No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजार कोभिड अस्पताललाई हेल्पिङ ह्याण्डकोे ४० लाख बराबरको सामग्री सहयोग

गोलबजार कोभिड अस्पताललाई हेल्पिङ ह्याण्डकोे ४० लाख बराबरको सामग्री सहयोग

संजय यादव, सिरहा
२९ जेठ २०७८
सिरहाको गोलबजार नगरपालिकाले संचालनमा ल्याइएको अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सेवा तथा उद्धार संघ नेपाल (हेसरा नेपाल) नामक संस्था मार्फत डिजिटल ईसीजी मेशिन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरी सहयोग गरेका छन् । कोरोना महामारीको दोस्रो लहर चलिरहेकै बेला डिजिटल इसीजी मेशिन सहित ४० लाख बराबरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हेल्पिङ हयाण्ड फोर रिलिफ एण्ड डेभलपमेण्टका कार्यकारी प्रमुख जीवा पोखरेलले बताए । हेल्पिङ हयाण्ड फोर रिलिफ एण्ड डेभलपमेण्ट अमेरिकाको आर्थिक सहयोगमा हेसरा नेपाल मार्फत ४० लाख बराबरको आईसीयू बेड, डिलेभरी बेड, डिजिटल ईसीजी मेशिन सहित १ सय २९ प्रकारको स्वास्थ्य सामग्रीहरु गोलबजार नगर प्रमुख देवनाथ साह मार्फत अस्पताललाई हस्तान्तरण गरे । हेल्पिङ हयाण्डले हाल ८४ वटा देशमा कार्यक्रम गरिरहेको जसमा नेपालको काठमाडौँ, झापा र कपिलवस्तुलाई कार्यक्षेत्र बनाई काम गर्दै आइरहेकोमा यसपालि देखि सिरहामा पनि सुरुवात गरेको कार्यकारी प्रमुख जीवा पोखरेलले बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा डिसीएमसी सिरहाका अध्यक्ष समेत रहेको सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले स्वास्थ्य सामग्रीहरु अस्पताललाई सहयोग गरेकोमा हेसरा नेपाललाई धन्यवाद दिँदै भने, यो सहित सिराहा जिल्लामा कोभिड रिसपोन्सको १९ वटा हस्पिटल रहेकोमा जिल्लामा हाल जम्मा १२ वटा भेन्टिलेटर र २ वटा शव वाहन रहेको बताउँदै सिरहाबासीले त्यस्तो समस्या भोग्नुपर्ने अवस्था नरहेको बताए । सिडियो कणेलले भने, अक्सिजन कै कारण सिरहामा हालसम्म कसैको मृत्यु नभएको र मैले आफै पनि दूरी कायम राखी संक्रमितहरुलाई भेटी परामर्श दिने गरेको बताए । यस्तो महामारीको बेला यसरी स्वास्थ्य सामाग्रीहरु उपलब्ध हुनु सिरहा जिल्लाको लागि सौभग्य भएको बताए । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले सहयोगी संस्था हेसरा नेपाललाई धन्यवाद दिदै मानबधर्मकालागि हेसरा नेपालको सहयोग सह्रानीय रहेको बताए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै गोलबजार नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजदेव यादवले स्वास्थ्य सामग्रीको सहयोगले नियमित अस्पताल सञ्चालनमा ठूलो टेवा पुग्ने र यो अस्पताल नमूना अस्पतालको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । अन्य सहयोगी संस्थाहरुसँग पनि हातेमालो गरी अगाडि बढ्ने र आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै सहयोगी संस्था हेसरा नेपाललाई धन्यवाद ज्ञापन गरे ।

गोलबजार नगरकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्रीधर केसीको बिशेष सकृयतामा कोभिड १९ लाई लक्षित गरी गोलबजार नगरपालिकाले १ करोड ३५ लाखको लगानीमा २५ बेडको अस्थायी कोभिड अस्पताल जेठ १६ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याएको छ । यही जेठ २४ गते हेसरा नेपालले इकना रिलिफ क्यानडाको आर्थिक सहयोगमा हेसरा नेपालका कार्यकारी प्रमुख जीया खानले ३ लाख बराबरको अक्सिजन सहितको स्वास्थ्य सामग्रीहरु हस्तान्तण गरेको थियो । कार्यक्रमको संचालन गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले गरेको थियो । कार्यक्रममा हेसरा नेपालका कार्यकारी प्रमुख जीया खान, सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डे, सशस्त्र प्रहरी बल डिएसपी, श्रीशेरगण चोहर्वाका गणपति, स्वास्थ्य शाखा प्रतिनिधि, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
चीनमा विषालु ग्यास लिक भएपछि ८ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

चीनमा विषालु ग्यास लिक भएपछि ८ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

किर्ते गरेर चीनमा बस्ने नेपाली व्यवसायीले रसुवागढी नाकामा सामान व्यवस्थापन गर्ने अनुमति सरकार आश्चर्यचकित

किर्ते गरेर चीनमा बस्ने नेपाली व्यवसायीले रसुवागढी नाकामा सामान व्यवस्थापन गर्ने अनुमति सरकार आश्चर्यचकित

महोत्तरीमा गोली प्रहार गरी सुन चाँदीको पसलमा लाखौंको डकैती, एकै परिवारका ५ जना घाइते

महोत्तरीमा गोली प्रहार गरी सुन चाँदीको पसलमा लाखौंको डकैती, एकै परिवारका ५ जना घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...