• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत


काङ्ग्रेस सरकार चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने – महत

काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले चीन र भारत दुबै देशसँग कुनै पनि सम्झौता गर्दा नेपालले आफ्नो हित सुरक्षित गर्ने स्पष्ट पारेका छन् ।

उनले नेपाल लोकतान्त्रिक देश भएकाले चीनको कम्युनिस्ट सरकारबाट प्रभावित नहुने पनि स्पष्ट पारेका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भारत भ्रमणमा रहेका सहमहामन्त्री महतले नयाँ दिल्लीमा भारतीय सञ्चार माध्यम डब्लुआइओएन न्यूजलाई दिएको अन्तर्वार्तामा चीन र भारत दुबै देशसँग कुनै पनि सम्झौता गर्दा नेपालले आफ्नो हित सुरक्षित गर्ने बताएका हुन ।

महत नेतृत्वको तीन सदस्यीय टोली भारतीय जनता पार्टीको निमन्त्रणामा अहिले भारत भ्रमणमा छन् । टोलीले शुक्रबार भाजपा अध्यक्ष जेपी नाड्डा र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

यस्तै बिजेपी राष्ट्रिय महासचिवहरु तथा विदेश विभागका पदाधिकारीहरुसँग भेटघाट र छलफल गरेको थियो । टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि लखनउमा भेटघाट गरेको छ । टोलीमा महतसहित नेताहरु अजयकुमार चौरसिया र उदयशमशेसर राणा पनि छन् ।

दिल्ली र बेइजिङसँग काठमाडौंको सम्बन्धका विषयमा प्रष्ट पार्दै महतले भने, ‘दुबै देशसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । हामी दुई ठूला देशकोबीचमा अवस्थित छौं । हामीले राम्रो सम्बन्ध राख्नुपर्छ, तर सम्बन्ध नेपालको हितमा आधारित हुनुपर्छ ।’ महतले चीनको कम्युनिस्ट सरकारप्रति लक्षित गर्दै त्यसबाट नेपाल प्रभावित नहुने पटक पटक दोहोरयाए ।

‘नेपाली कांग्रेस निकै प्रष्ट छ, चीनमा कस्तो सरकार छ, त्यसबाट नेपाल प्रभावित हुने छैन । यो राष्ट्र–राष्ट्र बीचको सम्बन्ध हो, त्यहाँको राजनीतिक प्रणालीसँग कुनै सम्बन्ध छैन’, महतले भने, ‘हामी लोकतान्त्रिक देश हौं र लोकतान्त्रिक तरिकाले हाम्रो देश चलाउँछौं । हाम्रो देशको हित सुरक्षित छ भन्ने हामी सुनिश्चित गर्छौं र कुनै पनि देशबाट अर्को देशको सुरक्षामा अतिक्रमण हुन दिँदैनौँ ।’

‘जब हामी चीनसँग सम्झौता गर्छौं, हाम्रा हितहरू सुरक्षित रहेको हामी पक्का गर्छौँ’, महतले थप भनेका छन्, ‘भारतसँगको सम्बन्धमा पनि हाम्रो हित सुरक्षित रहेको सुनिश्चित हुनेछ । यो सिद्धान्त पालना गर्यौं भने हाम्रो हितमा कसैले अतिक्रमण गर्न सक्दैन ।’

भारतीय विदेशमन्त्री एक जयशंकरसँग कोरोना खोप, सीमा समस्या र भारतीय सीमा सुरक्षाकर्मीले तुइन काटेर महाकाली नदीमा नेपाली युवालाई खसाएको घटनाबारे कुराकानी भएको पनि महतले डब्लुआइओएन न्यूजलाई जानकारी दिए ।

‘यी साना मुद्दाहरू जस्तै लाग्न सक्छन् तर यसले नेपाली जनताको भावनामा ठूलो असर पार्नेछ’, महतले अन्तवार्तामा भनेका छन्, ‘यसमा भारत केही सकारात्मक सन्देशसहित आयो भने दुई देशबीच उच्चस्तरको सम्बन्ध निर्माणमा मद्दत पुग्नेछ ।’ मधेसवानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री चीन जान लागेका बेला भारतीय र अमेरिकी सुरक्षा प्रमुख नेपालमा सक्रिय
  • २०७८ आश्विन २६, मंगलवार ०९:११
  • In "BannerNews"
  • चिनलाई अर्को तनाव अमेरिका , भारत सहित चार देशले मिलाए हाथ
  • २०७८ आश्विन २६, मंगलवार ०९:११
  • In "अन्तराष्ट्रिय"
  • नयाँ सरकार र नेपाल भारत सम्बन्ध
  • २०७८ आश्विन २६, मंगलवार ०९:११
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

दशैंबारे जान्नैपर्ने पाँच तथ्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version