No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफगानिस्तानमा आर्थिक संकट : ऋण तिर्नकै लागि सन्तान बेच्दैछन् आमाहरू

अफगानिस्तानमा आर्थिक संकट : ऋण तिर्नकै लागि सन्तान बेच्दैछन् आमाहरू

काठमाडौं । जनअपेक्षाअनुसार राजनीतिक व्यवस्थापन हुन सकेन भने जनताको हालत कस्तो हुन्छ भन्ने उदाहरण अफगानी नागरिक बनेका छन् । सधै युद्धको विभिषिका व्यहोरिरहेका त्यहाँका जनताले कहिल्यै सुखको सास फेर्न पाएनन् ।

देशमा तालिवानी शासन आएपछि अमानवीय व्यवहारमै प्रश्न उठ्न थालेको छ । सन्तानको हातमुख जोर्न ऋण लिएका घरेलु महिला ऋण चुकाउन आफ्नै सन्तान बेच्नुपर्ने अवस्थामा छन् । सन्तानलाई कोखको घाउ भनिन्छ । सन्तान रुँदा आमाको आँखा रसाउँछ ।

संसारमा सर्वाधिक प्रयोग गरिने शब्द भनेकै आमा हो । त्यही आमाले सन्तान पाल्न लिएको ऋण तिर्न आफ्नै कोखको घाउ बेच्नुप-यो भने त्यो पीडाले धर्ती हल्लिएला कि नहल्लिएला ? हो, अफगानिस्तानका आमा त्यही अवस्थामा पुगेका छन् । राजनीति सेवा हो । नेताहरू सेवाका वाहक हुन् । तर, अफगानिस्तानको राजनीतिले न नाना, न खाना, न छाना दियो ।

गरिबका लागि बरदान मानिने राजनीति यहाँका गरिबका लागि अभिषाप ठहरियो । आमाको कोखबाट बच्चा खोस्ने निकृष्ट कर्ममा त्यहाँको राजनीति सक्रिय बन्यो । देशको पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ऋण लिएको व्यक्तिलाई बेचेकी छन् । उनले ५ सय ५० डलर चुकाउनु थियो ।

तर, दैनिक कामबाट उनले ७० सेन्ट मात्र आम्दानी गर्छिन् । उनका पति बेरोजगार छन् । जीवन यत्तिकै पीडादायी रहिरहने हो भने बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउन सक्ने त्रासमा उनी छन् । यो त प्रतिनिधि घटना हो । अफगानिस्तानसँग अहिले अनगिन्ती अमानवीय चित्र छन् ।

गत महिना संयुक्त राष्ट्र संघले तालिवानको अचानक नियन्त्रण पश्चात अफगानिस्तान अधिकतम गरिबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो । यूएनडीपीका अनुसार अबको एक वर्षभित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ ।

देश दुर्गतिको भासमा परेको प्रमाण महिला र केटाकेटीको दुरावस्था हो । यो वर्ग राजनीतिको जोडघटाउ केही बुझ्दैन । तर, त्यसको प्रत्यक्ष सास्ती तिनै निर्दोष समुदायले भोग्नुपरिरहेको छ । पछिल्लो दुई दशकयता अफगानिस्तानको आर्थिक स्थितिमा धेरै सुधार आएको थियो । तर, राजनीतिक अस्थिरका कारण त्यो सबै भङ्ग हुने खतरा बढेको छ ।

अमेरिकाले १० अर्ब डलरको अनुदान रोकिदिएपछि त झन् देशको अवस्था चौपट हुँदै गएको छ । कामना गरौं, राजनीतिक दाउपेचमा निर्दोषले हार्ने यो परिपाटी चाँडै अन्त्य होस् । एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
बाबा रामरहिम सहित पाँच जनालाई जन्मकैद सजाय सुनाइयो

बाबा रामरहिम सहित पाँच जनालाई जन्मकैद सजाय सुनाइयो

चीनमा लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट

चीनमा लिंक्डइन बन्द गर्दै माइक्रोसफ्ट

बैंकहरूबीच निक्षेप तानातान, राष्ट्र बैंक चुपचाप

बैंकहरूबीच निक्षेप तानातान, राष्ट्र बैंक चुपचाप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .