No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लुम्विनीमा नक्कली नागरिकता बनाएर अर्कैको जग्गा विक्री

लुम्विनीमा नक्कली नागरिकता बनाएर अर्कैको जग्गा विक्री

ग्लोबल बैंकबाट समेत डेढ करोड ऋण

  • वडा अध्यक्षको मिलेमतोमा जग्गा बेचिएको पीडितको आरोप

लुम्विनी : लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्वर १० मधुवनी स्थायी घर भएका ७० वर्षीय गरिब कोहार आफ्नो जग्गा विक्रीका लागि वडा कार्यालयमा सिफारिस लिन पुगे । ऋण निकाल्न चार किल्ला सिफारिस लिन पुगेका कोहारले वडाबाट सिफारिस पाएनन् । वडा अध्यक्ष रमजान अलि मियाँले आफूलाई सिफारिस दिन नमानेको कोहार सुनाउँछन् ।

वडाले दिएको सिफारिस ।

सिफारिस नपाएपछि निरास भएर वडा कार्यालयबाट फर्किए । आफ्नै जग्गाको सिफारिस लिन खोज्दा वडाले किन दिएन ? उनको मनमा कौतुहल्ता जाग्यो । कुरा बुझ्दै गए । छिमेकी र जानेबुझेकासित उनले आफ्नो पीडा पोखे । रहस्य बुझ्दै जाँदा कोहारले थाहाँ पाए आफ्नो जग्गा नक्कली नागरिकता बनाएर विक्री भइसकेछ । खबर सुन्दा कोहार ‘छाँगाबाट’ खसेजस्तो भए ।

लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्वर १० महिलवार बजारदेखि १ किलोमिटर दक्षिणतर्फ उनको १० कठ्ठा १६ धुर जग्गा छ । कित्ता नम्वर ४ सय ८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्वर ५ सय ७ मा १ कठ्ठा १६ धुर जग्गा कोहारको नाममा छ । हाल उक्त क्षेत्रमा प्रति कठ्ठा तीस लाख रुपैयाँमा जग्गा विक्री भइरहेको स्थानीय बताउँछन् ।

नक्कली गरिब कोहारले योजनाबद्ध रुपमा उक्त जग्गा विक्री गरेको पाइएको छ । वडा कार्यालयले नक्कली गरिबलाई २०७७ माघ २५ गते जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि दिनु भनि मालपोत कार्यालय सिद्धार्थनगर रुपन्देहीलाई फोटो टाँसेर सिफारिस दिएको छ । २०७७ फागुन १८ गते वडा कार्यालयले चारकिल्ला र नागरिकता प्रतिलिपी सिफारिस दिएको छ । प्रतिलिपी निकालेर उक्त जग्गा नक्कली गरिबले २०७७ फागुन १८ गते मदनपोखरा ४ पाल्पा निवासी सन्दिप कार्कीलाई विक्री गरेका छन् । सन्दिपले १९ लाख ६७ हजार रुपैयाँ मालपोत कार्यालयमा थैली राखेर जग्गा खरिद गरेका छन् ।

सक्कली नागरिकता ।

सोही जग्गा सन्दिप कार्कीले दुई महिना नवित्दै २०७८ वैशाख १२ गते यशोधरा गाउँपालिका ८ कपिलवस्तु निवासी गोबिन्द प्रसाद मल्लाहलाई १ करोड ९५ लाख रुपैयाँको थैली राखेर विक्री गरेका छन् । गोबिन्दले ऋण निकाल्नका लागि जग्गा बैंकमा धितो राख्ने उद्देश्यले थैली धेरै राखेको बुझिएको छ । २०७८ साउन १२ गते गोबिन्दले जग्गा धितो राखी १ करोड ५० लाख रुपैयाँ ग्लोबल आइएमई बैंक तौलिहवा शाखाबाट ऋण लिएका छन् । तर, नक्कली नागरिकता बनाउने गरिब कोहार को हुन् ? अझै पत्तो लागेको छैन् । उनको फोटो वडाले दिएको सिफारिस र नागरिकतामा देखिएपनि स्थानीयबासीले समेत उनको पहिचान गर्न सकेका छैनन् ।

सक्कली नागरिकता ।

किर्ते गर्ने व्यक्तिको पहिचान र सिफारिस दिने वडा अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । ‘अनुसन्धान चलिरहेको छ’,उनले भने,‘किटानी जाहेर भएका व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ ।’

आफ्नो जग्गा अर्कैले नागरिकता नक्कली बनाएर विक्री गरी बैंकबाट ऋण लिदासमेत बेखबर बनेका कोहारले आवश्यक छानबीन गरी दोषीलाई कारवाहीको माग गर्दै मालपोत कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी सहित उजुरी दिएका छन् ।

उनको जोहरीमा आफ्नो जग्गा विक्री गर्ने मुख्य योजनाकार वडा अध्यक्ष रमजान अलि मियाँलाई दोषी लगाइएको छ । कोहारको ससुराली नेपाल भारत सिमानाका कालीदहदेखि १० किलोमिटर कोहरपुरवामा पर्छ । उनी विगत १५ वर्षदेखि ससुराली र घर आउनेजाने गर्छन् । नियमित घरमा नबसेको देखेपछि जग्गा खरिद विक्री गर्न वडा अध्यक्षले चलखेल गरेको कोहारको आरोप छ ।

‘मेरो जग्गा बेचिदिने वडा अध्यक्ष रामजान अलि मियाँ हो’,गरिबले भने,‘मलाई सिफारिस दिएन, बुझ्दै गएपछि थाहाँ भयो जग्गा विक्री भइसकेको रहेछ । उसलाई कारबाही हुनुपर्छ ।’ उनका दुई छोरा छन् । उनीहरु पनि धेरैजसो मामाघरमा बस्छन् । घरमा नभएको मौका छोपेर कोहारको जग्गामा किर्ते गर्नेहरुको आँखा लागेका हुन् ।

पीडित कोहारले भदौ २० गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा किर्तेमा संलग्न भएको भन्दै सात जना विरुद्ध किटानी सहित जाहेरी गरेका छन् । वडा अध्यक्ष रमजान अलि मियाँ, तानसेन नगरपालिका वडा नम्वर ८ साविक मदनपाखेरा ४ निवासी ३१ वर्षीय सन्दिप कार्की, सियारी गाउँपालिका १ सोनारत निवासी ६० वर्षीय भागवत प्रसाद उपाध्याय, विहादी गाउँपालिका ५ पर्वत निवासी २७ वर्षीय सुरज आचार्य, सियारी गाउँपालिका १ रुपन्देही निवासी २५ वर्षीय राजन तिवारी, सिद्धार्थनगर नगरपालिका १२ निवासी मालपोत कार्यालयमा कार्यरत ४५ वर्षीय डण्डपानी न्यौपाने र यशोधरा गाउँपालिका ८ कपिलवस्तु निवासी ४० वर्षीय गोविन्द प्रसाद मल्लाहका नाममा किटानी जाहेरी दिइएको छ ।

प्रहरीले लेखापढी व्यवसायी भागवत प्रसाद उपाध्याय र जग्गा खरिद गर्ने गोविन्द प्रसाद मल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । उपाध्याय लेखापढी व्यवसायी भैरहवा इकाइ समितिका अध्यक्ष समेत हुन् । किर्ते गर्नेमा सवैभन्दा मुख्य योजनाकारको रुपमा वडा अध्यक्षकै संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । ‘वडा अध्यक्षले आफ्ना नागरिक को सक्कली, को नक्कली भन्ने पनि नचिन्ने हुन्छ ?’,स्थानीय एवं लुम्विनी होटल एशोसियसनका सदस्य ३८ वर्षीय घनश्याम गुप्ताले भने,‘यसमा सवै चलखेल वडा अध्यक्षको हो । प्रहरी प्रशासनले निष्पक्ष छानबीन गरेर कारबाही गर्नुपर्छ ।’ उनी गरिब कोहारका सँधियार समेत हुन् । वडाले चारकिल्ला सिफारिस दिँदा उनको नाम र कित्ता नम्वर समेत राखेको छैन् ।

वडा अध्यक्ष मियाँ दुई दिनदेखि सम्पर्क विहिन रहेको स्थानीयले बताए । किटानी सहित जाहेरी दिँदा समेत प्रहरीले वडा अध्यक्षलाई प्रक्राउ गर्न आनाकानी गरेको पीडितको आरोप छ । वडा अध्यक्ष मियाँ भर्खरै निर्वाचित नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका छन् ।
विहिवार कार्यालय समयभित्र वडा कार्यालयमा पुग्दा वडा अध्यक्ष कार्यालयमा थिएनन् । कार्यालयमा ताल्चा लागेको थियो । वडा सचिव महाशर्माले वडा अध्यक्ष आफूहरुको सम्पर्कमा नभएको जानकारी गराए । ‘कहाँ हुनुहुन्छ मलाई कुनै खबर छैन्’,उनले भने,‘वडाबाट सिफारिसका कामहरु भएका छैनन्, भोली नगरपालिकामा गएर समस्या राख्छु ।’

मालपोत कार्यालय भैरहवाका मालपोत अधिकृत नारायण घर्तीले कानुन अनुसार कागजात पुरागरेपछि जग्गा पास र रोक्का गरिएको प्रतिक्रिया दिए । ‘प्रतिलिपी निकालिएको नागरिकतामा कुनै पनि विवरण गलत देखिदैनन्’,घर्तीले भने,‘कार्यालयले शंका गर्ने र काम नगरिदिने ठाउँ नै भेटिदैन् । पछि किर्ते गरेको भन्ने थाहाँ पाएपछि चकित परेका छौँ ।’ उनले नागरिकता नक्कली र सक्कली थाहाँ पाउने प्रविधि कार्यालयमा नहुँदा समस्या भएको गुनासो गरे । सक्कली गरिब कोहार ७० वर्षका भए । तर, नक्कली गरिब कोहारको वडाले दिएको सिफारिसको फोटोमा अन्दाजी ३४÷३५ वर्षको देखिन्छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अर्कै फोटो टाँसेर गरिब कोहारकै नाममा प्रथम प्रतिलिपी नागरिकता जारी भएको छ । उक्त नागरिकतामा प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ । तर, प्रशासनमा भने नागरिकताको प्रतिलिपी लिइएको विवरण नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .