No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फेवा किनारबाट आह्वानः थोत्रो थिति फालौं, नयाँ थालौं

फेवा किनारबाट आह्वानः थोत्रो थिति फालौं, नयाँ थालौं

पोखरा ।

दोहन गरेर प्रकृतिको

भत्काएर संरचना पृथ्वीको

आफ्नै मृत्यु किनिरहेको छ

पुँजीवादी मुनाफाखोर मान्छे ।

कवि कल्पना चिलुवालले कविताका यी हरफ वाचन गरिरहँदा मानिसहरुका नजर भने फेवातालतिर थियो । फेवा किनार बाराहीघाटमा शनिबार कवि कल्पना चिलुवालले कवितामार्फत प्रकृतिको दोहन गर्ने पुँजीवादी समाजप्रति खरो शब्द ओकलिन् ।

फेवाताल बर्सेनि पुरिँदै गइरहेको मात्रै छैन, अतिक्रमणको चपेटामा पनि उत्तिकै पर्दै आएको छ । प्राकृतिक सम्पदाको दोहन गरेर मानिसले आफ्नै मृत्यु किनिरहेको कविता वाचन गर्दै कल्पनाले निरीह राज्यसत्ताप्रति आगो ओकलिन् ।

फेवाताल सयर र तालबाराही मन्दिर जान पर्यटकको भीड लाग्ने बाराहीघाटमा शनिबार प्रकृति दोहनका विरुद्ध कविता गुञ्जिए । फेवा मिच्ने र सेती नदी ठेक्कामा दिने कामकाविरुद्ध आवाज उठे । विभेद, शोषण, दमन र अन्यायका विरुद्ध युवाहरुले आक्रोश पोखे ।

दलित भएकै कारण भीमबहादुर विश्वकर्माहरुले ज्यान गुमाउनु पर्ने राज्य तथा सामाजिक व्यवस्था विकल्प खोज्ने स्वरहरु सुनिए । सबैखाले विभेदका विरुद्ध विद्रोह गर्न युवाहरुले आह्वान गरे । राज्य सत्ताले सबै नागरिकलाई समान व्यवहार नगरेको भन्दै असन्तुष्टिका आवाजहरु शनिबार फेवा किनारमा गुञ्जिए ।

प्रकृति मास्ने र विभेद उकास्ने ‘थोत्रो नीति फालौं, आउनुस् नयाँ थालौं’ भन्दै पोखराबाट प्रतिरोध जागरण अभियान सुरु भएको हो । काठमाडौंमा पनि जनदबाबका कार्यक्रम गर्दै आएको प्रतिरोध समूहले पोखराबाट नेतृत्व नै चुनेर जागरण अभियान थालेको छ ।

फेवाताल, सेती लगायत देशैभरि खोला, जंगल र पहाडमाथि झेल भइरहेको भन्दै प्रतिरोध थालेका युवाहरुले देशमा भइरहेका उत्पीडनका विरुद्धमा पनि उभिन आह्वान गरेका छन् ।

अध्यक्ष मनोज खतिवडा र सचिव अनिता पण्डित लगायतको नेतृत्वमा अब देशका विभिन्न ठाउँमा प्रतिरोध सांस्कृतिक यात्रा हुने भएको हो । अभियानकै रुपमा देशभर प्रतिरोध यात्रा गर्न मेसो मिलाइरहेका साहित्यकार संगीत स्रोता भन्छन्, ‘जनता निराशा जगाउने होइन, यो यात्राले जागरण ल्याउने र सबै विभेदका विरुद्ध भण्डाफोर गर्न प्रेरित गर्ने छ । सुधारिएको व्यवस्थाका लागि बहस उठ्ने छ ।’

फेवा किनारमा गायक अञ्जन बाबुले असमानता विरुद्धका गीत गाए, पिँधमा परेका जनताको मुद्दा उनिएका शब्दलाई लय हाले । राज्य सत्तालाई प्रश्न गरे ।

चौतारी पोखरी मिचेर

ढुंगो र माटै बेचेर

कहाँ जान्छौ मान्छे किचेर ?

