No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

काठमाडौं । धनुषाको एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेको मध्येबाट २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ मदिरामै खर्चेको हो । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । तर विदेह नगरपालिकाले खर्च गरेको रकमको बिल पेस गरे पनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न सकेको छैन । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख बेचन दास तथा कर्मचारीले कुपन काटेको आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

नगरप्रमुख दासले एक वर्षमा स्थानीय होटल फुलवारीलाई १२ लाख ८२ हजार २१५ रुपैयाँ, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ रुपैयाँ र शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५ रुपैयाँ भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

सो नगरपालिकाले इन्धनमा दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३ सय ८९ रुपैयाँ खर्चेको छ । सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था रहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी नगर प्रमुख तथा कर्मचारीबाट कुपन काटी कतिपय कुपनमा गाडी नम्बर समेत उल्लेख नगरी मापदण्ड विपरीत सो रकम खर्च गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐनमा पदाधिकारीहरूको लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी कर्मचारी, नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा करारमा भर्ना गरी १३ लाख ९७ हजार ५८० रुपैयाँ खर्च गरेको पाइएको छ ।

विदेह नगरपालिकाले प्रेस सल्लाहकारको नाममा २०७६ साउनदेखि चैतसम्ममा मासिक ३० हजार रुपैयाँका दरले तलबबापत २ लाख ७० हजार रुपैयाँ र चाडपर्व खर्चबापत ३० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, कार्यालय सहायकको नाममा वर्षभरी दैनिक ९ सयका दरले २१३ दिनको तलब बराबर २ लाख ८१ हजार ७०० रुपैयाँ, कार्यालय सहायक बबिना शर्मालाई मासिक १६ हजारका दरले १ लाख ९२ हजार रुपैयाँ, सुरक्षा गार्डको नाममा मासिक १६ हजार रुपैयाँका दरले १ लाख ९२ हजार रुपैयाँ र कानुनी सल्लाहकारको नाममा मासिक ३५ हजार ९९० रुपैयाँको दरले ४ लाख ३१ हजार ८८० रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३(६) बमोजिम प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा मितव्ययिता कायम गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ ।

नगरप्रमुख दासले जनकपुरधाम उपमहानगरपालिकामा २०७५ पुस १ देखि लक्ष्मीदेवी महतोसँग सम्झौता गरी घरभाडामा लिई मासिक १७ हजार रुपैयाँका दरले भुक्तानी गरेको पाइएको छ । नगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिर गई घरभाडामा लिई साउनदेखि वैशाखसम्म १ लाख ७० हजार रुपैयाँ र पानी बिजुली बापत ३३ हजार ६९५ रुपैयाँ भुक्तानी गरेको पाइएको छ । घरभाडाको सम्झौतामा प्रयोजनसमेत नखुलाइएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी नगर प्रमुख दासले आफ्नो घरमा प्रयोग गरिरहेका लाखौं मूल्य बराबरका सामग्रीहरु समेत राज्यकोषको ढुकुटीबाट खरिद गरेको पाइएको छ ।

नगरप्रमुख दासले वासिङ मेसिन, बक्स पलङ, लो बेड, एसी, फ्रिज लगायतका आवासीय प्रयोजनका सामग्रीहरु नगरपालिकाकै पैसाबाट खरिद गरी १५ लाख २८ हजार रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन, २०७७ को दफा ३(१) मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमको रकम नबढ्ने र दोहोरो नपर्ने गरी सुविधा पाउने व्यवस्था रहे पनि उनले ती सबै नियम कानुनलाई मिच्दै आफूखुशी घरायसी प्रयोजनका सामग्रीहरु नगरपालिकाकै खर्चबाट खरिद गरेका छन् । ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

हवाई कम्पनी र पर्यटन क्षेत्रलाई आयकरमा छुटैछुट

ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .