• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दशैंबारे जान्नैपर्ने पाँच तथ्य


दशैंबारे जान्नैपर्ने पाँच तथ्य

दशैंबारे मैले अखबारी लेखहरू तथा आफ्ना विभिन्न पुस्तकहरूमा लेखिसकेको छु । यद्यपि अहिले पनि दशैंबारे धेरै भ्रम व्याप्त छ । मानिसहरूले तथ्य र प्रमाणविनै आ–आफ्नो तरिकाले यो चाड कसरी सुरु भयो, कहिलेदेखि सुरु भयोजस्ता तर्क पेश गर्दै आएका छन् । यसले गर्दा सामान्यजनदेखि प्रबुद्ध व्यक्तिलाई समेत भ्रम पर्न गएको छ । पाठकको सहजताका लागि दशैंबारे अति सामान्य केही कुरा बुँदागत रूपमा उल्लेख गरेको छु :

१. दशैं मुख्यतः सामरिक चाड हो । समर अर्थात् लडाइँ, काटमार तथा बलिसँग दशैं बढी सम्बन्धित छ । हाम्रो धर्मशास्त्रअनुसार चारै वर्णको आ–आफ्ना प्रमुख चाड छन् । जस्तोः ब्राह्मणको लागि जनैपूर्णिमा, क्षेत्रीको दशैं, वैश्यको लक्ष्मीपूजा र शुद्रको फागुपूर्णिमा । यसर्थ ब्राह्मणले दशैं नमाने पनि अपराध हुँदैन । ब्राह्मणको सबैभन्दा विशिष्ट चाड जनैपूर्णिमा (जसलाई ऋषितर्पणी पनि भनिन्छ) हो ।

आज दशैं बहुसंख्यक नेपालीको चाड भएपनि प्राचीन वाङ्मयमा जनैपूर्णिमा, तिहार र फागुका दाँजोमा दशैंको चर्चा निकै कममात्र भेटिन्छ । हामीले तीनै प्राप्त प्रमाणका आधारमा दशैंबारे चर्चा गर्यौं भनेमात्र सहीसत्य थाहा हुन्छ ।

महानवमीका दिन हतियार पूजा गर्नु भनेको अर्को राज्यमा आक्रमण जानका लागि तयारी गर्नु हो । मध्यकालमा वर्षा सकिएपछि शरद ऋतुमा खोलानाला सफा हुने भएकाले अर्को राज्यमा आक्रमण जाने चलन थियो ।

२. पुराना अभिलेख केलाएर हेर्दा नेपालमा दशैं मान्ने गरेको सन्दर्भ वि.सं १४३२ सम्म पुर्याउन सकिन्छ । कतिले पृथ्वीनारायण शाहपछि मात्र राज्यले संस्थागत रूपमा दशैं मनाउन थालेका हुन् भन्छन् । तर मल्ल राजाहरूले आफ्नो दरबारमा धूमधामसँग दशैं मनाएको प्रमाण प्रशस्त छन् ।

– यता लिच्छवीकालका अभिलेखमा दशैंको चर्चा खासै नआएको भएपनि वि.सं ५६० को राजा मानदेवकामे पालाको एउटा शिलालेखमा भगवतीको चर्चा आएको छ । योभन्दा धेरै प्रमाण त्यतिबेलाको समयको भेटिएको छैन ।

– यस्तै नेपाल संवत् ७९८ तदनुसार वि.सं. १७३५ को विजयादशमी अर्थात् दशैंको टीकाको दिन मल्ल राजा नृपेन्द्र मल्ल र गोरखाली राजा पृथ्वीपति शाहले हनूमान्ढोका दरबारको मोहनचोकमा मीत लाएका थिए । यसबाट यी दुवै राजाले दशैंलाई कति महत्त्व दिन्थे भन्ने बुझिन्छ ।

– मल्लकालमा राजा र राज्य भनेको एकै थिए । पश्चिमा देशमा जस्तो राजा र राज्यको सम्पत्ति फरक–फरक हुने भन्ने थिएन । यसैले राजाले दशैं मनाउनु भनेको समग्र राज्यले नै हर्षबढाइँका साथ दशैं मनाउनु हो । पृथ्वीनारायण शाह काठमाडौं आएपछि भने दशैंको फूलपातिले विशेष महत्त्व पायो । कर्मचारीलाई बिदा दिने, फौजलाई विशेष भत्ता वा दशैं खर्च दिने चलन सुरु भएको भन्न सकिन्छ । अर्थात् विस्तारै दशैंले समाजमा बढी महत्त्व पायो ।

३. अक्सर दशैं मनाउँदा नेवारहरूले फूलपाती गर्दैनन् भन्ने कुरा पनि चल्दै आएको छ । तर काठमाडौं खाल्डोमा उनीहरूले फूलपाती मनाएका केही तथ्य र प्रमाण भेटिएको छ । ने.सं. ७८९ तदनुसार वि.सं १७२६ मा आश्विन शुक्लसप्तमीका दिन पत्रिकास्थापन अर्थात् फूलपातीको विधि गरिएको कुरा एउटा टिपोटमा आएको छ ।  साथै मल्लकालमा लेखिएको ‘वर्षक्रिया’ भत्रे पद्धतिको पुस्तकमा फूलपातीको चर्चा आएकाले उनीहरू फूलपाती मान्दै मान्दैनथे भन्न गाह्रो छ । (यो कुरा गौतमवज्र वज्राचार्यको ‘हनुमानढोका राजदरबार २०३३’ पुस्तकको पृष्ठ १८६–१८७ मा उल्लेख छ)

४. महानवमीका दिन हतियार पूजा गर्नु भनेको अर्को राज्यमा आक्रमण जानका लागि तयारी गर्नु हो । मध्यकालमा वर्षा सकिएपछि शरद ऋतुमा खोलानाला सफा हुने भएकाले अर्को राज्यमा आक्रमण जाने चलन थियो । शरद ऋतुमा विजिगीषु राजाहरूले विजययात्रा गर्ने कुराको बयान काव्यहरूमा पाइन्छ । दशैं यो पाटोबाट हेर्दा राज्यविस्तार गर्ने उत्सव हो । (यो कुरा कालिदासको काव्य रघुवंशको (४।२४–२६) मा उल्लेख गरेकाले यसलाई उदाहरण मान्न सकिन्छ)

अर्कोतिर दशैंका विभिन्न दिनमा क्रमशः हात्तीको पूजा गर्ने, घोडाको पूजा गर्ने प्रमाण सातौं शताब्दीतिरै भेटिन्छ ।

– ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ७८६ तदनुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा उनले दरबारमा मूलचोक तयार पारी, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाको लागि मन्दिर बनाएको उल्लेख छ । त्यहाँ बर्सेनि महानवमीको पूजा चलाउनको लागि एक ठाउँको करबाट आउने रकम पनि श्रीनिवास मल्लले छुट्टायाए ।

५. कतिपयले दशैंमा बजाइने ‘मालश्री’ धुन नेपाल भाषाको म्यालीबाट आएको हो भनेका छन् । म्याली भनेको सहनाई हो । यो गलत हो । मालश्री धुन हाम्रो प्राचीन संस्कृत वाङ्मयमै उल्लेख छ । अर्र्कोतिर एकथरि नेवारहरू दशैं भनेको अर्कै हो, मोहनी भनेको अर्कै हो भन्छन् । खासमा दशैं भनेको दशमी शब्दको अपभ्रंस हो । मोहनी भनेको महानवमीको अपभ्रंस हो ।

(इतिहासकार पन्तसँग निर्भीकजंग रायमाझीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • किरण साह, जसले पाकिस्तान जस्तो ठाउँलाई हिन्दुस्तान जस्तो वनाए
  • २०७८ आश्विन २६, मंगलवार ०९:३८
  • In "BannerNews"
  • सुरु भयो दशैं : आज बिहान ११ः ४६ बजे घटस्थापनाको शुभ साइत
  • २०७८ आश्विन २६, मंगलवार ०९:३८
  • In "देश"
  • चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
  • २०७८ आश्विन २६, मंगलवार ०९:३८
  • In "लुम्बिनी प्रदेश"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

नेपाल-चीन सिमा बिवाद बारे आएको प्रतिवेदनले के भन्छ चिन ?

सप्तरीका साधुको धनुषामा तपस्या, शरीरमाथि उमारे जमरा

अमेरिकी राजदूतले चंगा उडाउँदै दिए दशैंको शुभकामना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version