• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ फोन नकिन्न र भएको फोन छिटो फाल्न सुझाव !


चिनियाँ फोन नकिन्न र भएको फोन छिटो फाल्न सुझाव !

लिथुएनियाको रक्षा मन्त्रालयले उपभोक्ताहरूले तिनको चिनियाँ फोन ‘फाल्नु पर्ने र नयाँ किन्न नहुने’ बताएको छ । त्यहाँको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकहरूका फाइभजी मोबाइल फोनहरूको परीक्षण गरेको थियो ।

अनुसन्धानकर्ताहरूले अध्ययन गरेका एउटा शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने औजारहरू जडान रहेको र अर्को हुआवेई मोडेलको फोनमा सजिलै साइबर आक्रमण हुन सक्ने फेला पारेका थिए । हुआवेईले प्रयोगकर्ताहरूको तथ्याङ्क र जानकारी फोनबाट बाहिर पठाउने नगरिएको जनाएको छ । लिथुएनियाका रक्षा उपमन्त्री मार्गिरिस अबुकेभिसिअसले भने, ‘नयाँ चिनियाँ फोन नकिन्न र आफूसँग भएको फोन पनि सकेसम्म छिटो त्याग गरिहाल्नु पर्छ भन्ने हाम्रो सुझाव छ ।’

सेन्सरशिप
लिथुएनियामा गरिएको अध्ययनको प्रतिवेदनका अनुसार शिआओमीको सर्वाधिक चर्चित मी टेनटि फाइभजी फोनमा यस्तो सफ्टवेअरहरू रहेको पाइयो जस्ले तिब्बती स्वतन्त्रता सम्बन्धी नारा ‘फ्रि टिबेट’, ताइवानको स्वतन्त्रता सम्बन्धी ‘लङ लिभ ताइवान इन्डिपेन्डेन्स’ वा प्रजातान्त्रिक आन्दोलन जनाउने ‘डिमोक्रेसी मुभमेन्ट’ जस्ता शब्दहरूलाई पत्ता लगाउने र सेन्सर गर्ने क्षमता राख्दछन् ।उक्त फोनमा रहेका प्रणालीगत एप र ब्राउजरले ४४९ भन्दाबढी शब्दावलीहरू सेन्सर गर्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनको विवरणबारे टिप्पणीका लागि गरिएको बीबीसीको प्रयासमा शिआओमीले प्रतिक्रिया जनाइसकेको छैन । शिआओमीका फोनहरूले फोन प्रयोग सम्बन्धी डेटा सिंगापुरस्थित सर्भरमा पठाउने गरेको पनि अध्ययनका क्रममा पत्ता लागेको जनाइएको छ ।हुआवेइको पीफोर्टी फाइभजी फोनमा रहेको खराबीको बारेमा पनि उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कमजोरीका कारण प्रयोगकर्ताको फोनमा साइबर हमला हुनसक्ने जोखिम रहन्छ ।

नियम
हुआवेइका एकजना प्रवक्ताले आफू जुन देशमा सञ्चालनमा रहेको हो त्यो देशको नियम कानुन कम्पनीले पालना गर्ने गरेको, साइबर सुरक्षा र गोपनीयताको विषयलाई प्राथमिकतामा राख्ने गरेको बताएका छन् । उनले भने, ‘प्रयोगकर्ताहरूको डेटा तिनीहरूको फोनभन्दा बाहिर कतै कहिल्यै पनि प्रशोधन गर्ने गरिँदैन ।’

वानप्लसको एउटा फाइभजी मोडलको फोन पनि उक्त अनुसन्धानकर्ताहरूको टोलीले परीक्षण गरेको थियो तर त्यसमा कुनै समस्या फेला नपरेको तिनीहरूले बताएका छन् । यो पछिल्लो विवरण लिथुएनिया र चीनबीच तनावमा बृद्धि भैरहेको समयमा आएको छ । गत महिना चीनले लिथुएनियाको राजधानी भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलाउने भन्दै उस्ले पनि बेइजिङबाट आफ्नो राजदूत फिर्ता लग्नु पर्ने माग गरेको थियो ।

ताइवानले लिथुएनियास्थित आफ्नो दूतावासलाई ताइवानी प्रतिनिधिको कार्यालय भनेर नामकरण गर्ने घोषणा गरेपछि उक्त पछिल्लो विवाद सिर्जना भएको थियो । युरोप र अमेरिकामा रहेका ताइवानी दूतावासहरूले विवाद नहोस् भनेर देशको सट्टा राजधानी ताइपेइको नामको प्रयोग गर्ने गर्दछन् । चीनले ताइवानलाई आफ्नो भूभाग मान्ने गर्दछ । – बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ फोन , डिभाइसबाट सेन्सरसिपको खतरा ; देशको सुरक्षामा चुनौती फोन फ्याक्न निर्देशन
  • २०७८ आश्विन ६, बुधबार २२:२०
  • In "समाचार"
  • चिनियाँ मोबाइलले साईबर आक्रमण गर्छन् भन्दै चिनियाँ मोबाइल प्रयोग नगर्न निर्देशन
  • २०७८ आश्विन ६, बुधबार २२:२०
  • In "अन्तराष्ट्रिय"
  • हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?
  • २०७८ आश्विन ६, बुधबार २२:२०
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

Next Post

बेलायतमा नेपाली दूतावासद्वारा घुम्ती सेवा सञ्चालन

धानको समर्थन मूल्य तोकियो, कुनको कति ?

कुवेतमा यसरी ठगिए सिरहाका राजकुमार, न्याय अझै नपाएको गुनासो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version