गणेश साह, सिरहा : गोलबजारमा रहेको ग्रिन ल्याण्ड होटलबाट यौ’नधन्दामा संलग्न दुई यूवतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई यूवतीसंग दुई यूवक रंगे’हात पक्राउ परेपछि प्रहरीले होटल संचालकद्वय जीवछ साह र राजकुमार साहलाई पनि पक्राउ गरेको हो । यूवतीसंग सतिश महरा र राजन पासवान बसेका थिए । उनी दबै जनालाई समेत पक्राउ गरिएको छ ।
पक्राउ परेकी यूवतीको पहिचान गोप्य राखिएको छ । यौनधन्दा भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेको बताइएको छ । पक्राउ परेका सबैलाई कानुन बमोजिम कारबाही गरिने गोलबजार प्रहरीले जनाएको छ ।














