसारमा प्रवेश गर्नका लागि कम्प्युटरको ठाउँमा केवल हेडसेटको प्रयोग गर्न सकिन्छ ।

वर्तमान समयमा भर्चुअल रियालिटीको अधिकतर प्रयोग गेमिंगमा हुने गरेको छ । तथापि यो भर्चुअल संसारको उपयोग व्यवहारिक रुपमा कुनैपनि कामका लागि हुन सक्दछ । जस्तै : काम, खेलकुद, संगीत कार्यक्रम, चलचित्र तथा घुमफिर आदि ।

फेसबुक की तकनीक.

अधिकांश मानिसहरुको धारणा के छ भने मेटाभर्समा हामीसँग आफ्नै प्रतिनिधित्व गर्ने एक थ्रीडी अवतार हुनेछ ।

तथापि अहिलेसम्म मेटाभर्स केवल एक अवधारणाको रुपमा मात्रै छ । त्यसैले यसको कुनै मान्य परिभाषा छैन ।

अचानक यो किन ठूलो विषय बन्यो ?

डिजिटल संसार तथा अग्मेन्टेड रियालिटी (वास्तविक संसार देखाउने उन्नत डिजिटल प्रविधि) लाई लिएर हरेक केही वर्षमा व्यापक प्रचार हुने गरेको छ, तर केही समयपछि त्यो हराउँदछ ।

यद्यपि धनाढ्य लगानीकर्ता तथा ठूला प्रविधि कम्पनीहरु मेटाभर्सलाई लिएर निकै उत्साहित छन् । मेटाभर्स इन्टरनेटको भविष्य नबनोस् भन्ने चाहना कसैमा पनि देखिँदैन ।

भर्चुअल रियालिटी गेमिंग तथा कनेक्टिभिटीमा पर्याप्त प्रगति भएसँगै अहिले बल्ल यस्तो महसूस हुँदैछ कि प्रविधि जगत पहिलोपटक त्यस ठाउँमा पुगेको छ जहाँ त्यो पुग्ने अपेक्षा गरिएको थियो ।

फेसबुक किन संलग्न छ ?

फेसबुकले मेटाभर्सलाई आफ्ना अहम प्राथमिकताहरुमध्ये एक बनाएको छ ।

कतिपय जानकारहरुका अनुसार फेसबुकले आफ्नो ओकुलस हेडसेटका माध्यमबाट भर्चुअल रियालिटीको क्षेत्रमा भारी लगानी खन्याएको छ । जसका कारण यो हेडसेट उसका प्रतिद्धन्दी कम्पनीहरुको तुलनामा सस्तो छ । यद्यपि सस्तो हुनु फेसबुकका लागि घाटा नभएको होइन ।

फेसबुकले सोसल ह्यांगआउट र कार्यक्षेत्रका लागि भर्चुअल रियालिटीका विभिन्न एपहरु निर्माण गरिरहेको छ । त्यसमा वास्तविक संसारसँग जोडिने एपहरु पनि रहेका छन् ।

फेसबुक

प्रतिद्वन्द्वीहरुलाई खरीद गरेर निल्ने फेसबुकको इतिहासका बाबजुत फेसबुकको दाबी के छ भने मेटाभर्स यस्तो चिज हो जसलाई कुनै एउटा कम्पनीले रातारात बनाउन सक्दैन । त्यसकारण यस क्षेत्रमा मिलेर काम गर्ने वाचा फेसबुकले गरेको छ ।

फेसबुकले हालै गैर नाफामूलक समूहहरुलाई जिम्मेवारी पूर्वक मेटाभर्स तयार गर्नमा सहयोगका लागि ५ करोड डलरको लगानी गरेको छ । यद्यपि मेटाभर्सको अवधारणालाई यथार्थमा पूर्ण आकार दिनका लागि १० देखि १५ वर्ष लाग्नेछ ।

मेटाभर्समा अरु कस्को रुची छ ?

फोर्टनाइट गेम निर्माता कम्पनी एपिक गेम्सका प्रमुख टिम स्वीनी लामो समयदेखि मेटाभर्सका बारेमा आफ्नो विश्वासका विषयमा चर्चा गरिरहेका छन् ।

यो कम्पनीले आफ्ना कम्प्युटर गेमका माध्यमबाट दशकौँ पहिलेको अन्तरक्रियात्मक संसारलाई शेयर गरेको छ । त्यो मेटाभर्स होइन, तथापि दुबैका विचारहरुमा केही समानता छन् ।

पछिल्ला केही वर्षमा फोर्टनाइटले आफ्ना प्रडक्टहरुको विस्तार गरेको छ । यसले आफ्नो डिजिटल संसारभित्र संगीत कार्यक्रहरु, ब्राण्ड इभेन्ट्स आदिको आयोजना गरेको छ । यसबाट कैयन् मानिसहरु निकै प्रभावित भएका छन् र टिम स्वीनीको मेटाभर्स अवधारणाले चर्चा कमाएको छ ।