संगीत स्रोताले सिर्जनालाई गाएका अञ्जनबाबुले ‘चरी लैजा समाचार’, ‘हामी कोही होइनौं’ जस्ता गीत प्रस्तुत गरे । सुसेरा संगीत मञ्च र संगम सांस्कृतिक मञ्च पोखराले झरीका बीच पनि जागरणका गीत गाउँदा सर्वसाधारणले साथ दिए ।

कार्यक्रमको सुरुआतमै कवि विकास रोकामगरले कविता प्रस्तुत गर्दै विभेदकारी मानसिकता र त्यसलाई प्रशय दिइरहेको संयन्त्रप्रति आक्रोश पोखे । प्राध्यापक तथा कवि राजेन्द्र पौडेलले खोला, नदी, नाला, पोखरी दोहनका विरुद्ध कविता सुनाए ।

फेवाताल, सेती लगायत देशैभरि खोला, जंगल र पहाडमाथि झेल भइरहेको भन्दै प्रतिरोध थालेका युवाहरुले देशमा भइरहेका उत्पीडनका विरुद्धमा पनि उभिन आह्वान गरेका छन् ।

अभियन्ताहरु विभिन्न पम्प्लेट लिएर कार्यक्रममा सहभागी भएका थिए । प्रतिरोध सांस्कृतिक यात्राका अध्यक्ष मनोज खतिवडाले प्रकृतिलाई मासेर खडा गरिएको विकासको मोडलको विपक्षमा अभियान चलाइने बताए ।

‘सेती दोहन भइरहेको छ । प्रकृति बाँचेमात्र, मान्छे बाँच्ने हो । त्यसैले प्रकृति रक्षाका निम्ति अभियान सञ्चालन गरिरहेका छौं । प्रतिरोध, विभिन्न खाले शोषण र उत्पीडनको विरुद्धमा उभिएका मानिसहरुको समूह हो,’ खतिवडाले भने, ‘भीमबहादुर विश्वकर्माको हत्या भएको छ । सबैखाले दमन र उत्पीडनका विरुद्ध अब सांस्कृतिक अभियान सुरु भयो ।’

सबैखाले विभेदको विरोध गर्ने र गलत अभ्यास भइरहेको यो व्यवस्थालाई प्रतिरोध समूहले इन्कार गर्ने उनको भनाइ थियो । ‘यो व्यवस्थाले ६९ लाख युवालाई विदेश पैठारी गरेको छ । यो व्यवस्थाले खोकनाको प्राचिन वस्तीलाई मासिरहेको छ । खुवालुङलाई फुटाइरहेको छ । माझीहरुको बस्तीलाई मासिरहेको छ । मौलिक अभ्यासलाई कमजोर गराइरहेको छ, हमला गरिरहेको छ,’ खतिवडाले भने, ‘हामी त्यसको विरुद्धमा उभिन्छौं । महिलाहरुमाथि यौन हिंसा, कार्यक्षेत्रमा हिंसा र नागरिकतामा असमानता छ । त्यसका विरुद्ध लड्ने हो ।’

प्रतिरोध सांस्कृतिक यात्राको घोषणा गर्नुअघि अभियन्ताहरुले २/४ दिनदेखि नै पोखरामा छलफल र बहस गरिरहेका थिए । अहिलेको विचार, सिद्धान्त, राजनीतिक व्यवस्था र त्यसको अभ्यासबारे छलफल गर्दै त्यसको विकल्पबारे पनि समीक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

Next Post
सिके राउतको कर्तुत बाहिरियो, यतिसम्म गरेका रहेछन् !

सिके राउतको कर्तुत बाहिरियो, यतिसम्म गरेका रहेछन् !

थाइल्यान्डमा रहेकी पूर्वयुवराज पारसकी छोरी पूर्णिका २० बर्षमा नै ३ बालबालिकाको अभिभावक बनिन् !

थाइल्यान्डमा रहेकी पूर्वयुवराज पारसकी छोरी पूर्णिका २० बर्षमा नै ३ बालबालिकाको अभिभावक बनिन् !

किर्तिपुरबाट चोरिएको १७औं शताब्दीको गणेशको मूर्ति अमेरिकाको निजी संग्राहलयमा

किर्तिपुरबाट चोरिएको १७औं शताब्दीको गणेशको मूर्ति अमेरिकाको निजी संग्राहलयमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .