• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री चीन जान लागेका बेला भारतीय र अमेरिकी सुरक्षा प्रमुख नेपालमा सक्रिय


प्रधानमन्त्री चीन जान लागेका बेला भारतीय र अमेरिकी सुरक्षा प्रमुख नेपालमा सक्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारी गरिरहेका बेला विदेशस्थित सुरक्षा निकायमा उच्च अधिकारी नेपालमा आएका र आउने क्रममा रहेका छन्।

अमेरिका र भारतका उच्च सैनिक अधिकारीहरू नेपालमा आइसकेका र आउने क्रममा रहेका हुन्। अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड यतिबेला नेपालमै छन् भने आगामी मंसिर ५ गते भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउँदैछन्।

त्यसअघि भारतीय सीमा सुरक्षा बलका महानिर्देशक अमृतमोहन प्रसाद मंसिर ३० मा नेपाल आउँदैछन्।

यी दुई देशका उच्च सैनिक अधिकारीको नेपाल भ्रमणलाई लिएर नेपाली राजनीतिमा विभिन्न शंका उपशंकाहरु उब्जिन थालेका छन्।

दुई दिन अघि मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेनाका जनरल रडको नेपाल भ्रमण अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने उद्देश्यले भएका आशंका गरेका थिए।

उनले विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै अब सम्झौता गर्न सक्ने बताएका थिए। तर उनी नेपाली सेनाको आग्रहमा आएको सैनिक मुख्यालयले जनाएको छ। यो विषयमा रक्षामन्त्री मानवीर राईले पनि अमेरिकी जनरलको भ्रमण विशुद्ध औपचारिक भएको स्पष्टीकरण दिइसकेका छन्।

जर्नेल रडले नेपाल भ्रमणको क्रममा नेपाल सरकार तथा नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटघाट गरिरहेका छन्। अमेरिकी जनरलको नेपाल भ्रमणलाई लिएर प्रश्न उठेपछि रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको स्पष्टीकरण दिएका थिए।

यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीन भ्रमणको तयारी गरिरहेका छन्। परराष्ट्रका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २-६ डिसेम्बर (मंसिर १७ देखि २१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका छन्।

प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो। यसअघि संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका गए पनि यो पहिलो औपचारिक विदेश भ्रमण हो।

हालै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको सम्बन्धले दक्षिण एशियाको भूराजनीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएका बेला यी दुई देशका उच्च सैनिक अधिकारीको नेपाल भ्रमणले नेपालमा राजनीतिक चासो बढेको हो।

प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला चीनसँग पाइपलाइनमा रहेको बीआरआई सम्झौता अगाडि बढाइने विषयलाई अहिले भारत र अमेरिकाले नजिकबाट अवलोकन गरिरहेका छन्।

भारत र अमेरिका नेपालले चीनसँग बीआरआई सम्झौता नगरोस् भन्ने पक्षमा छन्। बीआरआई नेपाललाई मात्र लक्षित गरी बनाइएको परियोजना नभएको उनीहरुको तर्क छ।

यो चिनियाँ परियोजनामा मुख्य छिमेकी मुलुकको हैसियतमा के कस्ता सम्भावना र चुनौती देखिएका छन् र नेपाल सरकार र चिनियाँ सरकारले नेपालको सन्दर्भ बीआरआईलाई कसरी लिएका छन् भन्ने कुरामा भारत र अमेरिकाको चासो छ। चीनका २० वटा मुलुक नेपाल जस्तै गरी सीमाना जोडिएका छिमेकी मुलुक छन्।

आर्थिक र सामरिक हिसाबले ठूलो महत्व राख्ने र सुरक्षाका दृष्टिले समेत अत्यन्त चुनौतीपूर्ण हुने भारतको ठहर छ। भारतको यो कुरा अमेरिकाले पनि स्वीकारी सकेको छ।

अमेरिकाले पनि बीआरआई सम्झौता होस भन्ने चाहेको छैन। एसिएन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंक र सिल्करोड फन्डको सहभागितामा आर्थिक परिचालन गर्ने गरी अगाडि बढाइने यो परियोजनामा सबै छिमेकी मुलुकहरूको सहभागिता हुने कुरामा भारत र अमेरिकाले चासो दिएका छन्।

उनीहरुले गरेको यो आशंकामाथि नेपालका प्रतिपक्षी दलका नेताको चासो देखिएको छ। यसैले माओवादीका अध्यक्ष प्रचण्डले एसपीपीको कुरा उठाएका हुन्।

यहीबीचमा नेपाल-भारत शान्ति सुरक्षा लगायतका विषयमा छलफल गर्न भारतीय थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी मंसिर ५ गते नेपाल आउन लागका हुन्। नाभेम्बर २० दाख २५ सम्म उनले नेपाल भ्रमण गर्न भएका हुन्।

यस्त भारताय सशस्त्र सामा बल (एसएसबा) का महानिर्देशक अमृत मोहनप्रसाद पनि मंसिर ३० मा नेपाल आउने कार्यक्रम तय भएको छ। अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल रड अहिले नेपालमै छन्। उनी अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर हुन्।

अमेरिकी दूतावासले दिएको जानकारी अनुसार जर्नेल रड एक सेमिनारमा सहभागी हुन आएका हुन्।

जर्नेल रडले नेपाल भ्रमणको क्रममा नेपाल सरकार तथा नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटघाट गरिरहेका छन्। अमेरिकी जनरलको नेपाल भ्रमणलाई लिएर प्रश्न उठेपछि रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको स्पष्टीकरण दिएका थिए।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर सोधेकी थिइन्। जवाफ दिँदै राईले एक जना रथी नेपाल भ्रमणमा आएको अन्य दलबलसहित नआएको बताएका थिए।

खासमा ओलीको चीन भ्रमणलाई लिएर अमेरिका र भारतले नेपालमा आफ्ना सुरक्षा अधिकारीहरू पठाएको विपक्षी दलको बुझाइ छ। चीन भ्रमणका क्रममा बीआरआई परियोजनाका विषयमा छलफल हुने भनिएको छ।

ओली यही उद्देश्य लिएर चीन भ्रमणमा जान लागेको पनि बताइएको छ। बीआरआई परियोजनामा चाँडै सहमति गर्नुपर्ने नेकपा माओवादीको पनि चाहना छ। कांग्रेस ऋण नभइ अनुदानका रुपमा बीआरआईमा सहमति हुनुपर्ने पक्षमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

भ्रष्टार मुद्दामा सिराहाको कर्जन्हाका पूर्वमेयर पासवानसहित पाँचजना दोषी ठहर

एक इमान्दार कर्मचारीको हुर्मत लिएको मधेश सरकार, बढुवाको एकवर्षपछि जिम्मेबारी

डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई राष्ट्रिय खुफिया निर्देशकमा नियुक्त गरे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version