एपिक गेम्स

गेम निर्माता अन्य कम्पनीहरु पनि मेटाभर्सको विचारसँग नजिकिरहेका छन् । उदाहरणका लागि रोबलक्स । यो ठूलो इकोसिस्टमसँग आबद्ध हजारौँ व्यक्तिगत गेमको लागि एक प्लाटफर्म हो ।

यसबीच थ्री डीको विकास गर्ने प्लाटफर्म युनिटीले आफ्नो डिजिटल ट्विन्स (वास्तविक संसारको डिजिटल कपी) मा लगानी गर्दैछ । त्यस्तै ग्राफिक्स निर्माता कम्पनी एनभिडियाले आफ्नो ओमनिभर्सको विकास गरिरहेको छ । कम्पनीका अनुसार यो थ्री डी भर्चुअल संसारलाई जोड्ने एक प्लाटफर्म हो ।

मेटाभर्स केवल गेमसँग मात्र सम्बन्धित छ त ?

यस्तो होइन । मेटाभर्सलाई लिएर भलै विभिन्न थरी धारणा छन् तर अधिकांसको बुझाइ के छ भने यसको विचार मूल रुपमा समाज र मानिसलाई जोड्नेसँग सम्बन्धित छ ।

उदाहरणका लागि फेसबुकले आफ्नो वर्कप्लेस नामक भर्चुल रियालिटी मिटिंग एप तथा होराइजन्स नामक सोसल स्पेसलाई लिएर प्रयोग गरिरहेको छ । यी दुबैले उसको भर्चुअल अवतारको उपयोग गर्दछन् । भर्चुअल रियालिटीको एक अर्को एप भिआर च्याट पूर्ण रुपमा अनलाइन ह्यांगआउट र च्याटिंगका लागि तयार गरिएको छ ।

आफ्नो आसपासको दुनियासँग जोड्ने तथा मानिसहरुसँग भेट्ने बोहेक यसको अरु कुनै लक्ष्य तथा उद्देश्य छैन ।

फ़ेसबुक, वर्कप्लेस, वर्चुअल रियलिटी मीटिंग ऐप

यसमा अन्य विभिन्न एपहरु पनि आउनेवाला छन् । टिम स्वीनीले हालै वाशिंगटन पोष्टमा भनेका छन्, ‘यसले एक यस्तो संसारको कल्पना गरिरहेको छ जहाँ कार बनाउने कुनै कम्पनी आफ्नो नयाँ मोडलको प्रचार गरोस् । अनि जब निर्मित कारलाई भर्चुअल संसारमा राखिन्छ तब तपाइँले त्यो कारलाई चारैतर्फ चलाएर जाँच्न सक्नुहोस् ।

त्यस्तै अनलाइनमा किनमेल गर्दा पहिले आफुले किन्न लागेका कपडालाई डिजिटल रुपमा प्रयोग गरेर हेर्न सकियोस् । जब आफुलाई सुहाउँछ तब मात्र किन्न पाइयोस् ।

के मेटाभर्सको प्रविधि आइसकेको हो ?

पछिल्ला केही वर्षहरुमा भर्चुअल रियालिटीले एउटा लामो बाटो तय गरिसकेको छ । अहिले यो प्रविधिमा उच्च गुणस्तरीय हेटसेट आएको छ । यसबाट हाम्रो आँखाले भर्चुअल संसारका चिजहरुलाई थ्री डी मा देख्न सक्दछ । अहिले यो निकै लोकप्रिय बनिसकेको छ । सन् २०२० को क्रिसमसको समयमा बजारमा आएको ओकुलस क्वेस्ट २ भिआर गेमिंग हेडसेट निकै लोकप्रिय रह्यो ।

नन फंगिबल टोकन अर्थात् एनएफटीबाट डिजिटल उत्पादनका मालिकहरुलाई विश्वासका साथ ट्रयाक गर्न मार्गप्रसस्त भएको छ । यो तिव्र रुपमा लोकप्रिय बनेसँगै भर्चुअल अर्थतन्त्रमा काम गर्ने तरिका अब थाहा हुनसक्दछ ।

ओकुलस क्वेस्ट 2 वीआर हेडसेट

डिजिटल संसार अझै उन्नत हुनका लागि तिव्र गतिको, निरन्तर तथा धेरै मोबाइल कनेक्टिभिटी हुनु आवश्यक छ ।

फाइभ जी आएसँगै त्यो अपेक्षा पनि पूरा हुने विश्वास छ ।

यद्यपि मेटाभर्सको विकास अहिले सुरुवाती चरणमै छ । तथापि मेटाभर्सको विकास यदि सम्भव भयो भने आउँदो दशक र त्यसपछि पनि प्रविधि कम्पनीहरुबीच यसका लागि गज्जबको प्रतिस्पर्धा देख्न पाइनेछ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
गुडिरहेको बसमा जब आगो लाग्यो…

गुडिरहेको बसमा जब आगो लाग्यो…

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२ खर्ब ले बढ्यो बैंकहरुको कर्जा लगानी

२ खर्ब ले बढ्यो बैंकहरुको कर्जा लगानी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .