• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कुवेतमा यसरी ठगिए सिरहाका राजकुमार, न्याय अझै नपाएको गुनासो


कुवेतमा यसरी ठगिए सिरहाका राजकुमार, न्याय अझै नपाएको गुनासो

 राजकुमार साह 

सिराहा । मान्छे केही पैसा कमाइ होला भनेर विदेश जान्छन् । त्यहाँ गएर कमाउँछन् । घरपिरवारमा खुसी छाउँछ । मैले पनि त्यही सोचेको थिएँ । त्यही सपना बोकेर लाखौँ रुपैयाँ खर्चि विदेश गएँ । तर मेरो भागमा भने कमाइ र खुसी केही परेन । उल्टै आँखामा आँसु र मनमा दुःखको भारी लिएर घर फर्किनुपर्‍यो ।

नेपालमा बेरोजगार बस्नुभन्दा केही कमाइ हुन्छ कि भनेर ऋनदान गरेर वैदेशिक रोजगारीमा जाने सोचेको थिएँ । सन् २०१९ को अन्तिमतिर गाउँकै एकजना चिनेको मान्छेको हातमा सात लाख रुपैयाँ बुझाएँ । उनले मलाई कुवेतमा राम्रो काममा पठाइदिन्छु कमाइ पनि राम्रै हुन्छ भनेका थिए । त्यो मान्छेमार्फत मभन्दा पहिले पनि गाउँकै अरु साथीभाइहरु गएका थिए । मलाई विश्वास लाग्यो । पैसा बढी मागेको थियो तर कमाइ र काम दुवै राम्रो हुने भनेपछि मैले पनि मागे जति रकम बुझाएँ ।

कुवेत लग्यो । एजेण्टले मसहित ६ जनालाई सँगै कुवेत पुर्याएको थियो । त्यहाँ लिएर उनीहरुले भाडामा लिएको होटलमा राख्यो । एक दुई दिन त राम्ररी राख्यो । मुख्य एजेण्ट कपिलदेव यादव त कुवेतमै रहेछ । दुई दिनपछि त्योसँग पनि सम्पर्क हुन छाड्यो । त्यसपछि हामीहरु एक वर्षसम्म काम पाउने आशामा बस्दै गयौँ । बेलाबेला कपिलदेवसँग फोनमा कुरा हुन्थ्यो ।

काम लाग्छ मात्र भन्थ्यो तर वर्ष दिन बित्दा पनि काम लगाएन । कहिले त्यहाँ रहेका नेपाली साथीहरुले सहयोग गर्नुहुन्थ्यो । खाने कुरा ल्याइदिनुहुन्थ्यो । त्यसरी समय बित्दै थियो, त्यो बीचमा अवैधानिक विदेशीलाई कुवेत सरकारले आम–माफी दिने निर्णय गर्यो । त्यही मौका पारेर म घर फर्किएँ । घर फर्किनको लागि पनि मसँग पैसा त थिएन । केही पैसा साथीभाइसँग र केही घरबाट मागेर नेपाल फर्केँ ।

हामीहरुको लागि सानो रकम होइन । खल्तीमा दश रुपैयाँ हुँदा त कति खुसी लाग्छ, त्यो सात लाख रुपैयाँ डुब्दा कस्तो भएको होला मन रु त्यसैमाथि न्याय पाउँ भनेर उजुरी गर्दा पनि ऋण लिनुपर्ने अवस्था आउन थालिसक्यो । वैदेशिक रोजगारीका ठगी जिल्ला प्रशासनबाटै समाधान हुन्छन् भन्ने सुनेको थिएँ । तर मैले धेरै पटक धाइसकेँ जिल्ला प्रशासन कार्यालय । जिल्लाको कर्मचारीले पनि वैदेशिक रोजगार विभाग पुगेर हेर्नुस् भनेपछि म तीन तीन पटक काठमाण्डौ पुगिसकेँ । सिराहाबाट काठमाण्डौ आउजाउ गर्नमै धेरै पैसा सकिसक्यो । यहाँ आफ्नो कोही छैनन् । होटलमै बस्ने होटलमै खाने हो ।

मसँग एजेण्टलाई पैसा बुझाएको प्रमाणस्वरुप बैंकको भौचर छ । त्यसमा वैदेशिक रोजगारीको लागि भनेर प्रष्ट खुलाएको पनि छु । वैदेशिक रोजगार विभागले पनि पक्राउ पुर्जी पठाएको छ भनेको छ तर कहिले पक्राउ गर्ने हो, मेरो पैसा कहिले मेरो हातमा पर्ने हो, अझै कति दिन दुःख पाउनुपर्ने हो थाहा छैन ।

फसेको पैसा हातमा आए फेरि कुनै देश जान हुन्थ्यो, एक पटक एजेण्टको पछि लाग्दा दुःख पाएँ अब त राम्रो म्यानपावर कम्पनीबाटै जाने थिएँ । बुझेर जाने थिएँ । तर त्यत्रो पैसा कहिले हात लाग्छ थाहा छैन । कहिलेकाहीँ त लाग्छ टाउको ठोकेर मरिदिउँ तर त्यसो गरेर पनि पैसा त पाइने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो
  • २०७८ आश्विन ६, बुधबार २२:२७
  • In "BannerNews"
  • अलविदा उत्सव ! मिस यु !
  • २०७८ आश्विन ६, बुधबार २२:२७
  • In "जीवनशैली"
  • काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन
  • २०७८ आश्विन ६, बुधबार २२:२७
  • In "BannerNews"
Tags: #world#अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

जनकपुरमा तस्करीका समानसहित दुई जना पक्राउ

२७ करोड सकेपछि काम नलाग्ने भयो स्मार्ट लाइसेन्स, २१ लाख चालकको हातको लाइसेन्स अब के हुन्छ ?

विनियोजन विधेयक प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा, बजेट होलिडे अन्त्य

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version